सोलुखुम्बु – सोलुखुम्बुको २ स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरेको छ । एक नगरपालिका र ७ गाउँपालिका रहेको सोलुखुम्बुमा माओवादी केन्द्रले २ गाउँपालिकामा विजय हासिल गरेको हो । लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्रले बिजयी हासिल गरेको छ । माआववादीकासागर किराती काग्रेसका उमेदवार भलाकाजी राईलाइ १९ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी किरातीले १४०२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका भलाकाजी राईले १३८३ मत ल्याएका थिए ।
उपप्रमुखमा भने नेपाली कांग्रेसकी विपना कुलुङ विजयी भएकी छिन् । कुलुङ–राइ हरुको बाक्लो बस्ती रहेको महाकुलुङको नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रमुख ३ दलले राई समुदायका व्यक्तिहरुलाई उम्मेद्वार बनाएको थियो । नेकपा एमालेले प्रमुखको उम्मेद्वारमा नरेन्द्र राईलाई अघि सारेको थियो ।
उक्त गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका विकास कुलुङ, वडा नम्बर २ मा नेकपा एमालेको प्रदिप कुलुङ सहित प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा नेकपा एमालेका डेक बहादुर सहित प्यानल नै विजयी भएको छ भने वडा नम्बर ४ माओवादी केन्द्रका जय कुबिर कुलुङ सहित प्यानल नै विजयी भएको छ । वडा नम्बर ५ मा नेपाली काँग्रेका सन्चराम कुलुङ सहित प्यानल नै विजयी भएको छ ।
यस अघि जिल्लाकै लिखुपिके गाउँपालिकामा माओवादीका उम्मेद्वारले विजय हासिल गरिसकेका छन् । जिल्लाको डाँडापारिको क्षेत्रको रुपमा चिनिएको लिखुपिके गाउँपालीकाको अध्यक्षमा डम्बर बहादुर बस्नेत विजयी भएका हुन् । बस्नेत एक हजार १३६ मत र उपाध्यक्षमा प्रमिला बस्नेत कार्की १ हजार ४२ मत सहित विजयी भएका हुन् । बस्नेतले नेपाली कांग्रेसका राम बहादुर बस्नेतलाई ३७६ को मत अन्तरले जित हासिल गरेका हुन् । उपाध्यक्षमा विजयी प्रमिला बस्नेतले कांग्रेसकी मिनादेवी कार्कीलाई २१४ मत अन्तरले पछि पारेकी हुन् ।
५ वडा मध्ये दुई वडा वडामा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । वडा नं १ मा ङवाङ लाक्पा शेर्पा र वडा नं ५ मा ङिमाछिरी लामा विजयी भएका छन् । त्यस्तै, सोही गाउँपालिका वडा नं २ र ३ मा माओवादी केन्द्रको प्यानलै विजयी भएका छन् । वडा नं २ मा रमेश कुमार बस्नेत र वडा नं ३ मा ईन्द्र बहादुर बस्नेत सहित प्यानलै निर्वाचित भएका हुन् । भने वडा नं ४ मा भने नेकपा एमालेका उम्मेद्वारले जित हासिल गरेको छ । सो वडामा डिहक्मत बहादुर बस्नेत उम्मेद्वार बनेका थिए ।