कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुत्रक्रबार दोस्रो पटक विश्वासको मत लिने भएका छन्। शर्माले बुधबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेर शुक्रबार शपथ लिने बताएका हुन्।
पहिलो पटक विश्वासको मत लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको विश्वासको मत फागुन १८ गते फिर्ता लिएको थियो। राप्रपाले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए। शर्मालाई तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेसहित राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए। ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र गरेर एक–एक जना सांसद छन्।
‘संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेशसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गर्दछु,’ मुख्यमन्त्री शर्माले प्रदेशसभामा पठाएको पत्रमा भनिएको छ।
सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा समर्थन फिर्ता भएको मितिले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ।