प्रतिनिधिसभाको पहिलो बैठकयता ९१ दिन बित्दा जम्मा २१ वटा मात्रै बैठक बसे। ती बैठकले नत कुनै नयाँ कानुन बनाए न संसदीय समिति नै गठन गरे। यसले प्रतिनिधिसभाको पहिलो अधिवेशन कति प्रभावकारी रह्यो भन्ने देखाएको छ। यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईपटक विश्वासको मत लिए पनि नयाँ विधेयक दर्ता गर्ने र भइराखेका विधेयक अघि बढाउने काम गरिएको छैन। यसले संसदीय प्रभावकारितामाथि नै प्रश्न उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले पनि यसबारे प्रश्न उठाए। प्रतिनिधिसभाको पहिलो बैठकयता ९१ दिन व्यतित हुँदा जम्मा २१ वटा मात्र बैठक बसेको भन्दै यसरी संसद् प्रभावकारी हुन नसक्ने उनको भनाइ छ। यस अवधिकमा नयाँ विधेयक दर्ता हुनुपर्ने तथा आएका विधेयक अघि बढाउनु पर्नेमा सरकारले केही पनि नगरेको उनले आरोप लगाए।
माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले विगतका सरकारले पानी जहाज, रेल, घर घरमा ग्यासजस्ता कुरा गरेर देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाइन्। विगतको केपी ओली नेतृत्वको सरकारले अनुत्पादित क्षेत्रमा लगानी गरेका कारण अहिले देश आर्थिक संकटमा परेको उनको भनाइ थियो। अघिल्लो सरकार पानी जहाज, रेल, घर घरमा ग्यास, लाइनको कुरा गरेर समय खेर फालेको विषयमा अब गम्भीर समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ थियो।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै महामन्त्री थापाले मेयर बालेन शाहले उठाएका जायज मागको सम्बोधन गर्न आग्रह गरेका हुन्। संघीय सरकार प्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गरेपछि नेता थापाले प्रधानमन्त्रीलाई सो आग्रह गरेका हुन्। उनले भने, ‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्।’ संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तरतह समन्वय गर्नुपर्ने संयन्त्रहरूलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरूले राम्रोसँग काम गर्न नसकेको थापाले बताए। काठमाडौंका मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै गत २५ गते फेसवुक स्टाटसमा सिंहदरबारभित्रको फोहोर नउठाउने उल्लेख गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले दुई करोडको अडियो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका थिए। ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईंको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं,’उनले भने, ‘यो घटनाले विचलित हुने छैनौं, राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट टाढा रहनुपर्छ।’ रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रूपैयाँको सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका उपाध्यक्ष धनराज गुरुङले ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ। यो भन्दा लज्जाबोध के हुनसक्छ?’ सांसद श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टिम’ले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो ‘कोर टिम’ भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त ‘कोर टिम’बारे पनि छानबिन हुनुपर्ने बताए। ‘आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्छु,’ गुरुङले भने। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’अरू अरू मालदार मन्त्रीहरूको कति होला?’भन्दै प्रश्न गरे।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पाँचपटक मन्त्री भएका एकजनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको उल्लेख गरे। सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाई करोड रूपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजनिक हुनुले मन्त्री पद भ्रष्टाचार गर्ने पद भएको भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको पनि उनले बताए।
नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरू अनुमतिविनै नेपाल आएर खोजिरहेको कुरा आइरहेको भन्दै यति त्यसो हो भने यसले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा हुने बताए। नेपाल स्वतन्त्र राष्ट्र भएकाले देशको अनुमतिविना कुनै पनि देशका बाह्य सुरक्षाकर्मीलाई प्रवेशको अनुमति नभएको उनले बताए। ‘नेपाल स्वतन्त्र र सार्वभौम देश भएकाले यसले आफ्नो आत्म निर्णयको अधिकार आफैं प्रयोग गर्छ,’ उनले भने। ‘अरू देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ। उदाहरणका लागि चाल्र्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुनेगरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो।’ पटकपटक खुला सीमानाको दुरूपयोग गरेर यता अपराध गरेर उता जाने र उता अपराध गरेर यता आउने लामो समयदेखि यस्तो प्रक्रिया चलिरहेकोले खुला सीमाना तस्करी र अपराधको अखडा हुने हुँदा नियन्त्रण गर्न आवश्यक भएको उनले बताए। बाह्य सुरक्षाकर्मी नेपाल आउनेबारे सरकारको धारणा आउनुपर्ने उनले बताए।
सभामुख देवराज घिमिरेले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन सरकारको ध्यानाकर्षण गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले संसदमा सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण गरेका हुन्।