काठमाडौं, वैशाख १७ (नागरिक)- सहमतिको सरकारका लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको विकल्प खोज्न सकिने त्यही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्। पार्टीको औपचारिक निर्णय अध्यक्ष दाहाल नै भए पनि 'गठबन्धन दलहलरूसँग राष्ट्रिय सहमतिका लागि लचक हुने' भन्दै उनले बिहीबार राजधानीमा पत्रकारहरूसँग भने, 'विकल्प खोज्न सकिन्छ।'
दाहालले गत वर्ष प्रधानमन्त्रीबाट राजीनामा गरेलगत्तै आगामी सरकारको नेतृत्व अब आफूले नगर्ने पार्टी बैठकमा बताएका थिए। स्रोतका अनुसार त्यसपछि उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आए अर्का नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने मनसाय व्यक्त गरेका थिए।
भट्टराईको पक्षमा पार्टीबाहिरबाट वातावरण बन्दै गएपछि पार्टीको केन्द्रीय समितिले माओवादी नेतृत्वमा सरकार बने त्यसको नेतृत्व अध्यक्ष दाहालले नै गर्ने निर्णय गरेको थियो। पछिपछि त दाहालले कार्यकर्तालाई गोप्य सत्रमा प्रशिक्षण दिँदा अरूलाई प्रधानमन्त्री बनाउन आफूले सत्ता नछाडेको बनाउन थालेका थिए।
'हाम्रो पार्टीमा सरकार चलाउन सक्ने क्षमतावान् साथीहरू हुनुहुन्छ,' श्रेष्ठले भने।
प्रधानमन्त्री माधवकुमार नेपालले केही दिनअघि दाहाललाई अनौपचारिक भेटघाटमा आफू र दाहालबाहेक माओवादीबाटै समेत विकल्प खोज्न सकिने बताएका थिए। त्यसबारेको प्रश्नमा दाहालले केही दिनअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीबाट अन्य पार्टीले प्रधानमन्त्री तोकेर बहुदलीय व्यवस्थाकै धज्जी उडाएको आक्रोश व्यक्त गरेका थिए। उनले भनेका थिए, 'हाम्रो पार्टीबाट फलानो हुनुपर्छ भन्ने राजा को हो?'
माओवादीले प्रधामन्त्री नेपाललाई अस्वीकार गर्दै आएकाले कांग्रेस, एमालेले पनि दाहाललाई स्वीकार गर्न नसकिने बताउँदै आएका छन्।