चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्छ: परराष्ट्रमन्त्री
२५ असार २०८०
•
३ मिनेट पाठ
चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्छ: परराष्ट्रमन्त्री
फाइल।
परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन्।




संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका हुन्।

एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो।

‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रुपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरुको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’
छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शी रुपमा आफ्ना सरोकार राख्नुपर्ने बताए।

‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले भने, ‘पारदर्शी रुपले आफ्ना कन्सर्न राख्नुपर्छ।’
भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै साउदले खुला सिमाना, दुई तिहाइ व्यापार, पारबहन सुविधाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको उल्लेख गरे।

उनले एक चीन नीतिमा सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिए।

अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। अमेरिका र युरोपियन युनियनबाट अधिकतम विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता रहेको परराष्ट्रमन्त्री साउदले बताए।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टबाट कार्यान्वयनमा जाने पनि उनले समितिलाई जानकारी दिए। मन्त्री साउदले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का सन्दर्भमा सन २०१७ मा नै एमओयू भएको र कार्यान्वयनका लागि छलफलकै क्रममा रहेको बताए।

‘बीआरआई सन्दर्भमा २०१७ मा नै एमओयू भएको थियो। जसलाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफलकै क्रममा रहेको छ,’ उनले भने, ‘यसअन्तर्गत आयोजना कार्यान्वयन सुरु भइसकेको छैन।’ 
परराष्ट्रमन्त्री साउदले रसियामा नेपाली युवा सेनामा भर्ना भएको भनिएको विषयमा मस्कोस्थित नेपाली नियोगलाई यकिन गर्न लगाइएको पनि समितिलाई जानकारी दिए।

उनले राजदूत नियुक्तिबारे उच्च तहमा परामर्श भएको जानकारी दिए।

‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका र मापदण्ड अनुरुप नियुक्ति केही दिनमा नै हुने छ,’ परराष्ट्रमन्त्री साउदले भने। उनले राहदानी सेवाको निरन्तरताका लागि थप खरिद प्रक्रिया अघि बढिसकेको पनि समितिलाई जानकारी दिए। ५ वर्षका लागि पुग्ने गरी ६० लाख राहदानी खरिद प्रक्रिया अघि बढाइने साउदको भनाइ थियो।
‘पासपोर्ट सेवाको निरन्तरताका लागि थप खरिद प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘दीर्घकालीन रुपमा ५ वर्षलाई पुग्ने गरी ६० लाख पासपोर्ट खरिद प्रक्रिया अघि बढाइने छ।’
मन्त्री साउदले परराष्ट्र मन्त्रालयलाई ‘रि–स्ट्रक्चरिङ’ गर्नुपर्ने पनि बताए।

‘सबै मुलुकमा दूतावास छैनन्। जनशक्ति सीमित छ,’ उनले भने, ‘तसर्थ विदेशमा रहेका नेपालीको संरक्षण र राहतका काम गर्न सक्ने गरी परराष्ट्र मन्त्रालयको ‘रि–स्ट्रक्चरिङ’ गर्नुपर्ने छ।’ बढ्दै गएको दायित्व निर्वाहका लागि मन्त्रालयसँग जनशक्ति हुनुपर्ने साउदको भनाइ थियो।
उनले सार्क प्रक्रिया सुचारु गर्नेबारे सबै सदस्य मुलुकबीच सहमति जुट्न नसकेको अवस्था दर्शाउँदै प्रक्रियालाई पुनः सक्रिय गर्ने तर्फ प्रयास जारी रहेको बताए।

मन्त्री साउदले रसुवा, तातोपानीलगायत चीनसँगका सिमानाका अझै सहज बनाउने र अन्य नाकासमेत स्तरोन्नति गरी सञ्चालन गर्ने तर्फ कूटनीतिक पहल जारी रहेको पनि उल्लेख गरे।
अर्को समाचार
अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद,राममन्दिरमा ५ आभूषण चढाउँदै
१२ फागुन २०८०
•
२ मिनेट पाठ
अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद,राममन्दिरमा ५ आभूषण चढाउँदै
परराष्ट्रमन्त्री एनपी साउदले अयोध्यास्थित राम मन्दिरमा अर्पण गर्न लगिएको आभूषण। तस्विरः नागरिक
रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ।




परराष्ट्र मन्त्री साउदको आज बिहान ११ बजे दिल्लीबाट विशेष विमानमा अयोध्या पुग्ने कार्यक्रम छ। उनलाई अयोध्यास्थित महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।

विमानस्थलबाट उनी भगवान श्रीराम जन्मभूमि मन्दिर पुग्ने छन्। त्यहाँ उनी रामललाको दर्शन गर्ने कार्यक्रम छ। मन्त्री साउद अयोध्यामा राम मन्दिर दर्शन गर्ने सरकारका पहिलो प्रतिनिधि हुनेछन्।

मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत रायसहित अन्य पदाधिकारीहरूले मन्त्री साउदलाई स्वागत गर्ने कार्यक्रम छ। रामललाको दर्शनको क्रममा त्यहांका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी राम मन्दिर तीर्थ क्षेत्र ट्रष्टले दिइएको छ।

परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शनपछि नेपाली जनताको तर्फबाट पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्ने छन्। चाँदीले बनाइएको यस आभूषणहरूमा तीर–धनुष, गदा र श्रृंगारका सामानहरू छन्।

परराष्ट्रमन्त्रीले शनिबार साँझ सरयू घाटमा हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ। यससँगै उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।

जनवरी २२ मा अयोध्या स्थित राममन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्दै रामललाको प्राण प्रतिष्ठा गरेका थिए।

रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत बीचको सांस्कृतिक सम्बन्धको महत्त्वको चर्चा गरेका थिए। ‘सीया वर राम चन्द्र कि जय’ अर्थात् सीताका वर रामचन्द्र कि जय भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले रामललाको प्राणप्रतिष्ठापछि सम्बोधनको सुरुवात गरेका थिए।

रामको परिचय सीताका वर (श्रीमान्) भनेर गरेका थिए। यो अर्थपूर्ण शब्द नेपाल–भारत सम्बन्धको गहिराइ नाप्न काफी छ।

उनको यो सम्बोधनले रामलाई सीतासँग मात्र जोडेन, नेपाल भारतबिचको पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई समेत सम्मान गरेको विश्व हिन्दु महासंघ नेपालकी उपाध्यक्ष ज्योत्सना साउदले बताइन्।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस