प्रश्नावली प्रोसेसिङ समयमा नहुने
०५ वैशाख २०६६
•
५ मिनेट पाठ
प्रश्नावली प्रोसेसिङ समयमा नहुने
काठमाडौं, वैशाख ५ (नागरिक)-जनताबाट संकलित सुझाव 'प्रोसेसिङ' गर्न कम्तिमा पनि ६ महिना लाग्ने केन्द्रीय तथ्यांक विभागले बताएपछि मुलुकभरिबाट संकलित थाकका थाक प्रश्नावली सभासद्ले नै अध्ययन गर्नुपर्ने भएको छ। 
 
यसअघि संविधानसभा सचिवालयले यी प्रश्नावली कम्प्युटरमार्फत् प्रोसेसिङ गर्ने बताएको थियो। तथ्यांक विभागका वरिष्ठ अधिकारीले संविधानसभा कार्यतालिकामा तोकिएको समयभित्र प्रश्नावली प्रोसेसिङ सम्भव नहुने बताएपछि यो अवस्था आएको हो। अब सचिवालयले जनताका राय सुझावको कामचलाउ अध्ययन मात्रै गर्ने भएको छ।
'जनताले प्रश्नावलीमा व्यक्त गरेको विचार समेट्ने हो भने विज्ञहरुका सहयोग लिनु पर्छ' सचिवालयका एक कर्मचारीले नागरिकसँग भने ।
विभागले प्रश्नावली बनाउँदा विज्ञसँग सल्लाह नगरेकाले पनि प्रोसेसिङ जटिल हुने र यसमा लामो समय लाग्ने बताएको छ। विभागले प्रोसेसिङ नगर्ने भएपछि सभासद्हरुलाई प्रश्नावली अध्ययन गर्न चटारो परेको छ।
संविधानसभा संवैधानिक समितिका सभापति माधवकुमार नेपालले समितिका सबै सदस्यहरुले अनिवार्य राय सुझाव प्रश्नावली अध्ययन गर्नुपर्ने बताएका छन्।
समितिको शनिबार बसेको बैठकमा उनले प्रधानमन्त्री लगायत कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई समेत ५ सय प्रश्नावली पठाउने बताए।
प्रमुख दलका प्रमुख नेता सदस्य रहेको ६३ जनाको संवैधानिक समितिमा शनिबारको बैठकमा २८ जना उपस्थित थिए। प्रमुख दलका नेता अनुपस्थित भए पनि समितिका अध्यक्ष नेपाल बैठक स्थलबाटै शीर्ष नेतालाई फोन सम्पर्क गर्ने प्रयास गर्दै थिए। प्रधानमन्त्रीलाई पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। बरु कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भने फोन उठाए। कुराकानी भएलगत्तै बैठकमा नेपालले भने 'भर्खर गिरिजाबाबुसँग सम्पर्क भयो, उहाँले प्रश्नावली घरमा पठाइदिनु हेर्छु भन्नु भएको छ।'
फेरि उनले प्रधानमन्त्रीको मोबाइल फोनमा सम्पर्क गर्ने प्रयास गरे तर सम्भव भएन । 'प्रधानमन्त्रीलाई पनि घर मै प्रश्नावली पठाउँछौ' उनले भने।
संवैधानिक समितिसँग सम्वन्धित २४ हजार १ सय ६० प्रश्नावलीलाई चार दिनभित्र अध्ययन गरेर सक्नुपर्ने छ। '१० गते भित्र सचिवालयमा बुझाइसक्नु पर्ने भएकोले हतार हतार अध्ययन सुरु गरिएको हो' नेपालले बैठक लगत्तै संवाददाताहरुसँग भने। प्रश्नावली अध्ययनलाई सहज गर्नको लागि समितिले सबै सभासद्हरुलाई ५ सय प्रति प्रश्नावली अध्ययनको जिम्मा लगाएको छ।
संविधानसभाका ११ वटै विषयगत समितिहरुमा प्रश्नावलीको हतारो देखिन्छ। अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिमा पनि सभासद्हरु कार्यालयमै बसेर संयुक्त रुपमा प्रश्नावलीको अध्ययन गर्दै थिए। सभासद्हरुले बुझाउनु पर्ने समय नजिकिएकाले कार्यालयमै बसेर काम गरेको नागरिकसँग भने।
उता राष्ट्रिय हित संरक्षण समितिमा पनि प्रश्नावली अध्ययनको हतारो थियो। उनीहरुले पनि शनिबार बिहानैदेखि प्रश्नावली अध्ययन सुरु गरेका छन्।
तर प्रश्नावली प्रोसेसिङको विधि बिना नै प्रश्नावली अध्ययन गरिने भएकोले जनताको राय नसमेटिने विज्ञहरुले बताएका छन। समाजशास्त्री कृष्णबहादुर भटचन भन्छन् 'कुनै विधिनै नअपनाई अध्ययन गरेर तयार पारिएको प्रश्नावलीको निष्कर्षले जनताको भावनालाई अवहेलना भएको छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस