राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा सरकारले तस्करहरुलाई प्रमाण मेटाउने अवसर दिएको आरोप लगाएका छन्।
उनले बुधबार संसदमा बोल्दै भने प्रकरणमा कर्मचारीहरुको सरुवा गरेर प्रमाणहरु नष्ट गर्ने अवसर प्रदान गरिएको बताए। ‘केही कर्मचारी थुनेर केही कर्मचारीलाई सरुवा गरेर फाइल खोले जस्तो गर्ने भने सरकारको दिन खन्न सुरु हुन्छ’, लामिछानेले भने।
उनले सुरक्षा निकायहरु र भन्सारका प्रमुखहरुले पदमा बस्ने हैसियत गुमाईसकेको पनि उल्लेख गरे। ‘तत्तक निकायका प्रमुखहरु त्यो चाहे सुरक्षा वा भन्सारका मानुभावहरु त्यो निकायको प्रमुख हुने हैसियत राख्नु हुन्न। उहाँहरु बसिरहदा प्रमाणहरु लुक्छन’, लामिछानेले भने।
‘के सरुवा भनेको कारवाही हो ? सरुवा कारवाही गरेको हो की उहाँहरुलाई पुरस्कार गरिएको हो? तुरुन्त बर्खास्त गर्नुपर्ने हो। यसका कैयौै सुचनाहरु कस्तो ठाँउमा बसेका होलान। त्यहाँ भएका प्रमाणहरु लुकाउने समय मिल्यो। मोबाइल फरम्याट गर्ने समय मिल्लो। के यति हल्का रुपले सरुवा गरेर हुन्छ?’, उनले भने।
‘भरिया मात्र समाउने हो। त्यो भरियाले सुन बोकेर मालिकसँग पु¥याउथ्यो होला नी। मालिकलाई नै कर्याप झ्पाक पार्न सकिन्यो होला नी त्यो किन गरिएन्? यहाँ गम्भिर किमिसका प्रश्नहरु आएका छन्’, लामिछानेले भने।
सभापति लामिछानेले सरकारले तत्काल सत्यतथ्य बाहिर ल्याउन माग राखे। ‘यो भएन र भरिया मात्र पक्राउ गरियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले लिने कदम त्यसपछि कुरा गरौंला। यसको गृहमन्त्री र सम्बन्धित निकायले जवाफ दिनुपर्छ। तर कर्मचारी सरुवा गरेर मात्र हुदैन’, उनले भने।