काठमाडौं- मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमात्रै हैनन्, हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिँड्छन्। निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ। राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी हरदम उनीहरूको सुरक्षा चुनौतीको सूचना संकलन र विश्लेषणमा खटिन्छन्।
अंगरक्षकसमेत २ वटा सुरक्षा निकायबाट खटिएका छन् सेना र प्रहरी। कतै हिँड्नुपर्यो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अगाडि र पछाडि दुबैतिरबाट घेरा हाल्छन्। सार्वजनिक कार्यक्रममा वरिपरि सुरक्षाकर्मीको घेरा अनिवार्य छ।
उनीहरू सहभागी हुने सार्वजनिक कार्यक्रममा मात्र हैन, बन्द कोठामा भएका सरकारी कार्यक्रममा समेत सुरक्षाकर्मी उपस्थित रहन्छन्। जुनसुकै कार्यक्रम होस् वा बैठकमा नै किन नहोस्, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका पछाडि सेना उभिनु अनिवार्य झैं देखिन्छ। यतिसम्म कि राष्ट्रपतिको सुरक्षा खर्च मात्रै मासिक ८२ लाख छ भने प्रधानमन्त्रीको लागि ७८ लाख रुपैयाँ छ।
बहालवाला पदाधिकारीमात्रै हैन, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको सुरक्षा प्रबन्ध पनि चर्कै छ। उनीहरूको निवास, सवारी र व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बाक्लै छ।
गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७० ले बहालवाला र पूर्वपदाधिकारीलाई अतिविशिष्ट, विशिष्ट, मध्यम र सामान्य गरी चार तहमा वर्गीकरण गरेको छ। सोही आधारमा अति उच्चस्तरको खतरा, उच्चस्तरको खतरा, मध्यम र सामान्यस्तरको खतरा गरी चार तहमा थ्रेटलाई वर्गीकरण गरी त्यसैअनुसार सुरक्षा प्रवन्धलाई पनि विभाजन गरिएको छ। र, त्यसैअनुरुपको व्यवस्था गरिएको छ। गृहको सुरक्षा चुनौती वर्गीकरण र परिचालन शैली हेर्दा राष्ट्रपतिदेखि मन्त्रीसम्म उच्च सुरक्षा जोखिममा रहेको देखिन्छ। के त्यस्तै हो त?
सुरक्षाविद् दीपकप्रकाश भट्टको भनाईमा 'पदमा रहेका वा पूर्वअधिकारी अन्तर्राष्ट्रिय आतंकवादी समूह, पृथकतावादी वा हतियारधारी विद्रोही समूह र संगठित आपराधिक समूहबाट उन्पन्न हुने सुरक्षा जोखिममा देखिँदैन।' अहिलेको सुरक्षा चुनौती सामान्य आक्रोशबाट उत्पन्न हुने अवस्थाको व्यवस्थापन मात्रै भएको उनको भनाई छ। यो भनेको मध्ययमस्तरको चुनौतीमात्रै हो तर सुरक्षाकर्मी परिचालन शैली हेर्दा भने उच्चसुरक्षा जोखिममा रहेजस्तो देखिन्छ।
'अहिलेको अवस्थामा नेपालमा उच्चसुरक्षा जोखिम बढाउने समूह सक्रिय छैनन्। यस्तो अवस्थामा मध्ययम स्तरको सुरक्षा प्रबन्ध नै काफी हुन्छ,' भट्टले भने, 'बाक्लो सुरक्षा घेरामा बस्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल अति असुरक्षित रहेछ भन्ने गलत सन्देशमात्र प्रवाह भइरहेको छ।'
नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालसमेत भट्टको विश्लेषणमा सहमत छन्। उनको विश्लेषणमा समेत अहिलेको सुरक्षा चुनौती मध्यम नै हो। 'भिभिआइपी' र 'भिआइपी'हरूको दैनिकी र उनीहरूको व्यवहारबाट कुन तहको सुरक्षा जोखिम रहेछ भन्ने देखिन्छ। सामान्य विवाह, पास्नीमा पार्टी प्यालेसमा आयोजना भएका कार्यक्रममा समेत सहजै सहभागी भइरहनुले समेत सुरक्षा खतरा मध्यममात्रै छ भन्ने पुष्टि हुने ढकालको तर्क छ।
राष्ट्रपति सेनाको घेरामा
गृहमन्त्रालयले बनाएको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७० अनुसार केन्द्रमा गृहसचिवको नेतृत्वमा रक्षा सचिव, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुख, सेनाको युद्धकार्य निर्देशनालय प्रमुख र गृहको शान्ति सुरक्षा महाशाखाका सहसचिव रहेको समिति छ।
सोही समितिले कसलाई कुन तहको सुरक्षा दिने भन्ने निर्णय गर्छ। सुरक्षा विश्लेषणका लागि क्षेत्रीय तहदेखि जिल्ला तहमा समेत समिति छन्। जिल्ला तहदेखि केन्द्रसम्म सुरक्षा खतरा विश्लेषण समितिहरू छन्। तिनै समितिको सुरक्षा विश्लेषण आधारमा कसलाई कुन तहको सुरक्षा दिने भन्ने निर्णय हुन्छ। समितिको सिफारिस आधारमा गृहले निवास, कार्यालय, भ्रमण र कार्यक्रमस्थलको सुरक्षा रणनीति बनाउँछ।
गृह र रक्षा मन्त्रालयले एक वर्षअघि अलग अलग हिसाबले संसद्को राज्य व्यवस्था समितिलाई 'भूतपूर्व र वहालवाला सार्वजनिक पदाधिकारी तथा सुरक्षा निकायलगायत विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका गाडी, सुरक्षाकर्मी र रकमसहितका सुविधासम्बन्धी विवरण' शीर्षकमा बुझाएको प्रतिवेदनअनुसार अतिविशिष्ट तहमा पर्ने राष्ट्रपतिको सुरक्षामा २ सय ७५ जना सैनिक र १० जना प्रहरी खटिएका छन्।
निवास होस् या सवारी राष्ट्रपति पूरै सेनाको घेरामा हुन्छन्। निवास सुरक्षामा सशस्त्र प्रहरीसमेत खटिएको छ। प्रहरी सवारीलगायत प्रबन्धका लागि मात्रै खटिएका हुन्। सवारी बुलेटप्रुफ गाडीमा हुन्छ। सवारी हुँदा सडक पूरै सुनसान बनाउँछन्।
उपराष्ट्रपतिलाई ७५ सैनिक
उपराष्ट्रपति अंगरक्षकसहित ७५ सैनिकको घेरामा हुन्छन्। उनको सुरक्षामा सशस्त्रसँगै ७ प्रहरी खटिन्छन्। प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखसमेत सेनाको सुरक्षा घेरामा बस्छन्। बाहिर निस्कँदा पनि सेना, प्रहरी र सशस्त्रको सुरक्षा घेरा दिन्छन्।
प्रधानमन्त्रीलाई २०५ सुरक्षाकर्मी
प्रधानमन्त्रीको सुरक्षामा पनि १ सय ७५ सैनिक, ५० भन्दा बढी सशस्त्र प्रहरी र ८० भन्दा बढी प्रहरी खटिन्छन्। प्रधानमन्त्री निवासमा अनुसन्धान विभागका कर्मचारीसमेत हुन्छन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएर बालुवाटार सरे पनि उनको बूढानीलकण्ठस्थित निजी निवासमा २४ सशस्त्र प्रहरी खटिएकै छन्।
प्रधानन्यायाधीश र सभामुखको सुरक्षामा १५ सैनिकसँगै प्रहरीसमेत खटिन्छन्। विशिष्ट तहका पदाधिकारी उपप्रधानमन्त्रीको सुरक्षामा १२ सैनिकसँगै सशस्त्र र नेपाल प्रहरीसमेत खटिएन्छन्। मन्त्री र राज्यमन्त्रीले समेत सेनाको सुरक्षा पाउँछन्।
सेनासँगै प्रहरी र सशस्त्र समेत खटिन्छन् उनीहरूको सुरक्षामा। सेनाको संख्या निश्चित छ तर प्रहरी र सशस्त्रको संख्या निश्चित छैन। आफू अनुकूल संख्या तोक्ने गरिएको छ। मन्त्रीमध्ये गृहमन्त्रीको सुरक्षामा सबैभन्दा धेरै सुरक्षाकर्मी खटिएका हुन्छन्। अन्य मन्त्रीको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पहुँचमा भर पर्छ।
पूर्वराष्ट्रपतिदेखि मन्त्री र सचिवसम्मले सुरक्षा नाममा सुरक्षाकर्मी लिएका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, केपी ओली र बाबुराम भट्टराई सबैभन्दा धेरै सुरक्षाकर्मी लिनेमा पर्छन्। झलनाथ खनाल, माधव नेपाललगायत पूर्वप्रधानमन्त्रीको निवासदेखि व्यक्तिगत सुरक्षामासमेत बाक्लो सुरक्षाकर्मी छन्।
'उच्चसुरक्षा चुनौती भएकाहरूको दैनिक व्यवहार समेत उस्तै हुन्छ। उनीहरूको व्यवहारले नेपालका विशिष्ट तहमा रहेकाहरू उच्चसुरक्षा जोखिममा नरहेको देखाउँछ,' पूर्वएआइजी ढकालले भने, 'बिहेको पार्टीमा वरिपरि हतियारधारी सुरक्षाकर्मी बोकेर जानु आवश्यकता हैन, सान प्रदर्शन मात्रै हो। यसले सर्वसाधारणमा वितृष्णा मात्रै बढाउँछ।'
द्वन्द्वकालीन धङधङी
पूर्वएआइजी ढकालको अनुभवमा २०५१ सालअघि यत्ति धेरै सुरक्षाकर्मी परिचालन हुँदैनथियो। उनका अनुसार तत्कालनी विद्रोही माओवादी गतिविधिसँगै बढेको सुरक्षा चुनौतीका कारण सुरक्षा परिचालन र रणनीति बदलिएको हो।
२०६२/०६३ को आन्दोलन सफलतासँगै माओवादी हतियार छाडेर शान्तिपूर्ण राजनीतिमा आए पनि मधेसमा सशस्त्र भूमिगत समूह च्याउसरी जन्मिए। ती समूहले काठमाडौंकेन्द्रित हिंसात्मक घटनालाई बढाएपछि द्वन्द्वकालको सुरक्षा रणनीति हटेन।
भूमिगत समूहकेन्द्रित सुरक्षा कारबाहीले सशस्त्र भूमिगत समूह छिन्नभिन्न बन्यो। तर सुरक्षा रणनीति र परिचालन प्रक्रिया बदलिएन। सवारीसाधन चयनदेखि सुरक्षाकर्मीको संख्यासमेत उस्तै छ। सुरक्षाविद् भट्ट पदाधिकारीको सोच र सुरक्षा संगठनका नेतृत्वकर्ताको चाकडीबाज शैलीका कारण सुरक्षाकर्मीको दुरुपयोग भइरहेको बताउँछन्।
सुरक्षालाई आवश्यकताभन्दा पनि सानको रुपमा हेर्ने गलत सोचले यसलाई प्रोत्साहित गरिरहेको उनको तर्क छ। सुरक्षाकर्मीलाई अघिपछि लगाउँदै हिँड्नुको कुनै तुक नभएको बताउँदै उनले भने, 'यो जनताले तिरेको करको दुरुपयोग मात्रै हो। सोच बदल्न आवश्यक छ।'
पूर्वएआइजी ढकालको विष्लेषणमा पदमा रहेका र अवकाशप्राप्त पदाधिकारीको सुरक्षा प्रबन्ध संस्थागत गर्न नसक्दा समस्या बढेको हो। सुरक्षा विश्लेषण आधारमा सुरक्षा परिचालन हुनुपर्नेमा जस्तो अवस्थामा पनि उस्तै प्रकृतिको सुरक्षा परिचालन हुनु सुरक्षा संगठनको समेत कमजोरी रहेको उनले बताए। 'स्थान, समय र अवस्था आधारमा सुरक्षा रणनीति र परिचालन शैली बदलिनुपर्छ तर यहाँ यस्तो देखिन्न,' उनले भने, 'यो सुरक्षा प्रबन्ध संस्थागत गर्न नसक्नुको परिणाम हो।'
गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्ले पदीय मर्यादा र सुरक्षा चुनौती आधारमा सुरक्षा रणनीति बन्ने र सोही अनुसार सुरक्षाकर्मी परिचालन हुने बताउँछन्। सुरक्षा परिचालन निर्देशिका आधारमा वहालवाला र अवकाशप्राप्त अधिकारीलाई सुरक्षाकर्मी उपलब्ध गराइने जानकारी दिँदै उनले यसमा पुनरावलोकन भने आवश्यक देखिएको बताए।
'कुन तहका पदाधिकारीलाई कुन तहको सुरक्षा प्रबन्ध गर्ने भन्ने निश्चित मापदण्ड छ्क अहिले त्यसैअनुसार परिचालन गरिएको छ,' उनले भने, 'त्यसमा के सुधार गर्न सकिन्छ भनेर मन्त्रालयले गृहकार्य सुरु गरेको छ।'
सुरक्षामा खटिन तछाडमछाड
व्यक्तिगत सुरक्षामा सेना खटिएपछि प्रहरी पनि किन खटिनुपर्यो भन्ने जिज्ञासामा गृह प्रवक्ता काफ्लेले 'सबै सुरक्षा संगठनको कार्यक्षेत्रअनुसार जिम्मेवारी हुने भएकाले' भन्ने जबाफ दिए।
अंगरक्षक खटाउनुको उद्देश्य तोकिएका व्यक्तिको सुरक्षा नै हो। त्यसमा उपल्लो तहको सेना खटिएपछि प्रहरी पनि पछि लगाउनुको विशेष जिम्मेवारी के हो भन्ने विषयमा भने उनले खुलाएनन्। त्यसमा अर्धसैनिक बल सशस्त्र पनि थप्नुको कारणबारे गृहमन्त्रालय स्वयं प्रष्ट छैन।
सुरक्षाविद् भट्ट व्यक्तिगत सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने एकीकृत संरचना अभावमा यस्तो अवस्था आएको बताउँछन्। प्रभाव र पहुँच विस्तारका लागि राज्यको प्रभावशाली पदमा रहेका व्यक्तिको सुरक्षामा सुरक्षाकर्मी खटाउन सुरक्षा संगठनबीच प्रतिस्पर्धा हुँदा एक संगठनको कार्यक्षेत्रमा अर्को प्रवेश गरिरहेको उनले बताए। 'यसको समाधानका लागि एकीकृत संरचना बनाउनुको विकल्प छैन,' उनले भने 'यस विषयमा पटकपटक छलफल भए पनि कार्यान्वयनमा आउन सकेको छैन।'
गृहको निर्देशिकाले समेत एकीकृत संरचना आवश्यक देखाउँछ। निर्देशिकामा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागको जनशक्ति मिलाएर व्यक्तिगत सुरक्षामा सुरक्षा जनशक्ति परिचालन गर्ने उल्लेख छ। निर्देशिका आएको चार वर्ष भए पनि गृहको ध्यान त्यता भने जान सकेको छैन।
राष्ट्रपतिको सुरक्षा खर्च मात्रै मासिक ८२ लाख छ भने प्रधानमन्त्रीको लागि ७८ लाख रुपैयाँ छ।