सोलुखुम्बु- सोलुखुम्बुमा ४ दिनदेखिको निरन्तर बर्षा नरोकिएपछि कर्मचारीहरु झरीमा रुझ्दै मतपेटिकाका लिएर गाउँ लागेका छन्। लगातारको वर्षाले बाटो हिलो बनाएपछि कष्टका साथ मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु गाउँ प्रस्थान गरेका छन्। सोलुखुम्बुको लागी खटीएका २ सय ५२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुमध्ये अहिले ६२ स्थलमा मतदान अधिकृतहरु, सहायक कर्मचारी र कार्यलय सहयोगी सहित सुरक्षा बन्दोबस्तीका साथ जिल्लाबाट गाउँ गएका छन् । नजिकका मतदान अधिकृत र कर्मचारीहरु जाने तयारीमा छन्।
वर्षाले बाटो हिलो बनाएको तथा लगातारको झरीले मतदान केन्द्रसम्म जान समस्या भएको बुङस्थीत मतदान स्थलमा खटिएका मतदान अधिकृत लक्ष्मण भटराईले बताए। उनी भन्छन, ‘बुङ पुग्न हिडेर जान ३ दिन लाग्छ त्यसमा पनि लगातारको झरी, साथमा मतपत्र लगाएत मतदानका सामाग्रि लिएर जानुपर्ने बाध्यता छ मतदान केन्द्रमा पुग्नै कठिन छ ।’ सवै मतदान स्थलहरुमा सडकको पँहुच समेत नभएकाले उनीहरुलाई गाउँसम्म पुग्न कठिन भएको छ ।
सवै स्थानमा सडकको पँहुच नपुगेकाले वर्षातमा ३ दिनसम्मको लगातार पैदल हिड्नुपर्ने उनीहरुलाई बाध्यता सिर्जना भएको हो । मतपेटिका पानीमा रुझेर समस्या नभए पनि मतपत्र र अन्य कागजपत्रहरु जोगाएर लैजान कठिनाइ भएको कर्मचारीहरुको भनाइ छ । मध्य बर्षामा निर्बाचन हुन लागे पछि झरीको अबरोध खेप्नु परेको हो ।
जिल्लाभर १ सय २० मतदान स्थलका लागी जम्मा २ सय ५२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई खटाईएको छ । सवै स्थानका मतदान अधिकृतहरुलाई बिहिबारसम्म निर्वाचन सम्बन्धि तालिम दिईसकेकाले मतदान अधिकृतहरु निर्वाचनका लागी गाउँमा धमाधम खटीन थालेको निर्वाचन कार्यलय सोलुखुम्बुका सुचना अधिकारी जगन्नाथ दाहालले बताए । दाहालले भने, ‘उनीहरुको साथमा चुनाबमा आबश्यक सामग्रीहरु मतपेटिका, स्वस्तीक छाप, स्ट्याम्प प्याड, सुरक्षण शील र अन्य कागजातहरु हामीले पठाएका छौँ ।’
१ सय २६ जना मतदान अधिकृत र उतीनै संख्याका सहायक मतदान अधिकृतलाई तालिम दिएको हो। तालिम दिएका मध्ये केहि मतदान केन्द्रका अधिकृत तथा सहायक मतदान अधिकृतहरु गाउँ खटीईसकेका छन् भने केहि जाने क्रममा छन् । अहिलेसम्म तालिम लिएका मतदान अधिकृतहरु ६२ केन्द्रमा मतदानका सामान लिएर गाउँ खटीईसकेको निर्वाचन कार्यलय प्रमुख खिमादेवि लङवाले बताईन।