चाँदनी हमाल, चितवन चैत ३१- चितवनको टिकौलीमा प्रस्तावित क्षेत्रीय रङ्गशाला शिलान्यास गरिएको छ।
अर्थ मन्त्री सुरेन्द्र पाण्डे र खेलकुद मन्त्री गणेश नेपालीले संयुक्तरुपमा मङ्गलबार चितवनमा प्रस्तावित रङ्गशाला शिलान्यास गरेका हुन्। शिलान्यासपछि क्षेत्रीय रङ्गशालालाई आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार तयार रहेको मन्त्रीद्वयले प्रतिबद्धता जनाए।
रङ्गशालाका लागि सुरुमा एक करोड बजेट सरकारले दिने अर्थ मन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए। आगागी वर्ष पुन: रङ्गशालाका लागि थप बजेट पारित गरिने उनले बताए।
खेलकुद मन्त्री गणेश तिवारीले सकेसम्म चाँडो रङ्गशाला निर्माण गरिने बताए। कति समय भन्दा पनि खेलकुदका लागि अवश्यक सबै पूर्वाधारसहितको रङ्गशाला बन्छ, उनले भने- त्यसका लागि खेलकुद मन्त्रालय र जिल्ला खेलकुद विकास समितिको समन्वय रहन्छ।
सरकारको नीति नियमभित्र रहेर रङ्गशाला निर्माण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण महतोले बताए। भर्खरै खेलाडीबाट अध्यक्ष बनेका महतोले आफ्नो कार्यकालमा बन्न लागेको रङ्गशाला खेलाडीकै निम्ति तयार पारिने बताए।
गत वर्ष चितवनमा रङ्गशाला निर्माण गर्न सरकारले अनुमति दिएको थियो। रङ्गशालाका लागि बजेट आएपछि लामो समय लगाएर टिकौलीलाई क्षेत्रीय रङ्गशालाका रुपमा प्रस्तावित गरिएको थियो। चितवनका विभिन्न राजनीतिक दलको विवादका कारण स्थान छनौटमा ढिलाई भएको थियो। रत्ननगरको टिकौलीको खुला मैदानमा १५ विगाहाभन्दा बढी जग्गा रङ्गशालाका लागि रहेको छ।
खेलकुद, दर्शक र खेलाडीलाई ख्याल गरी रङ्गशालामा पूर्वाधार निर्माण गर्न खेलाडीले सुझावसमेत दिएका छन्। तेक्वान्दोका राष्ट्रिय खेलाडी दिलु नेपालले भनिन्- सबै खेलका लागि ठाउँ होस्, पछि विवाद नआउने गरी रङ्गशालामा भवन निर्माण हुनुपर्छ।
यसअघि रङ्गशाला स्थान छनौटका लागि गठित कार्यदलले टिकौलीसहित ६ विगाहादेखि १५ विगाहा क्षेत्रफलसम्मका स्थानलाई क्षेत्रीय रङ्गशालाका लागि छनौट गरेको थियो।
देशभरमा तीनवटा रङ्गशाला निर्माणका लागि सरकारले ५ करोड रुपैयाँ प्रारम्भिक बजेट छुट्याएको छ।