संसद् बैठक बस्नुअघि नै चुनाव मिति घोषणा गर्ने तयारी
२९ माघ २०७३
•
७ मिनेट पाठ
संसद् बैठक बस्नुअघि नै चुनाव मिति घोषणा गर्ने तयारी
काठमाडौं- अब व्यवस्थापिका–संसद्को बैठक बस्नुअघि नै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी  एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष गरेका छन्। हरिसिद्धिस्थिति माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवासमा शुक्रबार ओलीसँग भएको बैठकमा प्रधानमन्त्री दाहालले फागुन ८ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन्। हाल स्थगित संसद् बैठक फागुन १० गते बस्नेछ।




स्थानीय तह पुनःसंरचना प्रतिवेदनमाथिको सुझाव ८ गते निर्वाचन आयोगलाई बुझाइने र बुझाएलगत्तै प्रधानमन्त्री दाहालले निर्वाचन मिति घोषणा गर्ने जानकारी गराएको श्रेष्ठले बताए। 'प्रधानमन्त्रीज्यूले फागुन ८ गतेभित्रै चुनाव मिति घोषणा गर्ने जनाउँदै संविधान संशोधन प्रक्रियामा सहयोग गर्न ओलीजीसँग अनुरोध गर्नुभयो,' श्रेष्ठले नागरिकसँग भने, 'वैशाख अन्तिम साताभित्र चुनाव गर्ने तयारीमा सरकार रहेको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको छ।' उनका अनुसार जेठ १ गतेअघि नै मिति राखेर स्थानीय तहको निर्वाचन गर्नेबारेमा प्रमुख दलबीच कुराकानी भइरहेको छ।

निर्वाचन मिति घोषणा नगरेको भन्दै आक्रोशित हुँदै आएको एमालेलाई सो विषयमा विश्वस्त तुल्याए पनि प्रधानमन्त्री दाहालले संविधान संशोधनमा भने अझै सहमति जुटाउन सकेका छैनन्। सरकारले निर्वाचन मिति घोषणा गर्ने र एमालेले संशोधन प्रक्रियामा सकारात्मक भइदिनुपर्ने प्रधानमन्त्री दाहालको प्रस्तावलाई भने ओलीले अस्वीकार गरेका छन्।

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलका अनुसार निर्वाचन मिति घोषणा गर्नका लागि पुनः अडान राखिएको जानकारी दिए। 'उहाँले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर हामीसँगको भेटमा भन्नुभएको छ, तर हामी अझै पनि ढुक्क छैनौं,' रिपोर्टर्स क्लब पुगेका रावलले भने, 'यति हुँदाहँुदै पनि हामी चुनाव मिति घोषणा चाँडै होस् भन्ने पर्खाइमा छौं।' उनका अनुसार निर्वाचन मिति घोषणा नगरे यो सरकार गठनको औचित्य सकिने भन्दै दाहालको ध्यानाकषर्ण  बैठकमा गराइएको थियो। 

प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना प्रतिवेदनमाथि अध्ययन गरी सुझाव दिन मन्त्रिपरिषद्ले बनाएको समितिलाई सक्रिय बनाएका छन्। संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, उद्योगमन्त्री  नवीन्द्रराज जोशी र दीपक बोहोरा सम्मिलित समितिले फागुन माघ् १ गते सप्तरी, २ गते सिरहा, धनुषा, महत्तरी र ३ गते सर्लाही, बारा, पर्सा र रौतहटका सांसद र सरोकारवालासँग छलफल गर्ने भएको छ।

मुख्यतः २ नम्बर प्रदेशका सांसद र सरोकारवालासँगको छलफलपछि सो समितिले माघ ७ गते मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाउनेछ। सो प्रतिवेदन ८ गते निर्वाचन आयोगलाई हस्तान्तरण गरिने जानकारी प्रधानमन्त्री दाहालले गराएका छन्। 'अब संसद् बैठक बस्नुअघि निर्वाचन मिति घोषणा गर्नेछु र संसद् बैठक सुरु भएपछि संविधान संशोधन प्रक्रिया अघि बढाउने छु', बैठकमा दाहालले भनेका थिए।

निर्वाचन मिति घोषणा गरेर संविधान संशोधन प्रक्रियामा जानेबारेमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा सहमत भएपछि शुक्रबार दाहालले ओलीसँग भेटघाट गरेका हुन्। राष्ट्रपति विद्या भण्डारी, निर्वाचन आयोग प्रमुख आयुक्त अयोधीप्रसाद यादव, कांग्रेस सभापति देउवा, राप्रपा अध्यक्ष थापासँग भेटघाट गरी 'पहिला निर्वाचन मिति घोषणा, त्यसपछि संशोधन प्रक्रिया' मा जाने बारेमा दाहालले सहमति लिएपछि नेता श्रेष्ठले अन्तिममा ओलीसँग भेटघाट मिलाएका हुन्। ओलीसँग बुधबार बिहान छलफल गरेका श्रेष्ठले साँझ बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग त्यसबारे कुराकानी गरेका थिए। सोही छलफलपछि हरिसिद्धिमा दुवै नेता भेटघाट गर्ने थलो तय भएको थियो।

निर्वाचन मिति घोषणा भएपछि संसद्मा संविधान संशोधन प्रस्तावमाथिको सैद्धान्तिक छलफल गर्न दिने विषयमा एमाले लचिलो भएको माओवादी नेताले दाबी गरेका छन्। तर, अध्यक्ष ओलीले उक्त प्रस्तावमा समर्थन गर्न नसकिने भन्दै त्यसलाई सकेसम्म फिर्ता गरेर, नभए थाती राखेर भए पनि निर्वाचनमा होमिनुपर्ने अडान पुनः दोहोर्‍याएका छन्।

शनिबार रौतहट जान लागेका प्रधानमन्त्री दाहालले  उताबाट फर्केपछि स्थानीय निर्वाचन र संविधान संशोधनबारे प्याकेजमा नै प्रमुख दलबीच सहमति जुटाउन पहल गर्ने भएका छन्।    
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस