सर्वोच्चको निर्णयपछि कोटेशन मागिने
काठमाडौं, चैत ३० (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले एमाआरपीमा सरकारले गरेको निर्णय बारेमा कांग्रेस कार्यवहाक सभापति सुशील कोइरालालाई जानकारी गराएका छन्। सोमवार अपरान्ह कोइराला निवास महाराजञ्ज पुगी पन्तले संसदीय समितिको निर्देशनका कारण सरकारले निर्णय रद्द गर्न बाध्य भएको जानकारी गराए।
संसदको सार्वजनिक लेखा समितिले खरिद बिक्री ऐनविपरित गई भारतबाट एमआरपी ल्याउने सम्झौता फिर्ता लिन सरकारलाई निर्देशन दिएको थियो।
कोइराला निकट स्रोतका अनुसार पन्तले सर्वोच्चको निर्णयपछि नै एमआरपी छपाई सम्वन्धी कोटेशन आह्रवान गर्ने जानकारी कोइरालालाई दिएका छन्। कोइरालाले भने सरकारले ऐन/काननु र प्रक्रिया पुराएर निर्णय गर्न आग्रह गरेका छन्। स्रोतका अनुसार झण्डै आधा घण्टा भएको भेटमा सरकार र नयाँ संविधान लेखनमा राजनीतिक सहमतिका बारेमा पनि छलफल भएको थियो।
कार्यवहाक सभापति कोइरालाले भने माओवादी शान्ति प्रक्रियामा जिम्मेवार नभएसम्म संविधान लेखनले गति लिन नसक्दे धारणा राखेका थिए।
कोइरालाले एमाले नेता केपी ओलीसँग पनि भेट गरेका छन्।