देश बनाउने जिम्मेवारी युवाको हो: नेता पौडेल
११ चैत्र २०७९
•
१ मिनेट पाठ
देश बनाउने जिम्मेवारी युवाको हो: नेता पौडेल
फाइल तस्बिर।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्।




रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताएका हुन्।

'देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ', पौडेलले भने, 'युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ।' पौडेलले सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिनका लागि युवाहरू पनि जागरुक बन्नुपर्ने धारणा राखे।

'रोटरी, लायन्सजस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पुर्‍याएको छ, युवालाई एकजुट पनि बनाएको छ', पौडेलले भने, 'यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ।' रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्यम्बु भैसीपाटीको आयोजना र रोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र वीरगञ्ज मेट्रोपोलिस सहआयोजकको रूपमा छन्।

कार्यक्रममा देशभरका एक सय ८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव तथा सदस्य गरी सात सयभन्दा बढीको सहभागिता छ। आन्तरिक पर्यटन प्रवर्द्धनसहित दमौली र तनहुँका विभिन्न पर्यटकीयस्थलको प्रचार–प्रसार गर्नेसमेत कार्यक्रमको उद्देश्य छ। रासस
अर्को समाचार
जनमतबाट खुसी मनाउने अवस्था छैन: कांग्रेस
२७ जेष्ठ २०७९
•
४ मिनेट पाठ
जनमतबाट खुसी मनाउने अवस्था छैन: कांग्रेस
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त मत पार्टीका लागि उत्साहजनक नभएको निष्कर्ष निकालेको छ।




केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण समितिले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन परिणाम पार्टीको पक्षमा आए पनि मत संख्या हेर्दा खुसी मनाउने अवस्था नरहेको जनाएको हो।

‘प्रमुख, उपप्रमुख, वडासहितको परिणामबाट कांग्रेस ठुलो दल बनेको छ,’ संयोजक पौडेलले भने, ‘पार्टीले पाएको मतलाई हेर्दा हामी उत्साहित हुनुपर्ने र खुसी मनाउने अवस्था देखिँदैन।’ कांग्रेसले ७ सय ५२ पालिकाको परिणाम सार्वजनिक हुँदा ३ सय २९ पालिकामा प्रमुख, ३ सय पालिकामा उपप्रमुख र २ हजार ६ सय ६५ वडामा अध्यक्ष जितेको छ।

पार्टीले खडा गरेका वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसले ३८ लाख ८३ हजार १ सय ३८ मत पाएको छ। उसले प्रमुख प्रतिपक्षी एमालेका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको भन्दा १ लाख ७५ हजार ७६ मत बढी पाएको दाबी गरेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनको तुलनामा यसपटक गाउँपालिका र नगरपालिकामा सफलता प्राप्त गरेको कांग्रेसले उपमहानगर र महानगरको परिणाम भने अपेक्षाकृत रूपमा पार्टीको पक्षमा पार्न नसकिएको जनाएको छ।

सत्तारूढ गठबन्धनमा रहेका राजनीतिक दलबीच स्थानीय तह निर्वाचनमा भएको तालमेलले पार्टीलाई फाइदा पुगेको जनाउँदै कांग्रेसले आन्तरिक व्यवस्थापनमा भने पार्टी चुकेको स्विकारेको छ। ‘उम्मेदवार छनोटदेखि आन्तरिक व्यवस्थापन र गठबन्धनबीच कसिलो तालमेल गर्न सकिएको भए कांग्रेसले साढे ४ सय स्थानीय तहको प्रमुख जित्ने अवस्था थियो,’ प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले भने, ‘केही कमजोरी पार्टीभित्र र गठबन्धनबाट पनि भएका छन्, अब सुधार गरेर जानुपर्छ।’

६ सय ३२ स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएको कांग्रेसले ३ सय २४ तहमा मात्र गठबन्धन भएको जनाएको छ। प्रतिवेदन गठबन्धनमा भएकामध्ये २ सय ९ स्थानमा कांग्रेसले प्रमुख पदमा उम्मेदवारी दिएको थियो। तीमध्ये १ सय २८ स्थानको परिणाम आफ्नो पक्षमा आएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै गठबन्धन गरी १ सय १५ उपप्रमुखमा उम्मेदवारी दिँदा ८५ मा मात्र जित हासिल भएको कांग्रेसले जनाएको छ।

माओवादी केन्द्रले गठबन्धन गरी उठाएका ८१ प्रमुखमा ६९ र १ सय ४९ उपप्रमुखमा ७९ जनाले जितेको प्रतिवेदनमा जनाइएको छ। नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट उठाएका २७ प्रमुखमध्ये १३ र ४३ उप्रमुखमध्ये १४ मा जित निकालेको प्रतिवेदनमा छ। जनमोर्चाले चारवटा पालिका प्रमुखमा गठबन्धन गरेकोमा चारवटैमा सफलता पाएको कांग्रेसले जनाएको छ।

जनमोर्चाले ६ पालिकाको उपप्रमुखमा गठबन्धन गरेकोमा तीनवटामा मात्र जित निकाले प्रतिवेदनमा छ। जनता समाजवादी पार्टीले गठबन्धन भएका तीन प्रमुखमध्ये दुई र ११ उपप्रमुखमध्ये चारमा जित निकालेको छ। २०७४ सालमा जितेका १ सय ४० स्थानीय तहमा अहिले पनि कांग्रेसले जित निकालेको छ। पार्टीले २०७४ सालको निर्वाचनमा जितेका २ सय ६६ तहमध्ये १ सय २५ मा भने यसपटक पराजय भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो पटक जितेका १ सय २२ प्रमुखलाई अहिले पनि दोहोर्‍याएको कांग्रेसले आधा अर्थात् ६१ जना पराजित भएको जनाएको छ। प्रमुख पद जितेका ३ सय २९ स्थानीय तहमा १८ जनाले १ सयभन्दा कम मतान्तरले जितेका छन्। पार्टीको तर्फबाट प्रमुखमा उम्मेदवार बनेका २७ जना सयभन्दा कम मतले पराजित भएको प्रतिवेदनमा उल्लेख छ।

प्रमुख पदमा सय देखि ५ सय मतअन्तरले जित्नेमा ७७ जना रहेको प्रतिवेदनमा लेखिएको छ। त्यस्तै प्रमुख पदमा उम्मेदवार बनेका ५० जना निकटतम प्रतिद्वन्द्वी भएका छन्। कांग्रेसका पक्षमा दार्चुलादेखि कैलालीसम्मका जिल्लाहरूको परिणाम निकै कमजोर आएको तर डोटीदेखि ओखलढुंगासम्मको परिणाम भने राम्रो आएको प्रतिवेदनमा छ।

निर्वाचनमा पार्टी नीति, कार्यक्रम तथा घोषणापत्र अझै जनमुखी बनाउनुपर्नेमा जोड दिएको प्रतिवेदनमा उम्मेदवार छनोटमा लोकप्रियतालाई अझै ख्याल गर्न नसकिएको स्वीकार गरिएको छ। स्वतन्त्र उम्मेदवारको बढोत्तरी र जनमतले कांग्रेससहितका दललाई सच्चिन थप दबाब परेको समितिको ठहर छ।

कतिपय वडामा पार्टीका क्रियाशील सदस्यबराबर पनि उम्मेदवारले मत पाउने अवस्था नभएको भन्दै समितिले निर्वाचनमा आर्थिक पारदर्शितासहितका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिएको छ। गठबन्धन निर्वाचन जित्न मात्र नभएर संविधानको रक्षा, आर्थिक विकाससहितका विषयमा केन्द्रित हुनुपर्ने निष्कर्ष पनि प्रतिवेदनको छ।

‘कुनै दललाई हराउन वा जिताउनका लागि मात्र होइन, अजेन्डाका आधारमा गठबन्धन हुनुपर्छ,’ संयोजक पौडेलले भने, ‘त्यस्तो गठबन्धन देश र जनताको पक्षमा हुनुपर्छ। गठबन्धनबाट लोकतान्त्रिक शासन व्यवस्था मजबुत हुन्छ भन्नेमा जनतालाई आश्वस्त बनाउनुपर्छ।’ पौडेल नेतृत्वको समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस