सोलुखुम्बु- स्थानीय तह निर्वाचनमा सोलुखुम्बुमा अहिलेसम्म ६० प्रतिशत मतदान खसेको छ। अहिले २: ३० बजेसम्ममा एक नगरपालीका र ७ गाउँपालीका रहेको यस जिल्लामा ५० प्रतिशत मत खसीसकेको जिल्ला निर्वाचन कार्यलय सोलुखुम्बुले जनाएको छ। ५२ वटा वडमा रहेका १ सय १५ मतदान केन्द्रमा अहिले शान्तीपूर्ण रुपमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। ६१ हजार ७ सय ४६ मतदाता संख्या रहेको यस जिल्लामा पढाई तथा कामको सिलसिलामा काठमाडौ तथा विदेशमा रहेका युवाहरु निर्वाचनमा मतदानका लागी आएकाहरुको उपस्थिती संख्या पनि बाक्लो छ।
बृद्धबृद्धा, महिला तथा युवाहरु मतदान स्थलमा उत्साहपूर्वक मतदान गरीरहेका छन्। सुरक्षाका लागी जिल्लामा २ हजार भन्दा बढि सुरक्षा फौज खटीएका छन् । मध्यान्हमा केहिबेर पानी परेपनि अहिले मौसम अनुकुल भएको छ । मौसम प्रतिकुल हुँदा पनि स्थानीयहको मतदान स्थलमा उत्साहपूर्ण सहभागीता रहेको निर्वाचन कार्यलय सोलुखुम्बुका सूचना अधिकारी जगन्नाथ दाहालले जानकारी दिए।