सेनासहित एक लाख सुरक्षाकर्मी परिचालन
२० वैशाख २०७४
•
९ मिनेट पाठ
सेनासहित  एक लाख सुरक्षाकर्मी परिचालन
काठमाडौं— वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्तासँगै गृह मन्त्रालयले पहिलो चरणको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ। फागुन १८ मा गृहले निर्वाचनअघि, मतदान र मतदानपछि गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्नेगरी तीन चरणको सुरक्षा योजना बनाएको थियो।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी गरी एक लाख सुरक्षाकर्मी खटिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

पहिलो चरणमा निर्वाचन हुने तीनवटा प्रदेशमा गृह मन्त्रालयले करिब एक लाख सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी गरी एक लाख सुरक्षाकर्मी खटिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

गृहका अनुसार गोरखा, बाग्लुङ, नुवाकोट, पर्वत, काभ्रे, सिन्धुपाल्चोक, स्याङ्जा, म्याग्दी, धादिङ, लमजुङ, कास्की, चितवन, तनहुँ, मकवानपुर, रसुवा, सुर्खेत, नवलपरासी, सिन्धुली, दोलखा, रामेछाप, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, सुर्खेत, सल्यान, रुकुमलगायतका जिल्लामा मंगलबारबाटै संयुक्त सुरक्षा बेसक्याम्प बसिसकेको छ ।

९५ हजार सेना, ६० हजार प्रहरी, ३० हजार सशस्त्र र ७५ हजार म्यादी परिचालन गर्नेगरी गृहले सुरक्षा योजना बनाएको थियो । निर्वाचन २ चरणमा हुने भएपछि उसले आधा सुरक्षा जनशक्ति परिचालन गरेको छ ।

करिब ७५ हजार म्यादी प्रहरीमध्ये पहिलो चरणको निर्वाचनमा २५ हजार परिचालित हुनेछन् । ५० हजार म्यादी दोस्रो चरणको निर्वाचनमा खटिनेछन् ।

पन्थीका अनुसार २३ हजार प्रहरी र १८ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालित भइसकेका छन् । पहिलो चरणमा करिब ४५ हजार सेना खटिएका छन् ।

केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको स्थानीय निकाय निर्वाचन सुरक्षासम्बन्धी योजना २०७३ मा निर्वाचनअगाडि, निर्वाचन अवधि र निर्वाचनपछि गरी तीन अवस्थासहित विस्तृत सुरक्षा योजना बनाएको थियो । योजनाको पहिलो चरणमा निर्वाचन कार्यालयको सुरक्षा, उम्मेदवार र दलका नेताको सुरक्षा, निर्वाचन सामग्रीको सुरक्षा, चुनावी अभियान व्यवस्थापन र सुरक्षा उल्लेख छ ।

दोस्रो चरणमा निर्वाचन सामग्री ढुवानी, निर्वाचन कार्यालयको सुरक्षा, मतदान केन्द्रको सुरक्षा छ भने तेस्रो चरणमा मतपेटिकाको ढुवानी र व्यवस्थापन, मतगणना केन्द्रको सुरक्षा र विजय जुलुस व्यवस्थापन छ ।

वैशाख ३१ मा मतदान हुने निश्चित भए पनि मतगणना कहिले हुने, टुंगो नभएकाले तेस्रो चरणको सुरक्षा योजनामा मतपेटिका ढुवानी र सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने उल्लेख छ ।

‘उम्मेदवारी दर्ता भइसकेकाले पहिलो चरणमा उम्मेदवार र निर्वाचन कार्यालयको सुरक्षामा सुरक्षाकर्मी केन्द्रित गरेका छौं,’ पन्थीले नागरिकसँग भने, ‘निर्वाचन कार्यालय, सामग्री र कर्मचारीको सुरक्षामा समेत सुरक्षाकर्मी परिचालित भइसकेका छन् ।’

विप्लव मुख्य सुरक्षा चुनौती

उम्मेदवारी दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार म्याग्दीका जसबहादुर पुन अपहरणमा परे । उनी मंगलबार अपहरणमुक्त भएर परिवारको सम्पर्कमा आए । गृहप्रवक्ता पन्थीका अनुसार नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले उनको अपहरण गरेको पुष्टि भइसकेको छ । पन्थीका अनुसार प्रहरी उनको अपहरणमा संलग्नको खोजीमा खटिइसकेको छ ।

गृहले तराई क्षेत्रमा भूमिगत समूह, सिके राउत, विप्लव र निर्वाचन विरोधी समूहलाई मुख्य सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेको थियो । पहिलो चरणको निर्वाचनमा विप्लव समूह मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ ।

सो समूहले सार्वजनिक रुपमै उम्मेदवारको अपहरण गर्ने चेतावनी दिएको थियो । चेतावनीसँगै उम्मेदवार अपहरणसमेत गरेकाले राष्ट्रिय अनुसन्धान विभागलगायतका निकाय विप्लवको गतिविधितर्फ केन्द्रित भएका छन् ।

स्रोतका अनुसार गृहले विप्लवको प्रभाव रहेका क्षेत्रका उम्मेदवारलाई निर्वाचन प्रचारमा जानुअगाडि सुरक्षाकर्मीलाई जानकारी दिन र सुरक्षाकर्मीको साथमा मात्र जान जानकारी गराइसकेको छ ।

मुख्य सुरक्षा प्रहरीको, सेना र सशस्त्र सहयोगी

निर्वाचन सुरक्षा योजनाअनुसार कार्यालय, उम्मेदवार र प्रचारप्रसारको सुरक्षाको मुख्य जिम्मेवारी प्रहरीले पाएको छ । उम्मेदवारको सुरक्षामा आवश्यकताअनुसार सशस्त्रले समेत सघाउनेछ ।

निर्वाचन कार्यालय, दलको कार्यालयको सुरक्षामा म्यादी प्रहरीसमेत खटिएका छन् । गृहले एकीकृत सुरक्षा योजना बनाए पनि सेना भने आफ्नै सुरक्षा योजनाअनुसार परिचालित हुनेछ ।

‘सेनाको भूमिका पेट्रोलिङ, निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्रको बाहिरी घेराको सुरक्षा मुख्य हो,’ गृहस्रोतले भन्यो, ‘उनीहरु आफ्नो जिम्मेवारीअनुसार आफ्नै चेन अफ कमान्डअनुसार परिचालित हुनेछन् ।’

नेपाल प्रहरी र सशस्त्रका तर्फबाट जनशक्ति बढाउन यी दुवै संगठन खटिएको महŒवपूर्ण प्रतिष्ठानको सुरक्षा, विमानस्थल र कारागारको सुरक्षामा समेत सेना खटिँदैछ । सशस्त्रले सुरक्षा विश्लेशणका आधारमा सुरक्षा जोखिम देखिने उम्मेदवारको सुरक्षा, चुनावी प्रचार, ¥यालीको सुरक्षामा खटिने  र चुनावी सामग्री ढुवानीमा सेनालाई सघाउनेछ ।

मतदानको दिनका लागि गृहले बुथ केन्द्रित गरी तीन तहकै सुरक्षा रणनीति बनाएको छ जसअनुसार बुथको भित्री क्षेत्रमा प्रहरी म्यादीसहित खटिनेछ । प्रहरीको घेराबाहिर सशस्त्र प्रहरी खटिनेछ जसले बुथबाहिरको सुरक्षा प्रबन्ध गर्नेछ । सशस्त्रको घेराबाहिर सेनासमेत खटिने गृहको सुरक्षा योजनामा उल्लेख छ ।

मतदान सकिएपछि मत गणना केन्द्रसम्म ब्यालेट बक्स ल्याउने र मतगणना केन्द्रको बाहिरी भागको सुरक्षासमेत सेनालाई तोकिएको छ । मतगणना स्थलको भित्री सुरक्षामा सेना र सशस्त्र खटिनेछन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस