थ्रेसहोल्डको विरोधमा साना दल
२३ माघ २०७३
•
९ मिनेट पाठ
थ्रेसहोल्डको विरोधमा साना दल
काठमाडौं- व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डको प्रावधान राख्ने ठूला दलको तयारीप्रति साना दलले विरोध गरेका छन्। विधेयकमा राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने भन्दै थ्रेसहोल्डको व्यवस्था गर्न लागिएको हो।




राज्य व्यवस्था समितिअन्तर्गत गठित उपसमितिका सदस्य एवं एमाले सांसद रामेश्वर फुँयालले राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एक क्षेत्रमा जितेको हुनुपर्ने र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधानसहित विधेयकमा थ्रेसहोल्डको प्रस्ताव गर्न लागिएको बताए। 'उपसमितिका संयोजक आनन्दप्रसाद ढुंगाना अस्वस्थ भएकाले प्रतिवेदन टुंग्याउन नसकिएको हो,' उनले भने, 'उपसमितिमा छलफल सकिएको छ, अबको बैठकबाट पारित गरेर सम्भवतः आइतबारको संसद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेर्छौं।'

लोकतन्त्र बलियो बनाउन थ्रेसहोल्डको व्यवस्था अनिवार्य रहेको सांसद फुँयाल बताउँछन्। थ्रेसहोल्डाको व्यवस्था नगर्दा मुलुकमा  राजनीतिक दल बढी भई अस्थिरता बढेको उनको भनाइ छ। 'लोकतन्त्रमा दल खोल्ने स्वतन्त्रता सबैमा छ, १० हजार हस्ताक्षर बुझाएर दल दर्ता गर्न सकिन्छ,' उनले भने, 'तर, एउटा सिट भएका दलले लोकतन्त्र संंस्थागत गर्न सक्दैन, यो हामीले भोगिरहेका छौं।'

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले थ्रेसहोल्डको प्रावधान राखेर ठूला दलले प्रतिगमन गर्न खोजेको आरोप लगाए। उनले भने, 'हामीले बहुदलीय व्यवस्थाका लागि ३० वर्ष लड्यौं, बहुदल आएको २७ वर्षपछि फेरि यो व्यवस्था समाप्त पार्दै राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तयारीमा ठूला दल लागेका छन्।' समानुपातिक प्रणाली आफैंमा थ्रेसहोल्ड भएको तर्क गर्दै उनले फेरि कानुनमा थ्रेसहोल्ड राख्न नहुने बताए। साना दलका कारण राजनीतिक अस्थिरता बढ्यो भन्नु तर्कसंगत नभएको उनको भनाइ छ। उनले भने, 'ठूला दलले आफ्नो प्रभावमा पार्न साना दललाई मन्त्री दिएका हुन्। सकेसम्म साना दललाई आफूमा समाहित गर्ने, नभए आफ्नो प्रभावमा पारिराख्ने खेलमा उनीहरू लागेका छन्। उनीहरूकै कारण अस्थिरता बढेको हो।'

निर्दलीय व्यवस्था फर्काउन जबरजस्ती थ्रेसहोल्डको व्यवस्था पारित गराए आफूहरूलाई मान्य नहुने उनको भनाइ छ। 'दललाई प्रतिबन्ध लगाउने हो भने घोषणापत्रअनुसार सरकारमा बसेर काम नगर्ने दललाई प्रतिबन्ध लगाउने व्यवस्था गर्नुपर्छ, नीति र दर्शन भएका दललाई होइन,' उनले भने, 'जबरजस्ती गरिए त्यो अस्थायी हुन्छ, प्रजातन्त्र समाप्त पार्नेविरुद्ध हामी संघर्ष गर्छौं।'

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले थ्रेसहोल्डको मापदण्ड फरक–फरक बनाउनुपर्ने बताए। उनले भने, 'हामी थ्रेसहोल्डको समर्थनमै छौं, मापदण्डमा हाम्रो असहमति हो। ७५ वटै जिल्लामा निर्वाचन लड्ने दल र २० जिल्लामा मात्रै निर्वाचन लड्ने दलका लागि एउटै मापदण्ड लागू गर्नु अन्यायपूर्ण हुन्छ।' दलले जति जिल्लामा निर्वाचन लडेको छ, त्यहाँ खसेको मतको ३ वा ५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको उनले प्रस्ट्याए।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) अध्यक्ष एवं सांंसद रुक्मिणी चौधरीले  थ्रेसहोल्ड लोकतन्त्र र गणतन्त्रको मर्मविपरीत भएको बताइन्। 'लोकतन्त्र, गणतन्त्रमा पनि थ्रेसहोल्डको व्यवस्था हुन्छ', उनले प्रश्न गर्दै भनिन्, 'संविधानमा थ्रेसहोल्ड कहीं उल्लेख गरिएको छैन, निर्वाचन आयोगको विधेयकमा पनि यो व्यवस्था छैन। संविधानले व्यवस्था गरेको मौलिक हकविपरीत हामी (सान दल) लाई बन्देज लगाउने प्रयास भइरहेको छ।'

थ्रेसहोल्डको विकल्पमा दुई वा सोभन्दा बढी दलले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताइन्। संसद्मा दलगत बहुमत आफूहरूसँग रहेको बताउँदै उनले भनिन्, 'पच्चीस साना दलले तीन दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाइसकेका छौं। पच्चीस दलले प्राप्त गरेको २६ लाख मतदाताको आवाज बन्द गर्न मिल्छ?'

संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबु राउतले आफ्नो दल थ्रेसहोल्डको पक्षमा रहेको बताए। 'व्यक्तिपिच्छे दल खोल्ने प्रचलन अहिले मौलाएको छ, यसलाई नियन्त्रण गर्न थ्रेसहोल्ड व्यवस्था जरुरी छ,' उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ठाकुरपसाद शर्मा पनि राजनीतिक अस्थिरता नियन्त्रणका लागि थ्रेसहोल्ड अनिवार्य रहेको बताउँछन्। उनी भन्छन्, 'पार्टी महाधिवेशनमा केन्द्रित भएकाले यसबारे औपचारिक निर्णय भएको छैन। तर, देशलाई अस्थिरताबाट मुक्त गर्न थ्रेसहोल्डको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ।'  

प्राध्यापक कृष्ण खनाल तीन प्रतिशतसम्म थ्रेसहोल्डको व्यवस्था गर्नु उपयुक्त हुने बताउँछन्। 'समानुपातिक निर्वाचन प्रणालीमा न्यूनतम थ्रेसहोल्ड राख्ने विश्वव्यापी प्रचलन छ, केही देशले १० प्रतिशतसम्म थ्रेसहोल्ड राखेको पाइन्छ।' सामाजिक विविधता भएकाले सबै समुदायको संसद्मा प्रतिनिधित्व गराउन नेपालमा समानुपातिक व्यवस्था गरिएको उनको भनाइ छ। 'कुन प्रयोजनका लागि समानुपातिक प्रणाली व्यवस्था गरिएको हो भन्ने बुझ्न जरुरी छ,' उनले भने, 'विचारको विविधताका कारण होइन, सामाजिक विविधताका कारण समानुपातिक निर्वाचनको व्यवस्था गरिएको हो।'

समानुपातिक प्रणालीबाट साना–साना वैकल्पिक विचारको प्रतिनिधित्व हुने उनले बताए। 'व्यक्ति केन्द्रित भएर खोलिएका दलले मात्र थ्रेसहोल्डको विरोध गरेका हुन्,' उनले भने, 'विचारसहितका दलले यसको विरोध गर्नु आवश्यक छैन।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस