नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार गर्दैन: परराष्ट्रमन्त्री साउद
०३ माघ २०८०
•
१ मिनेट पाठ
नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार गर्दैन: परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले नेपालले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताएका छन्।




युगान्डाको कामपालामा जारी असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार नगर्ने बताएका हुन्। उनले थपे, 'हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौँ।'

परराष्ट्रमन्त्री साउदले नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको बताएका छन्। मन्त्री साउदले थपे, 'आज हामी हाम्रो झन्डै सात दशकको यात्राका क्रममा हामी साझा मूल्यहरूको बारेमा सचेत छौँ। जसले हामीलाई राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, आपसी सम्मान र लाभ, अहस्तक्षेप, र हाम्रोमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी अन्तर्राष्ट्रिय सम्बन्धमा एकसाथ छौँ।'

मन्त्री साउदले बहुपक्षीयता प्रवर्द्धनमा नामले निर्णायक भूमिका खेल्नुपर्नेसमेत बताएका छन्। थपे, 'शान्तिपूर्ण खोज्दै, संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै विवादहरूको समाधान, विश्वव्यापी वित्तीय संरचना सुधार, साझा समृद्धिको लागि एक मात्र विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्दै नामले भूमिका खेल्नुपर्छ।'
अर्को समाचार
अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद,राममन्दिरमा ५ आभूषण चढाउँदै
१२ फागुन २०८०
•
२ मिनेट पाठ
अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद,राममन्दिरमा ५ आभूषण चढाउँदै
परराष्ट्रमन्त्री एनपी साउदले अयोध्यास्थित राम मन्दिरमा अर्पण गर्न लगिएको आभूषण। तस्विरः नागरिक
रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ।




परराष्ट्र मन्त्री साउदको आज बिहान ११ बजे दिल्लीबाट विशेष विमानमा अयोध्या पुग्ने कार्यक्रम छ। उनलाई अयोध्यास्थित महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।

विमानस्थलबाट उनी भगवान श्रीराम जन्मभूमि मन्दिर पुग्ने छन्। त्यहाँ उनी रामललाको दर्शन गर्ने कार्यक्रम छ। मन्त्री साउद अयोध्यामा राम मन्दिर दर्शन गर्ने सरकारका पहिलो प्रतिनिधि हुनेछन्।

मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत रायसहित अन्य पदाधिकारीहरूले मन्त्री साउदलाई स्वागत गर्ने कार्यक्रम छ। रामललाको दर्शनको क्रममा त्यहांका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी राम मन्दिर तीर्थ क्षेत्र ट्रष्टले दिइएको छ।

परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शनपछि नेपाली जनताको तर्फबाट पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्ने छन्। चाँदीले बनाइएको यस आभूषणहरूमा तीर–धनुष, गदा र श्रृंगारका सामानहरू छन्।

परराष्ट्रमन्त्रीले शनिबार साँझ सरयू घाटमा हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ। यससँगै उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।

जनवरी २२ मा अयोध्या स्थित राममन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्दै रामललाको प्राण प्रतिष्ठा गरेका थिए।

रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत बीचको सांस्कृतिक सम्बन्धको महत्त्वको चर्चा गरेका थिए। ‘सीया वर राम चन्द्र कि जय’ अर्थात् सीताका वर रामचन्द्र कि जय भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले रामललाको प्राणप्रतिष्ठापछि सम्बोधनको सुरुवात गरेका थिए।

रामको परिचय सीताका वर (श्रीमान्) भनेर गरेका थिए। यो अर्थपूर्ण शब्द नेपाल–भारत सम्बन्धको गहिराइ नाप्न काफी छ।

उनको यो सम्बोधनले रामलाई सीतासँग मात्र जोडेन, नेपाल भारतबिचको पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई समेत सम्मान गरेको विश्व हिन्दु महासंघ नेपालकी उपाध्यक्ष ज्योत्सना साउदले बताइन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस