स्थानीय निर्वाचन विधेयक संसद्मा
३० मंसिर २०७३
•
४ मिनेट पाठ
स्थानीय निर्वाचन विधेयक संसद्मा
काठमाडौं- प्रमुख दलबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने छलफल चलिरहँदा सरकारले नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि संसद्मा विधेयक दर्ता गराएको छ।




गृहमन्त्री विमलेन्द्र निधिले बुधबार दर्ता गराएको 'स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७३' मा 'संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन यथासक्य छिटो सम्पन्न गर्न अपरिहार्य' रहेको उल्लेख छ। प्रमुख प्रतिपक्षी दलले सरकार निर्वाचनका लागि तयार नरहेको भनी संसद् अवरोध जारी राखेकै बेला सरकारले स्थानीय निर्वाचनसँग सम्बन्धित कानुन बनाउन विधेयक दर्ता गराएको हो। सरकारले यसअघि नै केन्द्रीय र प्रदेश निर्वाचनसम्बन्धी विधेयक संसद्मा दर्ता गराइसकेको छ। ती विधेयक छलफलको चरणमा छन्।

बुधबार दर्ता विधेयकमा निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई हुने प्रस्ताव गरिएको छ।  निर्वाचन आयोगले मिति तोक्ने अधिकार आफैंले राख्नेगरी मस्यौदा प्रस्ताव गरेको थियो। आयोगले पठाएको मस्यौदामा सरकारले संशोधन गरेको हो।

विधेयकमा एकै चरणमा स्थानीय निकायको निर्वाचन गराउन सम्भव नभएमा दुई चरणमा गर्न सकिने प्रस्ताव छ। बढीमा दुई चरणमा अलगअलग मिति तोकी एउटा प्रदेशको एकै पटक हुनेगरी निर्वाचन गर्ने प्रस्ताव विधेयकमा गरिएको छ।

विधेयकअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पुगेको हुनुपर्छ। ५० प्रतिशत पदमा महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्नुपर्ने विधेयकमा उल्लेख छ। गाउँपालिका वा नगरपालिकाको महिला वडा सदस्य पदमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार, गाउँपालिकाको महिला सदस्य पदमा सबैभन्दा बढी मत ल्याउने चार जना, गाउँपालिकाको दलित, अल्पसंख्यक समुदायको सदस्यमा बढी मत ल्याउने दुईजना निर्वाचित हुने प्रस्ताव गरिएको छ। नगर कार्यपालिकाको महिला सदस्य पदमा पाँच जना, दलित र अल्पसंख्यकमा तीन जना निर्वाचित हुने विधेयकमा उल्लेख छ।

निर्वाचनमा उम्मेदवार हुन वडा सदस्यका लागि पाँच सय, वडा अध्यक्षका लागि एक हजार, अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि एक हजार पाँच सय रुपैया धरौटी बुझाउनुपर्ने प्रस्ताव गरिएको छ। खसेको कुल मतको १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत गरिने विधेयकमा उल्लेख छ। निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गरी तोक्ने व्यवस्था विधेयकमा गरिएको छ।
अर्को समाचार
मुलुक स्थानीय निर्वाचन उन्मुख
२६ पौष २०७३
•
७ मिनेट पाठ
मुलुक स्थानीय निर्वाचन उन्मुख
काठमाडौं- व्यवस्थापिका संसद्मा स्थानीय तह निर्वाचन विधेयक–२०७३ र निर्वाचन कसुर तथा सजाय ऐन–२०७३ टेबुल भएसँगै मुलुक स्थानीय तहको निर्वाचन उन्मुख भएको छ। निर्वाचन केन्द्रित भएर राजनीतिक दलबीच छलफल तीव्र बनेको छ भने संसद्मा निर्वाचनसम्बन्धी विधेयकमा छलफल सुरु भएको छ। निर्वाचन आयोगले पनि निर्वाचन केन्द्रित भएर कार्यक्रम सुरु गरिसकेको छ।




कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले निर्वाचनसम्बन्धी विधेयक संसद्मा पेस भई सैद्धान्तिक छलफल सुरु भएसँगै राजनीतिक दलसहित राज्यका सबैजसो अंग निर्वाचन केन्द्रित हुन थालेको बताए। 'दुई दशकदेखि हुन नसकेको स्थानीय चुनाव गराउने उद्देश्यसहित संसद्मा आइतबार स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक पेस भइसकेको छ, त्यसमा सैद्धान्तिक छलफल पनि सोमबारबाट सुरु भएको छ,' कानुनमन्त्री नायकले नागरिकसँग भने, 'त्यसकारण पनि राजनीतिक दल र राज्यका अंगहरूमा एकैचोटि क्रियाशीलता बढेको देखिन्छ।'

उनका अनुसार राजनीतिक दलबीचमा स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित छलफल अघि बढाउने कार्य सरकारबाट पुनः सुरु हुँदैछ।

करिब २० वर्षपछाडि स्थानीय चुनाव नयाँ संरचनामा गर्ने तयारी भएको हो। २०५४ सालपछि स्थानीय चुनाव हुन सकेको छैन। नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धन पनि स्थानीय तहको निर्वाचनको विपक्षमा नउभिएकाले समयसीमाभित्रै चुनाव गराउने लक्ष्य सरकारले लिएको कानुनमन्त्री नायकको भनाइ छ।

पुस १२ मा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका थिए। त्यसको भोलिपल्ट बसेको एमालेसहित प्रमुख तीन दलको बैठकमा स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको थियो। यसअघि संविधान संशोधन प्रस्ताव टेबुल गर्न अवरोध गर्दै आएको एमाले स्थानीय निर्वाचन गर्ने सर्तमा 'नरम' हुन पुगेकाले पनि निर्वाचनको वातावरण बन्दै गएको सत्तारूढ दलका नेता बताउँछन्।

एमालेले संशोधन प्रस्ताव स्थगन गरी स्थानीय निकायसहित सबै तहको चुनाव घोषणा गर्न माग गर्दै आएको थियो तर मोर्चाले पहिला संविधान संशोधन भनेर अडान राखेपछि सरकार अलमलमा परेको थियो। तीन दलबीच पछिल्लो 'भद्र' सहमतिअनुसार चुनावमा जाने भने पनि सरकारले अझै निर्वाचनको मिति घोषणा गर्न सकेको छैन।

निर्वाचनको मिति घोषणा गर्ने अधिकार कसको हो भन्ने निर्क्योल हुन नसक्दा मात्र ढिलाइ हुन पुगेको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए। 'पहिला स्थानीय चुनावको मिति घोषणा सरकारले गर्ने भनेर संविधानमा नै लेखिएको थियो। नयाँ संविधानमा भने ऐनमा व्यवस्था गर्ने भनेर लेखियो,' श्रेष्ठले नागरिकसँग भने, 'त्यसैले त्यो विधेयक पारित नभएसम्म निर्वाचनको मिति घोषणा गर्न नसकिएको हो, त्यो पारित हुने बित्तिकै मिति घोषणा हुनेछ।' श्रेष्ठका अनुसार मोर्चा/गठबन्धनको मागअनुसार संविधान संशोधनको प्रस्ताव टेबुल भइसकेकाले निर्वाचनमा जाने विषयमा उनीहरूसँग पनि सहमति जुट्ने विश्वास गरिएको छ।

यता, सोमबार बसेको व्यवस्थापिका संसद् बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकार निर्वाचन गराउन गठन भएकाले त्यो जिम्मेबारी पूरा गर्ने बताएका छन्। 'यो सरकार चुनाव गराउन गठन भएको हो, दलहरूबीच क्रमशः सहमति जुट्दै गएको अवस्था पनि छ,' निधिले संसद्मा प्रतिबद्धता व्यक्त गरे, 'विधेयक पारित गरेर चुनावको मिति घोषणा गरिनेछ।'

यसैबीच निर्वाचन आयोगले आइतबारबाटै सक्रियता बढाउँदै जिल्ला तहमा दलको विवरण पेस गर्न अनुरोध गरिसकेको छ। 'निर्वाचन आयोगको मिति २०७३ पुस २४ गते बसेको बैठकले आगामी स्थानीय निर्वाचनको व्यवस्थापनका लागि राजनीतिक दलहरूको जिल्लागत विवरण अद्यावधिक गर्न नेपालको संविधानको धारा २६९ बमोजिम यस आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आफू क्रियाशील रहेका जिल्लाका जिल्ला समितिमार्फत २०७३ माघ १७ सम्ममा सम्बन्धित जिल्लास्थित क्षेत्रीय कार्यालय वा जिल्ला निर्वाचनको कार्यालयमा विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ', आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दललाई लेखेको पत्रमा उल्लेख छ।

आयोगले दलको नाम, दलको केन्द्रीय कार्यालय रहेको ठेगाना, दलको अध्यक्ष, सभापति र महासचिवको नाम, जिल्लास्तरीय कार्यालयको ठेगाना, फोन नम्बर र इमेल विवरण बुझाउन अनुरोध गरेको हो। त्यसका लागि आयोगले सबै दलका नाममा पत्राचार गरिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस