नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पुर्खाहरू बसेको थलो खोज्दै दैलेख पुगेका छन्। उनी दैलेखको दुल्लु नगरपालिका –१२ स्थित दह गाउँमा पुगेका हुन्।
पुर्खाहरूको पवित्र भूमिमा पुगेर आफू धन्य भएको बताउँदै प्रधानमन्त्री दाहालले पुण्य भूमिको विकासका लागि लाग्ने बताए।
‘घरमा पहिले बाबु बाजेले दह गाउँमा आफ्नो पुर्खा भएको भन्दै आउनुभएको थियो।’ प्रधानमन्त्री दाहालले कार्यक्रममा भने, यहाँ पवित्र भूमिमा आउँदा खुसी छु। बासुकै अगाडी कसम खान्छु समग्र नेपालीहरुको विकासका लागि लाग्नेछु।’
सो अवसरका प्रधानमन्त्री दाहालले दैलेखको दहमा रहेको वत्सगोत्रीय दाहाल, लम्साल, रुपाखेती, कुँवर र राणा आदिपुरुषका रुपमा प्रख्यात कुल शिरोमणि दासुको पहिलो शालिक समेत अनावरण गरे।
प्रधानमन्त्री दाहालले जाँदाजाँदै दैलेखमा रहेको पंचकोशी क्षेत्रको विकासका लागि आफ्नो भूमिका रहने समेत प्रतिबद्धता व्यक्त गरे।
पुर्खाहरूको भूमिमा प्रधानमन्त्रीको उपस्थितिले यस ठाउँको महत्त्व झन् बढेको प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताए।
‘प्रधानमन्त्री दाहाल लगायत दैलेखमा ३२ जातजातिको उद्गम थलो रहेको छ।’ प्रदेश सभा सदस्य भण्डारीले भने, सबैले आफ्नो पुर्खाको गाउँमा एक पटक आउनुपर्छ।’
कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो जातीहरुको उत्पतिस्थलमा पहिलो पटक शालिक राखेको हो। दह गाउँ दाशु सन्ततिहरु दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरुको आदिभूमि हो।
कुल शिरोमणि दासुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (शालिक) स्थापना गरिएको दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका सल्लाहकार गंगाराम दाहालले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...