काठमाडौं, वैशाख १७ (नागरिक)- जलवायु परिवर्तन र हिमाल वचाउँ भन्ने नाराका साथ धावक सञ्जय पण्डित जिरी देखि काठमाडौंसम्म दुई सय किलोमिटर दौडने भएका छन्। रिपब्लिका जिरी टु काठमाडौं नाम दिएको दौड सञ्जयले २० घण्टा २० मिनेट छ सेकेन्डमा पुरा गर्ने बताएका छन्।
दौड जेठ १ र २ गते दुई दिनका लागि तय गरिएको छ।
सामान्यतया व्यवसायिक धावकका लागि समेत असम्भव मानिएको दौड पुरा गर्न २२ बर्षिय धावक सञ्जय यस्तो आट गर्दैछन्। उनका अनुसार दौडमा वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयका उपसचिव पुरुषोत्तम घिमिरेले बिहीबार सञ्जयलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए। दुई लाख रुपैयाँ खर्च हुने दौडका लागि मन्त्रालयले १ लाख रुपैयाँ उपलब्ध गराउने सञ्जयको विश्वास छ। उनलाई काठमाडौं भ्याली कलेजले समेत सहयो गरेको छ।
दुई बर्ष अघि सञ्जयले काठमाडौंदेखि तातोपानीसम्मको दुरी ११ घण्टा २० मिनेटमा पुरा गरेका थिए। गत बर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रोहवरमा उनले स्वर्गद्वारी देखि काठमाडौं सम्मको तीन सय ३९ किलो मिटर दुरी ४७ घण्टा २० मिनेटमा पुरा गरेका थिए।
यी युवा धावकले चार बर्षमा १४ हजार किलोमिटर दौडेर पुरा गर्ने लक्ष्य लिएका छन्। 'म गिनिज बुकमा नाम लेखाउन चाहन्छु', उनले भने ,' सागमा पदक जितेर आठ राष्ट्रमा चर्चा हुन्छ तर म देशको नाम विश्व सामु चिनाउन चाहन्छु।'