एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु
२६ वैशाख २०८०
•
१ मिनेट पाठ
एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी एजेन्सी फेडरल व्यूरो अफ ईन्भेष्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।  




यो प्रकरण एफबिआईले पनि हेरिरहेको उल्लेख गर्दै उनले यसमा आफ्नो कुनैपनि संलग्नता नभएको दाबी गरेकी छिन्। 'यस्तो काम भईरहॅदा म जापानमा उपचार गराईरहेकी थिए', उनले नागरिक न्यूजसॅग भनिन्, 'त्यसैले यसमा मेरो कुनै संलग्नता छैन।'

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले नेपाल प्रहरी र एफबिआईको अनुसन्धानले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरिन्।

आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जुलाई करोडौं रकम बुझाएको दाबी गरिएको अडिओ आइतबार सार्वजनिक भएको थियो।

उक्त अडियो अनुसन्धानरत नेपाल प्रहरीको टोलीसँग पुगिसकेको स्रोतले दाबी गरेको छ। सार्वजनिक अडिओमा आरजुलाई २ करोड र मन्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको सुनिन्छ। अडिओमा रकम दिएको दाबी गर्ने व्यक्ति गिरोहको सदस्य रहेको स्रोतको दाबी छ। यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ।
अर्को समाचार
कांग्रेस नेता खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश
२८ मंसिर २०८०
•
१ मिनेट पाठ
कांग्रेस नेता खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त हुने आदेश भएको छ।




न्यायाधीश कृष्णराज कोइरालाको इजलासमा खाँणलाई ३० लाख रुपैयाँ तिरेर थुनामुक्त गर्ने भन्ने आदेश सदर गरेका हुन्। खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने वा उनलाई थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बीचमा राय बाझिएको थियो।

दुई जना न्यायाधीशबीच मात्रै राय बाझिँदा बराबर भएकाले अर्को इजलासमा पठाउने आदेश भएको थियो। राय बाझीका कारण तेस्रो इजलासमा प्रतिवेदन पेश गरिएको थियो। धरौटीमा छोड्ने आदेश सदर गरेका कारण उनी छुट्ने भएका हुन्।

मंसिर १५ मा न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा १९ जनाको विषयमा एकमत राय भएको थियो भने एक जना खाँणको विषयमा मात्रै राय बाझिएको थियो।

उच्च अदालत पाटनले ठगी, लिखित किर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको हो।

बालकृष्ण खाँडको ३० लाख धरौटी मागेर छोड्नुपर्ने न्यायाधीश जनक पाण्डेको आदेश छ। उनी कानुन व्यवसायीको तर्फबाट सिधै उच्च अदालतमा नियुक्ति भएका न्यायाधीश हुन्।

इजलासका अर्का न्यायाधीश प्रकाश खरेलले पूर्वमन्त्री खाँणलाई थुनामै राख्ने आदेश गरेका थिए। जिल्ला न्यायाधीशबाट उच्च अदालतमा गएका उनी ‘क्याडर न्यायाधीश’ हुन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस