चुनाव अवरोध गर्ने १४ गतेसम्म हिरासतमै
०५ असार २०७४
•
६ मिनेट पाठ
चुनाव अवरोध गर्ने १४ गतेसम्म हिरासतमै
काठमाडौं-सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध अभियोगमा मतदान नभएसम्म प्रहरी हिरासत राखेको थियो।




आइतबार दोस्रो चरणको निर्वाचन मनोनयनका क्रममा अवरोध पु¥याउने, तोडफोड, आगजनीलगायतका गतिविधिमा संलग्न रहेको अभियोगमा प्रदेश नम्बर १, ४ र ५ का जिल्लाबाट चार सयभन्दा बढी पक्राउ परेका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउँछ । सोही ऐनले दिएको अधिकार प्रयोग गरी उनीहरूलाई १४ गतेपछि हिरासतमुक्त गर्ने सरकारको रणनीति रहेको स्रोतले बतायो ।

‘चुनाव प्रचार र मतदानको दिनसमेत अवरोध पु¥याउन सक्ने भएकाले यसबीचमा जोजति पक्राउ पर्छन्, उनीहरू हिरासतमै हुन्छन्,’ गृह मन्त्रालय उच्च स्रोतले नागरिकसँग भन्यो, ‘मतदानपछि अभियोगको प्रकृतिअनुसार जिल्ला प्रशासन कार्यालय या अदालतमा बुझाउन निर्देशन गइसकेको छ ।’

गृह प्रवक्ता दीपक काफ्ले निर्वाचनविरोधी शक्तिलाई प्रचलित कानुनअनुसार निस्तेज पार्न गृहले निर्देशन दिइसकेको र सोहीअनुसार स्थानीय प्रशासले काम गर्ने बताए । उनले निर्वाचनविरोधी गतिविधि गर्ने केही पक्राउ परेको जानकारी दिए ।

‘जो जे आरोपमा पक्राउ परेको हो त्यसबारे सम्बन्धित जिल्लाको स्थानीय प्रशासनले निर्णय गर्छ,’ काफ्लेले भने, ‘जसले जुन कानुन उल्लंघन गरेको देखिन्छ त्यहीअनुसार कारबाही हुन्छ ।’

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले तोडफोड, आगजनीलगायतका गम्भीर प्रकृतिका गतिविधिमा संलग्न देखिएकामाथि कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

‘सामान्य प्रदर्शनमा सहभागी मुक्त हुन्छन्, गम्भीर गतिविधिमा संलग्न देखिएकाहरू अनुसन्धानको दायरामा आउँछन्,’ उनले भने ।

मनोनयन सोचेभन्दा शान्तिपूर्ण

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आइतबार तीन प्रदेशमा मनोनयन सकिएपछि साँझ गृह मन्त्रालयमा सुरक्षा निकायका प्रतिनिधिसहित बसेको बैठकले मनोनयनको दिन आँकलनभन्दा बढी शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ ।

मनोनयनको दिन बाजुराको डोगडीमा कांग्रेस र एमालेबीच झडप हुँदा ढुंगा लागेर हंस राउतको मृत्यु भएको थियो । बाँकेमा एमाले र माओवादी झडपमा तीन जना घाइते भए । ताप्लेजुङको फताङलुङका कांग्रेसका वडा सदस्य उम्मेदवार मनबहादुर पतङवाङ अपहरणमा परेर मुक्त भए । कपिलवस्तुको गजेहडा हुलाकी सडकमा बम विस्फोटमा १० जना घाइते भए पनि सुरक्षा अवस्था सोचेभन्दा प्रभावकारी भएको गृहको विश्लेषण छ ।

‘केही छिटफुट घटना भए पनि मनोनयन उत्साहपूर्ण रूपमै सम्पन्न भयो, सबै तहमा उम्मेदवारी दर्ता भयो,’ गृह प्रवक्ता काफ्लेले भने, ‘सुरक्षा अवस्था बलियो र प्रभावकारी छ ।’

राजपा र नेकपाले मनोनयन भाँड्ने रणनीति लिए पनि जनसमर्थन पाउन नसक्दा उनीहरूको प्रयास प्रभावहीन भएको गृहले निष्कर्ष निकालेको छ । राजपाभित्रको केही समूह र नेकपा समूहसमेत केही स्थानमा उम्मेदवार बनेकाले सुरक्षा सुधार हुने गृहको विश्लेषण छ ।

‘केही हिंसात्मक घटना हुने आशंका थियो, तर निर्वाचनको विपक्षमा रहेका दलको कार्यक्रमलाई सर्वसाधारणले साथ नदिँदा उनीहरूको योजना प्रभावहीन भयो,’ सुरक्षा स्रोतले भन्यो, ‘विपक्षमा रहेको राजपाभित्रको केही समूहसमेत निर्वाचनमा सहभागी हुँदा सुरक्षा चुनौती घटेको छ।’

एक लाख ६३ हजार सुरक्षाकर्मी

स्थानीय तह निर्वाचनमा दुई लाख २६ हजार सुरक्षा जनशक्ति खटाउने रणनीति बनाएको गृहले पहिलो चरणको निर्वाचनमा ९५ हजार सुरक्षा जनशक्ति खटाएको थियो । दोस्रो चरणको निर्वाचनमा नेपाली सेना, प्रहरी, सशस्त्र, म्यादी र राष्ट्रिय अनुसन्धान विभागका गरी एक लाख ६३ हजार सुरक्षा जनशक्ति परिचालन गरिएको गृह प्रवक्ता काफ्लेले जानकारी दिए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस