थरुहट शक्तिबीच एकता प्रयास
०७ फागुन २०७३
•
८ मिनेट पाठ
थरुहट शक्तिबीच एकता प्रयास
काठमाडौं- आफ्ना मुद्दाहरू कमजोर भइरहेका बेला थारू सम्बद्ध राजनीतिक दलले एकता प्रयास थालेका छन्। सरकारले राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको मतको न्यूनतम १.५ देखि अधिकतम ५ प्रतिशत ल्याउनुपर्ने सर्तसहितको कानुन बनाउने (थ्रेसहोल्ड) तयारी गरेपछि उनीहरूले एकता प्रयास थालेका हुन्।

समान एजेन्डा बोकेका तर फरक–फरक तरिकाले प्रस्तुत हुँदै आएका ती पार्टीका नेताले राजधानीलगायत आआफ्नो क्षेत्रबाट एकता अभियान थालेका छन्।

समान एजेन्डा बोकेका तर फरक-फरक तरिकाले प्रस्तुत हुँदै आएका थारू सम्बद्ध राजनीतिक पार्टीका नेताले आआफ्नो क्षेत्रबाट एकता प्रयास थालेका हुन्। 

विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, भानुराम थारू नेतृत्वको थरुहट तराई पार्टी नेपाल, रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक मञ्च (थरुहट) र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरण प्रयास अघि बढाइएको छ।

थरुहट तराई पार्टी नेपालका अध्यक्ष थारुले लेखी र गच्छदारसँग एकताका लागि पहल भइरहेको बताए। पार्टी केन्द्रीय कार्यसमिति बैठकले नै मुद्दा मिल्ने दलसँग एकता गर्ने निर्णय गरेको जानकारी दिँदै उनले त्यसका लागि छलफल चलिरहेको बताए।

'मुख्यतः हामीले थारू समुदायका मुद्दालाई कसरी स्थापित गर्न सक्छौं। त्यसका लागि एकअर्कासँग कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ,' थारूले भने। उनले आइतबार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीसँग छलफल गर्न लागेको जानकारी पनि दिए। 'हामी औपचारिकरुपमै नागरिक समाजवादी पार्टीसँग छलफल गर्दैछौं। कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा छलफल हुनेछ,' उनले भने।

लेखीले भने त्यसबारे आफू अनभिज्ञ भएको बताए। 'माग र मुद्दा मिल्ने पार्टीसँग सहकार्य गर्ने प्रस्ताव  बुटवल भेलाले नै पास गरिसकेको छ। तर थरुहट तराई पार्टीसँग एकता वार्ताको औपचारिक जानकारी मलाई आएको छैन। एकताका लागि भने हामी खुला छौं। सहकार्य गरर अगाडि बढ्न सकिन्छ,' लेखीले भने।

नागरिक समाजवादी पार्टीका प्रवक्ता राज थारुले भने थारू शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए। उनले थरुहट र आफ्नो पार्टीबीच एकताका लागि आफूले सक्दो पहल गर्ने जनाए।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक एवं सांसद योगेन्› चौधरीले पनि माग र मुद्दा मिल्ने पार्टीसँग एकीकरण हुनसक्ने बताए। 'एजेन्डा मिल्ने पार्टीसँग एकीकरण गर्ने हाम्रो पार्टीको नीति नै हो। अन्य पार्टीसँग सहकार्य गरेर अगाडि बढ्न सक्छौं,' उनले भने।

फोरम लोकतान्त्रिककै अर्का सांसद जनक चौधरीले एकीकरणका लागि विभिन्न दलसँग सैद्धान्तिक छलफल चलिरहेको बताए। 'यो नै पार्टीसँग त म भन्दिनँ तर एजेन्डा मिल्नेसँग हाम्रो सैद्धान्तिक छलफल चलिरहेको छ,' उनले भने।

संघीय लोकतान्त्रिक मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरीले पनि पार्टी एकीकरणका लागि साना दलसँग छलफल भइरहेको बताइन्। उनले 'घाँटी हेरेर हाड निल्नुपर्छ' भन्दै ठूला पार्टीसँग भने एकीकरण नगर्ने जनाइन्। 'आदिवासी जनजातिका एजेन्डा बोक्ने दलहरूसँग एकीकरणबारे छलफल भइरहेको छ। यो वा त्योसँग एकीकरण हुने भन्ने टुंगो लागेको छैन,' उनले भनिन्।

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितले पनि आदिवासी जनजातिका एजेन्डा बोकेका एक दुई सिटे पार्टीसँग 'मर्जर' प्रयास भइरहेको बताए। 'संसद्मा प्रतिनिधित्व गर्ने एक/दुई सिटे पार्टीसँग एकता छलफल चलेको हो तर टुंगो लागिसकेको छैन,' उनले भने।

दबाबमा नेता

नयाँ संविधानमा आफ्नो हक अधिकार सुनिश्चित नभएको भन्दै डेढ वर्ष अघिदेखि आन्दोलन थालेका थारू नेताहरू अहिलेसम्म आन्दोलनमै रहेको दाबी गर्छन्। तर आन्दोलन शून्यप्रायः छ। २०७२ भदौ ७ गते भएको टीकापुर घटनापछि थारू आन्दोलन तितरबितर बन्यो। थरुहट/थारुवान संयुक्त संघर्ष समितिका नेतालाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गर्‍यो। प्रहरीले अभियुक्त भन्दै धमाधम पक्राउ गर्न थालेपछि आन्दोलन शून्य बनेको थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले बताए। 

'टीकापुर राजनीतिक घटना हो। त्यसलाई राजनीतिक तवरबाटै समाधान खोज्न सकिन्थ्यो। थारू नेताले त्यसको नेतृत्व लिने क्षमता देखाउन सकेका छैनन्। जसका कारण जनदबाब उनीहरूमा छ,' संयोजक चौरधीले भने।उनले थरुहट शक्तिबीच एकता भए थारू मुद्दाले पुनर्जीवन पाउने बताए। 'नेतृत्वकर्ता नभएर थारू समुदायका मुद्दा पूर्णरुपमा ओझेलमा परेका छन्। थरुहट शक्तिबीच एकता भए ती मुद्दाले पुनर्जीवन पाउनेछन्।'

थरुहट अध्यक्ष थारूले पनि थारू–थारूबीचको दरार चिर्न एकता प्रयास थालिएको बताए। 'अहिले थारू–थारूबीच दरार पैदा भएको छ। थारूको छाता संस्था थारू कल्याणकारिणी सभालाई सबैले आफूअनुकूल चलाउनमात्र खोजेका छन्। यस्तो बेला थारू सबै शक्ति एक ठाउँमा आउनुपर्छ,' उनले भने।

केही समयअघि बसेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको विस्तारित बैठकले आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुका साथै टीकापुर घटनामा पक्राउ परेकाको रिहाइका लागि दबाब दिने निर्णय गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस