नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले प्रदेश प्रमुखको कार्यकक्षमा बुझाएको पत्रमा उल्लेख छ। मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो।
हिजो (आइतबार) एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए। मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए। एमालेका मन्त्रीहरुले राजीनामा दिएसगै काँग्रेसलाई सरकारमा जान बाटो खुलेको हो।