नेपालबारे भारत-चीन मिडिया जुहारी
११ चैत्र २०७३
•
१३ मिनेट पाठ
नेपालबारे भारत-चीन मिडिया जुहारी
काठमाडौं- 'हिन्दुस्तान टाइम्स' को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। 'भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने' शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो। 'प्रस्तावित चिनियाँ रक्षामन्त्रीको चैत १० गतेबाट सुरु हुने तीनदिने नेपाल भ्रमण र आसन्न नेपाल–चीन संयुक्त सैन्य अभ्यासले नयाँ दिल्लीलाई 'नर्भस' बनाएको छ,' हिन्दुस्तान टाइम्समा लेखिएको छ।




समाचारमा चिनियाँ रक्षामन्त्रीले नेपाललाई चीनको महŒवाकांक्षी योजना 'वान बेल्ट वान रोड' को सदस्य बन्न दवाबसमेत दिने जनाइएको छ। नेपाल–चीन सैन्य अभ्यास र रक्षामन्त्रीको नेपाल भ्रमणका बेला हुनसक्ने सम्भावित रक्षा तथा सैन्य सहयोगलाई नयाँ दिल्लीले नजिकबाट नियालिरहेको उल्लेख गर्दै समाचारमा लेखिएको छ, 'प्रधानमन्त्री पुष्पकमल दाहाल आफंै चीन भ्रमणमा निस्कन लागेका बेला दाहाल नेतृत्वको सरकार चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण र नेपाल–चीन संयुक्त सैन्य अभ्यासलाई रोक्न 'नो' भन्न सक्ने स्थितिमा छैन।'

भारतबाट प्रकाशित हुने 'हिन्दुस्तान टाइम्स' मा सो समाचार छापिएको दुई दिन बित्न नपाउँदै मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीनिकट अखबार 'ग्लोबल टाइम्स' ले हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारको जबाफ दियो। ग्लोबल टाइम्सले 'दक्षिण एसियामा चीनको संलग्नताप्रति भारत आवश्यकताभन्दा बढी संवेदनशील' शीर्षकमा अई जुनको लेख प्रकाशित गरी जबाफ दिएको हो। 'नेपाल र श्रीलंकाका रक्षामन्त्रीको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री चाङ वानक्वान दुई दक्षिण एसियाली राष्ट्रको भ्रमणमा जाँदै हुनुहुन्छ। अवलोकनकर्ताले यो भ्रमणका कारण भारतको छटपटी बढेको भविष्यवाणी गर्न थालेका छन्, जसलाई भारतीय मिडियाले प्रमाणित गरेका छन्,' ग्लोबल टाइम्समा लेखिएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारलाई ग्लोबल टाइम्सले 'शंकास्पद र अप्रिय' भनेको छ। चिनियाँ सरकारले छिमेकीसँग कुरा गर्दा लठ्ठी लिएर बसेझैं गरी समाचार सम्प्रेशण गरिएको आरोप ग्लोबल टाइम्सको समाचारमा छ। 

प्रधानमन्त्री दाहालको चीन भ्रमण, चिनियाँ रक्षामन्त्री चाङको नेपाल भ्रमण, नेपाल–चीन संयुक्त सैन्य अभ्यास, भारतीय सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणलाई लिएर भारतीय र चिनियाँ मिडियाँबीच जुहारी चलेको हो।  'यस क्षेत्रमा बेइजिङको बढ्दो प्रभावप्रति भारत असहज हुनु सामान्य हो,' ग्लोबल टाइम्समा  लेखिएको छ, 'सत्य के हो भने, भारतले दक्षिण एसिया र हिन्द महासागरलाई आफ्नै 'ब्याकयार्ड' (घर पछिको जमिन) जस्तो ठानेको छ। उदाहरणका लागि, चीन र भुटानबीच अहिलेसम्म कूटनीतिक सम्बन्ध स्थापना हुन नसक्नुको एउटा प्रमुख कारण नयाँ दिल्ली हो।' भारतले भुटानलाई आर्थिक र कूटनीतिक रुपमा नियन्त्रण गरेको आरोप चिनियाँ मिडियाको छ।

दुवै देशका मिडियाले आआफ्नो राष्ट्रिय स्वार्थलाई लिएर दन्तबजान गरिरहेका छन्। यसै सेरोफेरोमा भारतीय मिडियामा केही समाचार प्रकाशित भए चिनियाँ मिडियाले र चिनियाँ मिडियाले केही लेखे भारतीय मिडियाले खण्डन गर्ने शृंखलाले निरन्तरता पाइरहेका छन्।

'भारत अनावश्यक रुपमा चीनप्रति शंकालु बन्दा त्यसले नेपाल र श्रीलंकाको बेइजिङसँगको सम्बन्धमा असर गरेको छ। यद्यपि दुवै देशले दुई ठूला छिमेकीसँग सन्तुलित व्यवहार गर्ने प्रयास गरिरहेका छन्,' ग्लोबल टाइम्सले लेखेको छ। यो तटस्थतालाई भारतले अझैं पनि 'प्रो–बेइजिङ' नीतिको रुपमा लिएको चिनियाँ मिडियाको बुझाइ छ। ग्लोबल टाइम्सले स्पष्ट भनेको छ, 'जब यी दुई देशका शीर्ष नेताले चीनको भ्रमण गर्छन्, तब भारतीय मिडियाले बढाईचढाई भारतले उनीहरूलाई गुमाउँदै वा चीनको दक्षिण एसिामा बढ्दो प्रभाव नयाँ दिल्लीका लागि चुनौति भनी लेख्न भ्याउँछन्।'

चीन र यसका छिमेकी राष्ट्रसँगको सम्बन्धलाई लिएर संशकित हुन छोड्न भारतलाई ग्लोबस टाइम्सले आग्रह गरेको छ। नेपाल र श्रीलंकाले चीनसँग मिलेर परियोजना अघि बढाउन चाहेको उल्लेख गर्दै ग्लोबल टाइम्सले चिनियाँ कम्पनी यी देशमा बढ्दै जाँदा स्वतः  रक्षा क्षेत्रमा पनि सहयोग र सहकार्य बढने जनाएको छ। यसले चीनको मात्र नभई पूरै यस क्षेत्रको स्वार्थको रक्षा हुने बुझाइ चिनियाँ मिडियाको छ।

'चीन र यस क्षेत्रका देशको साझा विकासको इच्छालाई भारतले बुझ्ने छ भन्ने आशा चीनले लिएको छ,' ग्लोबल टाइम्सले लेखेको छ, 'यदि भारतको यस्तो प्रवृत्ति जारी रह्यो भने चीनले त्यसको प्रतिरोध गर्नेछ, किनकी त्यतिबेला चीनको मुख्य चासो उल्लंघन भएको हुनेछ। हामी यस्तो होस् भन्ने चाहन्नौं। बल भारतीय पोल्टामा छ। '

ग्लोबल टाइम्सले सो लेख छापेकै दिन भारतीय ठूला मिडियाले त्यसको जबाफ दिन भ्याए। मंगलबार हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया, इन्डिया टुडेलगायत अनलाइन संस्करणमा ग्लोबल टाइम्सको लेखलाई उद्धृत गर्दै समाचार प्रकाशित भए। ग्लोबल टाइम्सको लेखलाई लिएर टाइम्स अफ इन्डियाले 'नेपाल र श्रीलंकामा हस्तक्षेप नगर्न चिनियाँ मिडियाद्वारा भारतलाई चेतावनी', इन्डिया टुडेले 'चिनियाँ मिडियाद्वारा आफ्नो रक्षामन्त्रीको नेपाल र श्रीलंका भ्रमणमा हस्तक्षेप नगर्न भारतलाई चेतावनी' र टाइम्स अफ इन्डियाले 'हाम्रो दक्षिण एसियासँगको सम्बन्धमा भारतले तिक्तता बढाउन खोजे चीनले प्रतिरोध गर्ने :  स्टेट मिडिया' शीर्षकमा समाचार प्रकाशित गरे।

'चिनियाँ रक्षामन्त्रीको नेपाल र श्रीलंका भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ मिडियाबाट धम्की आएको छ,' टाइम्स अफ इन्डियाले लेखेको छ, 'यी देशमा दशकौंदेखि रहेको भारतीय प्रभाव कम गर्न सहज छैन भनेर चीन चिन्तित छ।' 

टाइम्स अफ इन्डियाले भारतीय स्थल सेनाध्यक्ष रावतले यही मार्च २८ देखि ३१ सम्म गर्ने नेपाल भ्रमणलाई लिएर चीन अत्तालिएको आरोप लगाएको छ। भारतीय सेनाध्यक्षको भ्रमणले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बेला भएका निर्णयलाई प्रभावित बनाउन सक्ने समेत भारतीय मिडियाको दाबी छ। 'नेपाल भ्रमणका बेला सेनालाई आवश्यक पर्ने हार्डवेयर र सफ्टवेयर बिक्री सम्बन्धमा छलफल हुने आशा भारीय सेनाध्यक्षले लिएका छन्।  यही कार्य चीनले पनि गर्न चाहेको छ। यसैमा चिनको चिन्ता छ,' टाइम्स अफ इन्डियाले लेखेको छ।

नेपाललाई लिएर चिनियाँ र भारतीय मिडियाबीच जुहारी चलेको यो पहिलोपटक भने होइन। हरेक उच्चस्तरीय भ्रमणअघि, ठूला परियोजना निर्माणको जिम्मेवारी पाउनुअघि दुई देशका मिडियाबीच समाचारको दोहोरी चल्छ। नेपाल र चीनबाट एकअर्को देशमा हुने उच्चस्तरीय भ्रमणलाई लिएर प्रायः जुहारी चल्दै आएको छ।

ग्लोबल टाइम्सले प्रधानमन्त्री दाहालको बिहीबारदेखि हुने चीन भ्रमणलाई शंकाको दृष्टिले हेरेको छ। उक्त अखबारले दाहाललाई भारतमैत्री नेताको रुपमा चित्रण गरेको छ। दाहालको भारतमुखी विदेश नीतिका कारण नेपाल–चीन सम्बन्ध खस्कँदो अवस्थामा रहेको ठहर ग्लोबल टाइम्सको छ। 'पुष्पकमल दाहाल र शेरबहादुर देउवा दुवैले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। तर, व्यवहार त्यस्तो छैन।'

प्रधानमन्त्री दाहालको भारत भ्रमण बेला पनि भारतीय र चिनियाँ मिडियाबीच जुहारी चलेको थियो। ग्लोबल टाइम्सले नेपाली नेतामाथि राष्ट्रिय स्वार्थभन्दा पनि आफ्नो स्वार्थ अनुकूल छिमीकीसँग सम्बन्ध बढाउने गरेको आरोप लगाएको थियो।

'जब नया ँदिल्लीबाट दबाब आउँछ तब काठमाडौं बेइजिङसँग नजिक हुन्छ र थुप्रै महŒवपूर्ण सम्झौता गर्छ। नेपाल–चीन सम्बन्ध क्षणमै संवेदनशील र कमजोर बन्छ,' दाहालले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्ने भएपछि ग्लोबल टाइम्सले लेखेको थियो, 'चीनले कहिल्यै पनि नेपाल–भारत सम्बन्धमा अवरोध पुर्‍याएको छैन, तर नयाँ दिल्लीले नेपाल–चीन सम्बन्धमा सधै हस्तक्षेप गर्दै आएको छ।'

चीनले तुल लगाएर रेलमार्फत सामग्री नेपाल पठाउँदा पनि भारतीय र चिनियाँ मिडियाबीच जुहारी चलेको थियो। नेपालमा रेलबाट सामग्री पठाएको कुरालाई चीनले अनावश्यक रुपमा प्रचार गरेको आरोप भारतीय मिडियाले लगाएका थिए भने चिनियाँ मिडियाले त्यसलाई भारतको असन्तुष्टिका रुपमा व्याख्या गरेका थिए। भारतलाई चिढ्याउन चीनले रेलबाट सामग्री पठाएको कुरालाई प्रचारप्रसारमा ल्याएको भारतीय मिडियाको बुझाइ थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस