सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको प्रारम्भिक मतपरिणम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका नाम्गेल जाङ्बु शेर्पा ४२ मत सहित अग्र स्थानमा छन् । उनलाई पछ्याउने क्रममा एमालेका आङइगेले शेर्पा (झलक)ले ८ र माओवादीका निमा तेण्डुप शेर्पाले ५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा पनि काँग्रेस नै अगाडि रहेको छ । काँग्रेसकी छिन्डिल्हामु शेर्पाले २६ मत प्राप्त गरी अग्रता लिएकी छिन् भने उनलाई पछ्याउने क्रममा माओवादीकी निमा ग्येल्मु शेर्पा १४ र एमालेकी कल्पना राई १२ मत प्राप्त गरेकी छिन् ।