सोलुको ४ मा एमाले, २ मा माओवादी र एक तहमा काँग्रेस विजयी
१८ असार २०७४
•
८ मिनेट पाठ
सोलुको ४ मा एमाले, २ मा माओवादी र एक तहमा काँग्रेस विजयी
सोलुखुम्बु – सोलुखुम्बुको ४ स्थानमा एमाले, २ स्थानमा माओवादी र एक स्थानमा काँग्रेस विजयी भएको छ । एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा नेचा सल्यान, सोताङ, दुधकोसी, खुम्बु पासाङ ल्हामु र गाउँपालिकामा एमालेले बाजि मारेको हो । माओवादी केन्द्रले लिखुपिके र महाकुलुङ गाउँपालिकामा जितेको हो भने नेपाली काँग्रेसले सोलु– दुधकुण्ड नगरपालिका मात्रै जितेको छ ।  काँग्रेसको पकट क्षेत्र मानिने सोलुखुम्बुमा यो पटकको चुनावमा एमालेले अग्रता लिएको छ। 

काँग्रेसले सोलु दुधकुण्ड नगरपालिकाको मेयरमा जितेको छ । काँग्रेसका उम्मेदवार नाम्गेल जाङबु शेर्पा बिजयी भएका छन् । नाम्गेल शेर्पाले २ हजार ७ सय ५१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार आङइगेले शेर्पाले २ हजार ६ सय १ मत ल्याएका थिए । १५९ मतले  नाम्गेल विजयी भएका हुन् । यता उपमेयरमा भने एमालेकी कल्पना राइ बिजयी भएकी छिन् । कल्पनाले २ जहार ७ सय ६० मत ल्याएर विजयी भएकी हुन् । काग्रेसकी उम्मेदवार छिण्डील्हमु शेर्पाले २ हजार ७ सय १७ मत प्राप्त गरेकी थिइन् । कल्पना ४३ मत अन्तरले विजयी भएकी हुन् ।

सोताङ गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार बीर बहादुर राई बिजयी भएका छन् । गाउँपालिकाको उप प्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी कार्की विजयी भएकी छिन् । अध्यक्षका लागि एमाले उमेदवार बीरबहादुर राइले एक हजार ३ मत ल्याएका छन् । भने उनलाई पछ्याउने क्रममा स्वतन्त्र उमेदवार दिपक खड्काले ८ सय ७१ मत ल्याएका थिए । यस्तै नेपाली काग्रेस र माओबादी केन्द्र क्रमश तेस्रो र चौथो स्थानमा सिमित भएको छ। 

यस्तै, दुधकोशी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । प्रमुखका उम्मेद्वार बुद्धिकिरण राई र उपप्रमुखका उम्मेद्वार जुनिता राई फराकिलो मतले विजयी भएका हुन । विजयी राईले २१९१ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज कार्कीले १५९९ मत ल्याएका हुन् भने उपप्रमुखमा विजयी मगरले २२६२ मत ल्याउदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता राईले १६०८ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेद्वार आश बहादुर राईले १२५८ र उपप्रमुखका उम्मेद्धार नीर कुमारी राईले ११९८ मत प्राप्त गरेका छन् । विजयी उम्मेद्वारलाई आइतबार मात्रै सपथग्रहणको कार्यक्रम राखिने निर्वाचन अधिकृतले जानकारी दिए।

यस्तै, एमालेले सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा पनि विजय हासिल गरेको छ । एमालेका उमेदवार डुफ कुमार बास्तोलाले १६९८ मत ल्याएर विजयी भएका हुन् । एमाले जिल्ला उपाध्यक्ष समेत रहेका बास्तोलाका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेद्वार धनजन राईले १६५६ मत ल्याएर पराजित भएका हुन् । ३३ मत अन्तरले डुफ कुमार बास्तोला बिजयी भएका हुन् । उप प्रमुखमा भने काँग्रेसकी कुमारी देबी शर्मा बिजयी भएकी छिन् । उनले २००२ मत ल्याएकी छिन् । शर्माकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अमृत कुमारी राइले १५८१ मत ल्याएर पराजित भएकी हुन् ।

यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पनि एमाले विजयी भएको छ । अध्यक्षमा नीमदोर्जी शेर्पा बिजयी भएका हुन् । उपाध्यक्षमा पनि एमाले कै उमेद्वार बिजयी भएका हुन् । उनले १४ सय २४ मतको साथमा निमदोर्जी बिजयी भएका हुन् । काँग्रेसका उम्मेद्वार चुङबा शेर्पा १४ सय २ मत प्राप्त गर्दै पराजित भएका हुन् । यस्तै उपाध्यक्षमा पनि १४ सय २१  मत प्राप्त गर्दै एमाले नै बिजयी भएको छ । उपाध्यक्षमा काग्रेस उमेदवार ८ सय ६ मत ल्याउदै पराजित भएको छ । यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उमेदवार नाम्गेल शेर्पा तेस्रो स्थानमा छन् । उनले सात सय ७७ मत प्राप्त गरेका छन् । यस्तै एमालेले यस गाउँपालिकाको सबै वडामा प्यानल सहित बिजयी हासिल गरेको छ ।  

माओवादी केन्द्रले महाकुलुङ गाउँपालिकामा जितेको छ । उक्त गाउँपालीकामा माओबादीका सागर किराती विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेद्वार भलाकाजी राईसंग १९ मत अन्तरले जित हात पारेको छ । विजयी सागर किरातीले १४०२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका भलाकाजी राईले १३८३ मत ल्याएका थिए । एमालेका नरेन्द्र राईले ११४२ ल्याएका थिए । उपप्रमुखमा भने नेपाली कांग्रेसकी विपना कुलुङ विजयी भएकी छिन् । उनले १३६४ मत सहित विजयी हासिल गरेकी हुन् । कुलुङका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी झरना किरातीले १२६८ मत ल्याएकी थिइन् भने, एमालेका उपप्रमुखको उम्मेद्वार शुभधनी राईले ११४१ मत ल्याएकी छिन् । 

यस्तै, लिखुपिके गाउँपालिकामा नेकपा माओबादी केन्द्रका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् । जिल्लाको डाँडापारिको क्षेत्रको रुपमा चिनिएको लिखुपिकेमा अध्यक्षमा डम्बर बहादुर बस्नेत एक हजार १३६ मत र उपाध्यक्षमा प्रमिला बस्नेत कार्की एक हजार ४२ मत सहित विजयी भएका हुन् । बस्नेतले नेपाली कांग्रेसका राम बहादुर बस्नेतलाई ३७६ को मत अन्तरले जित हात पारेका हुन् भने उपाध्यक्षमा विजयी प्रमिला बस्नेतले कांग्रेसकी मिनादेवी कार्कीलाई २१४ मत अन्तरले पछि पादै जित हासिल गरेकी हुन् । 

८ स्थानीय तह रहेको यस जिल्लामा ७ स्थानीय तहमा मतगणना सकिएको छ भने अब दुधकौसिका गाउँपालिकाको मत गणनाा जारी रहेकाले परिणाम आउन बाँकी रहेको छ । अहिलेसम्म दुधकौसिका गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस