कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन्। शर्माले आइतबार प्रदेशसभामा विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराएका छन्।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रवार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन्।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रवार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन्।
‘विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री शर्माज्यूले पत्र दर्ता गराउनुभएको छ,झ बुढाथोकीले भने, विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घण्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ, शुक्रबार बस्ने बैठकमा मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ।'शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यो बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए।