सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ६ तिङलाका स्थानीय दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा सहभागी बनेनन्। ३ महिनादेखि पुनःसंरचनामा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका तिङलाका स्थानीय तथा राजनीतिक दलले निर्वाचन बहिष्कार गरेका छन्। निर्वाचनका लागि साबिकको तिङला गाविसबाट कुनै पार्टीले पनि उम्मेदवारी दिएनन्। तिङलालाई दूधकुण्ड नगरपालिकामा गाभ्न माग गर्दै आएका स्थानीय ३ महिनादेखि आन्दोलनमा छन्। स्थानीयले चुनाव बहिष्कार गरेपछि नेचासल्यान गाउँपालिका–६ तिङला उम्मेदवारविहीन भएको छ।
राज्य पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका तिङलाका सर्वाधारणले ‘नो भोट’ को रणनीति लिएका छन् । मनोनयन दर्ताका दिन वडाध्यक्षमा ३ जनाको उम्मेदवारी परे पनि एकजनाको उम्मेदवार खारेज भएको र बाँकी २ जना स्वतन्त्र उम्मेदवारले मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सिंगो वडा उम्मेदवारविहीन बनेको हो ।
कांग्रेसतर्फबाट वारेसमा उम्मेदवारी दर्ता गरिएको टंकबहादुर कार्कीको उम्मेदवारीमा छानबिन गर्दा मञ्जुरी देखिने कुनै आधार नभएकाले उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले बताए । यस्तै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले मंगलबार नै आफ्नो मनोनयन फिर्ता लिएका छन् । यो सँगै तिङलाबासीको नो भोटको रणनीति सफल भएको विश्लेषण हुन थालेको छ । यसअघि सांसद् बलबहादुर केसीसँग मनोनयन दर्ता गराउन हिँडेका टंकबहादुर कार्कीलाई स्थानीयले नियन्त्रणमा लिई मनोनयनमा अवरोध गरेका थिए ।
तिङलाका स्थानीय नेचासल्यान गाउँपालिकामा गाभिँदा नेचामा राखिएको केन्द्र आपूmहरूलाई अपायक पर्ने भन्दै सीमांकनमा असन्तुष्ट भएका हुन् । तिङलाका सर्वसाधारण पनि निर्वाचनमा भाग नलिने अडानमा छन् । संघर्ष समितिका संयोजक बालकुमार कार्कीले तिङलाबासीको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताए ।
यसअघि उम्मेदवारी दर्ता गर्ने दिन नेचासल्यान गाउँपालिकाको ६ नम्बर वडा (तिङला) मा अध्यक्षका लागि उमेदवारी दिन सांसद्सँगै हिँडेका टंक कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । लुकीछिपी उम्मेदवारी दिन कार्की सांसद्को पछि लागेर हिँडेको आरोप लगाउँदै गाउँलेले उनलाई नियन्त्रणमा लिएका हुन् । उम्मेदवार मनोनयन गर्न हिँडेकालाई उनीहरूले बन्धक बनाएपछि संघर्ष समितिका संयोजक बालकुमार कार्की, सदस्य ललितबहादुर कार्की र रामकुमार राईलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।