फास्ट ट्र्याक सरकार आफैंले बनाउने
०८ पौष २०७३
•
११ मिनेट पाठ
फास्ट ट्र्याक सरकार आफैंले बनाउने
काठमाडौं- सरकारले काठमाडौंलाई तराई–मधेससँग जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) आफैं बनाउने निर्णय गरेको छ। यस विषयमा अध्ययन गर्न सात सदस्यीय समितिसमेत सरकारले गठन गरेको छ। मत्रिपरिषद्को बिहीबारको बैठकले निजगढदेखि काठमाडौंसम्मको फास्ट ट्र्याक निर्माण जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफसीलाई दिने यसअघिको प्रस्ताव रद्द गर्दै आफैंले बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।




बैठकले द्रूतमार्ग निर्माणका लागि यसअघि तयार डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपाय खोजी गर्नेबारे एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मा समितिलाई दिएको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले दिए।

'फास्ट ट्र्याक निर्माणका लागि आवश्यक पर्ने रकम कसरी जुटाउने भन्ने विषयमा समितिले अध्ययन गर्नेछ,' कार्कीले भने, 'समितिले लगानी जुटाउन आम नागरिकसँग आह्वान गर्ने हो वा अन्य कुनै उपाय अपनाउने हो भन्ने विषयमा विस्तृत अध्ययन गरी सुझाव दिनेछ।' उनले समितिको सुझावका आधारमा सरकार अगाडि बढ्ने बताए।

यसअघि, सर्वोच्च अदालतले उक्त परियोजना स्वदेशी लगानीमै निर्माण गर्न आदेश दिएको थियो। संसद्को विकास समितिले समेत त्यस्तै निर्देशन दिएको थियो। भारतीय कम्पनीले राष्ट्रलाई ४० अर्ब रुपैयाँ नोक्सान पुर्‍याएर सर्वसाधारणबाट चर्को शुल्क लिनेगरी फास्ट ट्र्याक निर्माण गर्न चाहेको थियो। उक्त विषयमा चर्को विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतीय उक्त कम्पनीलाई फास्ट ट्र्याक निर्माण गर्न दिने प्रस्ताव रद्द गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको हो। उक्त प्रस्तावमा छलफल हुँदा राष्ट्रको हितका लागि भारतीय कम्पनीलाई फास्ट ट्र्याक निर्माण गर्न दिन नहुने निष्कर्ष निकालिएको थियो।

सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले भारतीय उक्त कम्पनीलाई डिपिआर तयार गर्ने जिम्मा दिएको थियो। कम्पनीले ४ महिनामै डिपिआर तयार पारेपछि उसैलाई निर्माण जिम्मा दिने तयारी भएको थियो। तर यसको सर्वत्र विरोध भएपछि सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्चले उक्त कम्पनीलाई निर्माण जिम्मा नदिन अन्तिरिम आदेश जारी गरेको थियो।

सर्वत्र विरोध भएपछि कोइराला सरकारले उक्त विषयमा अध्ययन गर्न आयोगका तत्कालीन उपाध्यक्ष गोविन्दराज पोखरेल संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेेको थियो। पोखरेले समितिते भारतीय कम्पनीलाई आयोजना निर्माण जिम्मा दिन नहुने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।

चालू आर्थिक वर्षको बजेटमा फास्ट ट्र्याक स्वदेशी लगानीमा निर्माण गर्न १० अर्ब रुपैयाँ छुट्याइएको छ।

भारतीय कम्पनीले तयार पारेको डिपिआरमा आयोजनाको कुल लागत एक अर्ब ११ करोड ९० लाख अमेरिकी डलर (करिब एक खर्ब १२ अर्ब रुपैयाँ) हुने उल्लेख छ। उक्त रकममध्ये सरकारले १५ करोड अमेरिकी डलर अनुदान दिनुपर्ने उल्लेख छ। ट्राफिक ग्यारेन्टीबापत् २० अर्ब रुपैयाँ दिनुपर्ने सर्त पनि सो कम्पनीले राखेको थियो।

बाराको निजगढबाट मोटरसाइकल चढेर काठमाडौं आउँदा ८ सय, कार चढेर आउँदा १६ सय, ट्रकले ४६ सय र बसले १६ सय रुपैयाँ टोल ट्याक्स तिर्नुपर्ने गरी भारतीय कम्पनीले फास्ट ट्र्याक निर्माण गर्न चाहेको थियो। विज्ञहरूले प्रत्येक वर्ष १५ अर्ब रुपैयाँ विनियोजन गरिए आफ्नै लगानीमा फास्ट ट्र्याक निर्माण गर्न सकिने बताउँदै आएका छन्।

पुनर्निर्माण इन्जिनियरलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता

मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियर तथा प्राविधिकलाई प्रोत्साहनस्वरुप बढीमा ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ। भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर तथा प्राविधिकले सत प्रतिशत भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका थिए। काममा खटिएका मध्ये करिब १२ सय इन्जिनियर र प्राविधिकले सरकारले आफूले राखेका प्रोत्साहन भत्तालगायत माग पूरा नगरेको भन्दै मंगलबार सामूहिक राजीनामा दिएका छन्।

बैठकले दुर्गम क्षेत्र, कार्यक्षमता र अन्य आधारमा बढीमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको जानकारी सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले दिए। उनले सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई काममा फर्कन आग्रह गरेका छन्। मन्त्री केसीले उनीहरूको माग पूरा भएको भन्दै राजीनामा स्वीकृत नहुने जानकारी दिए। सरकारले पुनर्निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउन भूकम्प अतिप्रभावित ११ जिल्लामा १३ सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सबइन्जिनियर खटाएको छ।

निजी स्वास्थ्य संस्था दर्ता नभए खारेज

मन्त्रिपरिषद्ले माघ मसान्तभित्र देशभरका निजी स्वास्थ्य संस्था कानुनी प्रक्रियाअनुसार दर्ता नभए कारबाही गर्ने निर्णय गरेको छ। बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका संशोधन प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो।

यो निर्णयसँगै माघभित्र दर्ता र नवीकरण प्रक्रियामा नआउने निजी अस्पताल, क्लिनिक र प्रयोगशाला बन्द गरिनेछ। निर्देशिका अनुसार दर्ता प्रक्रियामा नआउने संस्थालाई प्रशासनिक कारबाही गरिने जानकारी स्वास्थ्यमन्त्री गगनकुमार थापाले दिए।

देशभर सञ्चालितमध्ये आधाभन्दा बढी निजी संस्था दर्ता र नवीकरण नभएको पाइएपछि नियमनमा ल्याउन एकपटकका लागि यस्तो निर्णय गरिएको उनले बताए। उनका अनुसार संशोधित निर्देशिकामा उद्योग विभाग वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका तर स्वास्थ्य मन्त्रालय मातहतका कुनै पनि निकायमा दर्ता नभएका संस्थालाई ५ देखि ७ गुणा जरिवाना तिरेर माघ मसान्तसम्म दर्ताको अवसर दिने उल्लेख छ।

'स्वास्थ्य संस्थाको मनपरी रोक्न निर्देशिका संशोधन गरिएको हो,' मन्त्री थापाले भने, 'संशोधित निर्देशिकामा मापदण्ड पूरा गरी दर्ता प्रक्रियामा आउन एकपटक अवसर दिइएको छ। यो अवधिमा पनि कोही कानुनी दायरामा आउँदैनन् भने नियमअनुसार प्रशासनिक कारवाही हुन्छ।' प्रशासनिक कारबाहीअन्तर्गत स्वास्थ्य निकायमा दर्ता नहुने संस्था सधैंका लागि बन्द गरिने छ।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समिति अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ। राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप पचत्तर लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ।

बैठकले शुक्लाफाँट वन्यजन्तु आरक्षणको नाम परिवर्तन गर्ने र त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। बैठकले शान्ति कोष स्थापना गर्ने, प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवा सर्त विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।

बैठकले मानव कृतिम अंग प्रत्यारोपणमा सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने, नेपाल औषधि लिमिटेडको जिएममा रोवसकुसम सुवेदीलाई नियुक्त गर्ने निर्णय पनि गरेको जानकारी सरकारका प्रवक्ता कार्कीले दिए।
अर्को समाचार
फास्ट ट्र्याकमा सांसद दुईतिर
१५ साउन २०७२
•
७ मिनेट पाठ
फास्ट ट्र्याकमा सांसद दुईतिर
काठमाडौं- काठमाडौं-तराई मधेस फास्ट ट्र्याक सरकार आफैंले बनाउने कि विदेशी लगानीकर्तालाई जिम्मा दिने भन्नेमा सांसदबीच मत बाझिएको छ। व्यवस्थापिका–संसद अन्तर्गत विकास समिति बैठकमा बिहीबार केही सांसदले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको फास्ट ट्र्याक सरकार आफैंले बनाउनुपर्ने धारणा राखे।केहीले निश्चित मापदण्ड र कडा सर्त राखेर आगामी पाँच वर्षभित्र आयोजना सक्ने गरी विदेशी कम्पनीलाई दिनुपर्ने तर्क गरे।




सांसद वैजनाथ चौधरीले सरकारले नै फास्ट ट्र्याक अगाडि बढाउनुपर्ने धारणा राखे। उनका अनुसार हुलाकी सडकमा भारत सरकारको लगानी र भारतीय ठेकेदार नै भए पनि समयमा काम नभएकोले सरकारले आफैं अगाडि बढ्दा नतिजामुखी हुने बताए।

प्राविधिक क्षमता र आर्थिक स्रोत नभएर विदेशीलाई दिन लागिएको हो वा के हो भन्ने प्रस्ट पार्नुपर्ने भन्दै सांसद गणेश पहाडीले सरकारले आयोजनालाई अनुदान पनि दिने र प्रयोगकर्तासँग रकम पनि लिने विषय न्यायोचित नहुने बताए।

२० वर्षदेखि कागजमा सीमित आयोजनालाई कागजमै राख्ने कि तत्काल अगाडि बढाउने भन्ने निर्णय हुनुपर्ने अर्का सांसद भक्तबहादुर खपांगीको भनाइ थियो।

सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक बनाउन भारतीय कम्पनी आइएल एन्ड एफएसलाई ७५ अर्ब सहुलियत ऋण दिने तयारी थालेको छ। सो आयोजना बनाउने कम्पनीलाई सरकारले भारत सरकारबाट प्राप्त हुने एक खर्ब रुपैयाँ सहुलियत ऋण अन्तर्गतको रकम दिन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। मन्त्रालयले ३ प्रतिशत ब्याजमा ऋण दिएर अघि बढ्ने मोडेलबारे छलफल गरिरहेको छ। भारत सरकारले एक प्रतिशत ब्याजदरमा उपलब्ध गराउने १ खर्ब रुपैयाँमध्येबाट ७५ अर्ब रुपैयाँ निर्माता कम्पनीलाई दिने मन्त्रालयको तयारी छ।

करिब ७६ किलोमिटर लम्बाइको फास्ट ट्र्याक निर्माण गर्न ९८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। भारतीय कम्पनी आइएल एन्ड एफएससँग गरिएको सहमति अनुसार फास्ट ट्र्याक तयार भएपछि यो प्रयोगबापत निजी सवारी साधनले ८ सयदेखि लिएर ४६ सय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ।

सांसद रामकृष्ण घिमिरेले विदेशी कम्पनीलाई कडा सर्त राखेर भए पनि परियोजना अगाडि बढाउन लगाउनुपर्ने धारणा राखेे। अरु केही सांसदले पनि पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी वार्षिक कार्ययोजना बनाउनुपर्ने भन्दै पूर्ण तयारी नगरीकन् अघि बढ्दा झमेलामा फस्न सक्ने बताए।

सांसद गुरुप्रसाद बुर्लाकोटीले सरकारभन्दा विदेशी लगानीकर्ता बलियो हुने, नियम–कानुन नमान्ने अवस्था आयो भने आयोजनाको समय र लागत बढ्ने भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने सुझाए।

सरकारले २०७१ चैत २ मा आइएलएस एन्ड एफएसलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा दिएको थियो। कम्पनीले २०७२ असार ९ गते डिपिआर पेस गरिसकेको छ। उक्त डिपिआरको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको प्राविधिक समितिले मूल्यांकन गरिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीका अनुसार मन्त्रालयले डिपिआरको पुनः मूल्यांकन गरेर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको सहजीकरण समितिमा पठाउनेछ। उक्त समितिले आवश्यक सुझावसहित प्रतिवेदन पारित गर्नेछ।

सन् १९९३ मा डेनमार्कको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगले सम्भाव्यता अध्ययन गरेको उक्त आयोजनालाई सरकारले निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण (बुट) अवधारणमा अगाडि बढाउने भने पनि पछिल्लो समय बुट तथा निजी–सार्वजनिक साझेदारीको सिद्धान्त विपरीत भारतीय कम्पनीलाई मात्र फाइदा हुनेगरी अघि बढाएको धेरै सांसदको गुनासो थियो।

तर, भौतिक पूर्वाधार सचिव तुलसीप्रसाद सिटौलाले सम्झौताअनुसार काम नगरे जरिवाना गर्ने व्यवस्थासहित मुलुकको हितलाई केन्द्रमा राखेर परियोजना अगाडि बढाइने बताए। उनले आयोजनालाई एसियाली राजमार्गको मापदण्डका आधारमा अगाडि बढाउन लागिएको पनि उनले जानकारी दिए।

बुधबारको एक भेलामा विज्ञहरुले काठमाडौं–तराई मधेश फास्ट ट्र्याक सरकार आफैंले नेपाली सोत–साधन प्रयोग गरेर बनाउनुपर्ने बताएका थिए। आफैंले बनाउँदा सर्वसाधारण नागरिकले निःशुल्क र सहज राजधानी आवतजावत गर्न सक्ने उनीहरुको तर्क थियो।

फास्ट ट्र्याक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले ७६ किलोमिटर लामो सडकलाई सर्वसुविधासम्पन्न बनाउन कुनै पनि कसर बाँकी नराखिने र कमजोरी भेटिए कारबाही गरिने सर्तसहित भारतीय कम्पनीलाई दिन लागिएको बताए। उनका अनुसार सडकमा ३४ अर्ब, पुलमा ३६ अर्ब, सुरुङमा ७ अर्ब, कटिङ तथा डे्रनमा १७ अर्ब, विद्युतीकरणमा ६७ करोड र १३ अर्ब रुपैयाँ मूल्य अभिवृद्धिकर गरी फास्ट ट्र्याकको लागत एक खर्ब १२ अर्ब हुनेछ।

समितिका सभापति रवीन्द्र अधिकारीले बैठकले विगतमा दिएको निर्देशन पालना गर्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर तत्काल काम अघि बढाउन निर्देशन दिएको जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस