रोल्पा- कुनै समयमा रोल्पा र माओवादी पर्यायजस्तै मानिन्थ्यो। गाउँसहरमा ‘म रोल्पाली’ भन्दा धेरै झस्कन्थे। भेला, कार्यक्रम, यात्रा, जात्रा आदिमा रोल्पाली भन्यो कि माओवादी भनेर आशंका गरिन्थ्यो।
रोल्पा माओवादी विद्रोहको उद्गमथलो हो । २०५२ साल फागुनमा होलेरी चौकी आक्रमणसँगै कतिपय रोल्पाली ‘सशस्त्र द्वन्द्व’ मा होमिएका थिए।
द्वन्द्वकालमा रोल्पाका गाउँमा सैन्य तालिम, हतियार व्यवस्थापन, नेतृत्वको सुरक्षा, प्रशिक्षण, गोप्य बैठक सबै हुन्थ्यो । यहाँ कुनै बेला माओवादी विद्रोहीको हेडक्र्वाटरसमेत थियो ।
माओवादी द्वन्द्व सुरु भएसँगै रोल्पा ‘माओवादीमय’ बन्यो । पेसा व्यवसाय छोडेर जनयुद्धमा होमिएकाको ठूलै हूल भयो । सुरुका दिनबाटै भूमिगत भएका हालका उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, सभामुख ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान पुनको पछाडिका नाम थुप्रै छन्।
गाउँको शासनसत्ता, हत्या आत्महत्या, जग्गा किनबेच, न्याय सम्पादन, विकास, विनाश सबै माओवादीको हातमा थियो । सरकारको उपस्थिति सदरमुकाममा काँढे तारभित्र खुम्चिएको थियो ।
विद्रोही माओवादी शान्तिप्रक्रियामा आएको दशक बिते पनि हजारौं घाइते अपांग, टुहुरा, एकल महिलाको भीडमा नौ सय ६९ जना मृतक र ३३ जना बेपत्ताको सूचीले अझै सशस्त्र युद्धको धङधङी बिर्साउन सकेको छैन रोल्पालीलाई ।
माओवादीले शान्ति स्थापनासँगै पहिलो संविधानसभा निवार्चनमा करिब सबै भोट आफ्नै खातामा हालेको थियो । दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा हरेस खाने स्थितिमा पुगेको थियो ।
स्थानीय तह निर्वाचनले रोल्पालीलाई माओवादी नेतृत्वसँग ‘बाँधिएका गुनासोका पोका’ खोल्ने अवसर दिएको छ । यतिबेला माओवादी नेतृत्वलाई सत्ताको रसरँगसँगै विभाजनको चपेटामा परेको पार्टी अनि छिन्नभिन्न भएको कार्यकर्ताका मन सम्हाल्न हम्मेहम्मे परेको छ। त्यही अवस्था बुझेर माओवादीका दर्जन बढी उच्च नेता रोल्पालीको मत आफ्नो पोल्टामा झार्न बेला ठूलो कसरतमा जुटेका छन् यति बेला।
गुम्न थालेको साख जोगाउन माओवादी उच्च नेतृत्व यतिबेला रोल्पाको गाउँगाउँमा खटिएको छ । मन्त्री कृष्णबहादुर महरा, पूर्वमन्त्री वर्षमान पुन, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी, जोखबहादुर महरा, कुलप्रसाद केसी सबै गाउँमा छन् ।
पार्टी विभाजनसँगै मतदाता गुमाउँदै गएको माओवादी नेतृत्व आफ्नो उपस्थिति जनाउँदैछ।
रोल्पा नगरपालिकामा मेयरका लागि आफ्ना छोरीज्वाइँ उठाएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा र उपमेयरमा बहिनी उठाएका पूर्वमन्त्री वर्षमान पुनका लागि चुनाव फलामको चिउराजस्तै बन्न थालेको छ।
कांग्रेसले पूर्वसांसद लेखनाथ आचार्यलाई मेयरमा र उपमेयरमा रोल्पा कांग्रेसका संस्थापक नेता तथा पूर्वमन्त्री सुरेन्द्र हमालकी पत्नी मिश्री हमाललाई उम्मेदवार बनाउनाले दुवैका लागि प्रतिष्ठाको लडाइँ जोडिएको छ । जनप्रिय नेता भनेर चिनिने आचार्य र महराको ज्वाइँसँगै शालीन भद्र युवाका रूपमा चिनिने केसीबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
सबैको चासो रहेको थवाङमा ‘माओवादी केन्द्र हराउ अभियान’ मा लागेको भनिएका विप्लव कार्यकर्ता मैदानमा आएपछि माओवादीले असजिलो महसुस गरेको छ। कांग्रेससँगको सहकार्यमा थवाङकै अमित घर्तीको उम्मेदवारीले यो ठाउँ आफ्नो पकडबाट फुत्किन नदिन माओवादीले झक्कु सुवेदीलाई खटाएको छ।
शान्ति स्थापनासँगै राजधानीतिर बसाइँ सरेका माओवादीका तत्कालीन कमान्डर गुणेन्द्र घर्तीलाई सुवर्णावती गाउँपालिका प्रमुखको टिकट दिएपछि रुष्ट बनेका अन्य आकांक्षीको सम्भावित असहयोगको सम्भावना बढेसँगै माओवादीले पूर्वसभासद् जोखबहादुर महरालाई खटाएको छ।
माओवादी केन्द्रको अलि कमजोर उपस्थिति रहेको लुङ्ग्रीमा कांग्रेसले बलिया उम्मेदवार दुर्गाबहादुर खड्कालाई टिकट दिएपछि यहाँ पनि उसका लागि असहज सुरु भएको छ।
सुनछहरी र दुईखोली गाउँपालिकामा बलियो उपस्थिति रहेको माओवादी केन्द्रका लागि पछिल्लो समय दुईखोली गाउँपालिकामा पनि मेहनत गर्नुपर्ने देखिन्छ ।
माडी गाउँपालिकामा कांग्रेस र एमालेले तालमेल गरेसँगै अर्को धक्का अनुभव गरेको माओवादी केन्द्रका लागि त्रिवेणी गाउँपालिकामा आफ्ना केन्द्रीय सदस्य कुलानन्द गिरीले मालेबाट विद्रोही उम्मेदवारी दिएपछि समस्या थपिएको छ।
होलेरी क्षेत्रमा रहेको रुन्टीगढी गाउँपालिका र पश्चिम रोल्पाको सुकीदह गाउँपालिकामा पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएपछि आफ्नो दरिलो उपस्थितिका लागि माओवादी नेतृत्व राजधानी छोडेर रोल्पा भित्रिएको हो ।
राज्य सत्ताको मुख्य पदमा पटकपटक आसीन माओवादी केन्द्रले कुनै समय जिल्लामा केही गरेन भनी आरोप लाग्दै गर्दा यसअघि अर्थमन्त्री रहेका बेला महराले करोडौं बजेट रोल्पाको नाममा भित्र्याएको विषयलाई मुद्दा बनाएर माओवादी चुनावमा होमिएको छ।
माओवादी केन्द्रलाई यति बेला ठाउँठाउँमा विप्लवका कार्यकर्ताले अवरोध गर्ने प्रस्ट भएको छ। जिल्लामा आफ्नो बलियो उपस्थिति भएका वडामा विप्लव कार्यकर्ताले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि माओवादीका लागि वातावरण असहज भएको छ ।
आचारसंहिताबाट बच्न सरकारी गाडी जिल्लाबाहिरै छाडेर निजी गाडीमा जिल्ला भित्रिएका महराले पश्चिम दक्षिण होलेरी क्षेत्र हुँदै पूर्वी क्षेत्रको सुनछहरी, सुवर्णावती गाउँपालिकामा कार्यकर्तासँग छलफल सकेका छन्।
कुनै समय ‘माओवादीमय रोल्पा’ स्थानीय तह निवार्चनसम्म आइपुग्दा पार्टी विभाजनसँगै गम्भीर मोडमा उभिएको प्रस्टै हुन्छ । रोल्पाको साख जोगाउने पहल कति सफल कति असफल १४ गतेको परिणामले देखाउनेछ।