काठमाडौं- दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सबैभन्दा लचिलो देखिएको छ। अन्य राष्ट्रले आफ्ना नागरिकसँग विदेशी महिलाले विवाह गरेको निश्चित समयपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन।
दक्षिण एसियामा नेपाल मात्र एउटा त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउनेछन्।
'वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्नुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन,' पूर्व कानुनमन्त्री अग्नि खरेल भन्छन्, 'कुनै चिज परिपक्व हुन पनि समय चाहिन्छ। अंगीकृत नागरिकता पाउन सम्बन्धित देश बु‰न पनि समय चाहिन्छ। राज्यलाई पनि नागरिकता प्रदान गर्ने व्यक्तिको आचरण बु‰न समय चाहिन्छ। हामीकहाँ यो सबको लागि समय दिइएको छैन। बिहे गरेको भोलिपल्टै अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिन्छ।'
विश्वका प्रायः सबै देशले अंगीकृत नागरिकता प्रदान गर्न निश्चित समय तोकेको पाइन्छ। विदेशी महिलाले आफ्नो देशको नागरिकसँग विवाह गरेको निश्चित अवधि बितेपछि मात्र अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउने व्यवस्था ती देशले गरेका छन्।
नेपालबाहेकका अन्य दक्षिण एसियाली राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सबैले अंगीकृत नागरिकताका लागि निश्चित वर्ष तोकेको पाइन्छ।
'हामीकहाँ प्रत्येक वर्ष हजारौंले एकदमै सहज रुपमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्छन्। सबैभन्दा बढी वैवाहिक अंगीकृत नागरिकता पाउने नेपालमा बुहारी भई भित्रने भारतीय छन्। जब कि छिमेकी भारतमा नेपाली महिला बिहे गरेर गए अंगीकृत नागरिकता पाउन सात वर्ष कुर्नुपर्छ। यो व्यवस्था कम्तीमा पारस्परिक आधारमा गर्नुपर्थ्यो,' खरेलले भने।
भारतको संविधानअनुसार विदेशी महिलाले भारतीय पुरुषसँग विवाह गरे ती महिलाले सात वर्षसम्म अंगीकृत नागरिकता पाउनेछैनन्। विवाह गरेर सात वर्ष भारतमा बिताएपछि मात्र विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउनेछन्। भुटान वैवाहिक अंगीकृत नागरिकता लिन झन् कठिन छ। कुनै विदेशी महिलाले भुटानीसँग विवाह गरेका आधारमा मात्र नागरिकता पाउने छैनन्।
विवाहपछि सन्तान जन्माउनुपर्ने र जन्मेको सन्तानले नागरिकता पाएपछि मात्र विदेशी महिलाले अंगीकृत नागरिकताका लागि निवेदन दिन पाउनेछन्।
भुटानमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने अन्तिम निर्णय भने त्यहाँका राजले गर्नेछन्। अंगीकृत नागरिकता पाउन जोङ्खा भाषा लेख्न र बोल्न जान्न अनिवार्य पर्नेछ। त्यति मात्र होइन, भुटानी कला, संस्कृति, परम्परा र इतिहासको जानकारी समेत हासिल गर्नुपर्ने हुन्छ। अंगीकृत नागरिकता प्रदान गर्नुअघि भुटानी सरकारले सम्बन्धित व्यक्तिसँग लिखित र मौखिक परीक्षासमेत लिने व्यवस्था छ।
श्रीलंकामा वैवाहिक अंगीकृत नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने हुन्छ। विदेशी महिलाले श्रीलंकाली पुरुषसँग विवाह गरेको सात वर्षसम्म नागरिकताका लागि निवेदन दिन पाउने छैनन्। अफगानिस्तानमा वैवाहिक अंगीकृत नागरिकता पाउन विदेशी महिलाले पाँच वर्ष कुर्नुपर्ने व्यवस्था त्यहाँको संविधानले गरेको छ।
टापुहरुको राष्ट्र माल्दिभ्समा भने वैवाहिक अंगिकृत नागरिकता मुस्लीमले मात्र पाउँछन्। अन्य धर्मावलम्बीलाई यस्तो नागरिकता व्यवस्था गरिएको छैन। माल्दिभ्सको पुरुषसँग विवाह गरेको १२ वर्षपछि मात्र विदेशी महिलाले माल्दिभ्सको वैवाहिक अंगीकृत नागरिकता पाउन सक्छन्।
बंगलादेशमा भने विदेशी महिलाले बंगलादेशीसँग विवाह गरेको दुई वर्षपछि वैवाहिक अंगीकृत नागरिकताका लागि निवेदन दिन पाउने व्यवस्था छ। अंगीकृत नागरिकताका लागि निवेदन दिनेले अनिवार्य रुपमा बंगाली भाषा बोल्न र लेख्न जान्नुपर्नेछ। पाकिस्तानमा भने विवाह गरेको पाँच वर्षसम्म विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकताका लागि निवेदन दिन पाउँदैनन्। पाकिस्तानी पुरुषसँग विवाह गरेको पाँच वर्षपछि मात्र नागरिकता प्रक्रिया अघि बढाउन पाउने व्यवस्था त्यहाँ छ।
'हाम्रोमा विवाह गरेको भोलिपल्टै नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ जुन आवश्यकताभन्दा लचिलो हो। हामीले पहिला भारतले झैं सात वर्ष समयावधि राखौं भनेका थियौं तर मधेसकेन्द्रित दलका दबाबले समयसीमा तोक्न सकेनौं,' खरेलले भने।
नेपालको संविधान, २०७२ मा 'नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहे संघीय कानुनबमोजिम अंगीकृत नेपाली नागरिकता लिन सक्ने' व्यवस्था गरिएको छ। यसप्रति मधेसकेन्द्रित राजनीतिक दलले असन्तुष्टि जनाएपछि सरकारले अहिले संशोधन गर्ने प्रयास गरिरहेको छ जसप्रति प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ।
नागरिकता लगायत केही प्रावाधान संशोधन गर्न सरकारले अहिले संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको छ। प्रस्तावमा वैवाहिक अंगीकृत नागरिकता विषयमा 'नेपालीसँग विवाह गरेका विदेशी महिलाले नागरिकता लिन खोजे आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने' उल्लेख छ।
'संविधानमै वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधानको उल्लेख गर्नु हुँदैन जुन प्रयास अहिले भइरहेको छ। ठूलो समस्या आए संविधानमा भएको प्रावधान हटाउन गाह्रो हुन्छ। कानुनलाई भने सजिलै परिवर्तन गर्न सकिन्छ,' खरेलले भने। गृह मन्त्रालयका अनुसार वार्षिक १५ देखि २० हजारले वैवाहिक अंगीकृत नागरिकता लिने गरेका छन्। वैवाहिक अंगीकृत नागरिकता लिने अधिकांश तराईका जिल्लामा छन्।
वरिष्ठ कानुन व्यवसायी तथा सांसद राधेश्याम अधिकारी भने संविधानमै प्रावधान राख्दा र समयसीमा तोक्दैमा खास फरक नआउने बताउँछन्। उनका अनुसार संविधानमा नागरिकताको विषय समेट्न थालिएको २०१९ सालबाट हो। त्यसअघिको नेपालको संविधानमा नागरिकता सम्बन्धी विषय उल्लेख थिएन। २०१९ अघि कानुन बनाएर नागरिकताको व्यवस्था गरिएको थियो। २०१९, २०४७, २०६३ र २०७२ सालमा आएका सबै संविधानमा नागरिकता विषयलाई उस्तै तरिकाले पेस गरिएको छ।
'२०१९ सालको संविधानमा वैवाहिक अंगीकृत नागरिकता विदेशी महिलाले विवाहपछि तुरुन्तै पाउने व्यवस्था थियो। त्यसपछि बनेका र आएका संविधानले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा २०१९ सालको संविधानमा भएको व्यवस्थालाई निरन्तरता दिँदै आएका हुन्। अंगीकृतलाई सहज रुपमा नागरिकता दिनुपर्छ भन्नेमा कसैको विमति छैन,' अधिकारीले भने।