तेह्थुम – स्थानीय तहको निर्वाचनमा मेन्छ्यायेम गाउँपालिका प्रमुखमा एमालेले जित हासिल गरे सँगै खाता खोलेको छ । भवानी खापुङको क्षेत्रमा जिल्लामै पहिलो पटक एमालेले गाउँपालिका प्रमुखमा जित हासिल गरेको हो ।
गाउँपालिका प्रमुखमा एमालेका उमेरद्वार यादब बहादुर खापुङ १६८३ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नोपली काँग्रेसका देउकुमार लिम्बुले १४९६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसका गिता तिम्सीनाले १४८६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी दिल कुमारी शंकरले १४२० मत ल्याएका छन् । मेन्छ्यायेम गाउँपालिका वडानम्बर १,२,३,४ काग्रेसले जितेको छ भने वडानम्बर ६ र ७ एमालेले जितेको छ।
यस्तै म्याङलुङ नगरपालिका वडानम्बर १, ३, ४, ५ काँग्रेसले तिजेको छ भने वडानम्बर २, ६ र ७ मा एमाले जितेको छ । उता फेदाप गाउँपालिकामा वडानम्बर १ र ३ वडा एमाले र २ काँग्रेसले जितेको छ। यस्तै छथरगाउँपालिका वडा नम्बर १ स्वतन्त्रले जितेको छ भने वडा नम्बर २, ४, ५ एमालेले जितेको छ भने वडा नम्बर३ काँग्रेसले जितेको छ । यस्तै लालिगुरास नगरपालिका वडानम्बर १ र ४ एमालेले जितेको छ भने २, ३ ,५ र ६ काग्रेसले जितेको छ ।
जिल्लाको ६ स्थानीय तह मध्ये म्याङलुङ नगरपालिका, फेदाप गाउँपालिका र छथरगाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ भने आठराई गाउँपालिका र लालीगुराँस नगरपालिकामा काँग्रेसले अग्रता कायम गरेको छ ।