काठमाडौं, वैशाख ३ (नागरिक)- एमाले सभासदहरुले समयमै संविधान नबन्ने निष्कर्ष निकाल्दै अन्तरिम संविधान संशोधन गर्न सुझाव दिएका छन्। जारी संसदीय दलको बैठकमा बोल्नेहरुले बहुमतीयबाट सहमतीय अवधारणामा जान संविधान संशोधन आवश्यक भएको धारणा राखेका हुन।
बैठकमा बोल्नेहरुले संविधानसभाको म्याद थपिए पनि सहमति कायम नभए संविधान नबन्ने निष्कर्ष निकाल्दै संविधान बन्नका लागि सहमतीय अवधारणामा जानुको विकल्प नभएको बताएका हुन।
विगतमा सहमतीय प्रणालीलाई संशोधन गरी बहुमतीय प्रणालीको प्रावधान बनाउनु गम्भीर गल्ती भएको महसुस पनि धेरै एमाले सांसदले गरेका थिए। अन्तरिम संविधानमा पहिले सहमतीय प्रणाली नै थियो तर संशोधनपछि यसलाई परिवर्तन गरेर बहुमतीय प्रणाली बनाइएको थियो।