अवकाश उमेरहद ‘६० वर्ष’
२२ मंसिर २०७३
•
४ मिनेट पाठ
अवकाश उमेरहद ‘६० वर्ष’
काठमाडौं- सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद दुई वर्ष बढाउने तयारी गरेको छ। सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ बाट बढाएर ६० वर्ष पु¥याउन प्रक्रिया अघि बढाएको हो।




मन्त्रालयले कर्मचारीको उमेर हद बढाउन निजामती सेवा ऐनको संशोधन मस्यौदा तयार पारेको छ। मस्यौदामाथि परामर्श जारी रहेको मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा र संसद्का कर्मचारीको उमेर हद ६० वर्ष रहेकाले सबैलाई समान गर्न निजामती कर्मचारीको उमेर हद पनि दुई वर्ष बढाउन लागिएको हो ।

‘अहिले हामी कानुनी परामर्शमै छौं,’ उनले भने, ‘सबैको सुझावपछि विधेयक पास गर्ने प्रक्रिया सुरु हुनेछ।’ उनले कर्मचारीको अवकाश उमेर हद बढाउनेबित्तिकै राज्यलाई पेन्सनको दायित्वमा समेत कमी आउने बताए।

‘छिटोछिटो अवकाश पाउँदा राज्यलाई पेन्सनको भार बढ्दै गइरहेको छ,’ उनले भने, ‘यो व्यवस्थापछि पेन्सनमा पर्न जाने भार कम हुन्छ ।’ उनले ऐन संशोधन गरेर पेन्सनको भार कम गर्न पेन्सन कोषसमेत बनाउन लागिएको जानकारी दिए । कर्मचारीले अवकाशपछि सोही कोषबाट रकम पाउनेछन्। पेन्सन कोषमा सरकारी कर्मचारीले जागिर अवधिभर पाउने तलबबाट मासिक १० प्रतिशतका दरले कट्टा गरी जम्मा हुने छ । त्यति नै रकम सरकारले जम्मा गरिदिनेछ । यसरी कोषमा जम्मा भएको रकम कर्मचारीले सेवाबाट अवकाश भएपछि पाउने छन् । पेन्सन कोषको व्यवस्था सञ्चय कोषजस्तै हुनेछ। पेन्सन कोषको व्यवस्था लागू भए पनि कर्मचारीले सञ्चय कोष सुविधा पनि पाइरहने सचिव भट्टराईले जानकारी दिए ।

कर्मचारीको उमेर हद बढाउन लोकसेवा आयोग र प्रशासन सुधार सुझाव समिति २०७० को प्रतिवेदनमा पनि सुझाइएको थियो । मन्त्रालयले कानुन परिमार्जन प्रस्ताव गर्न मन्त्रिपरिषद्ले दिएको निर्देशनअनुसार संशोधन मस्यौदा तयार पारेको हो।

सचिव भट्टराईका अनुसार नेपालीको औषत आयुसमेत बढेका कारण अवकाशको उमेर हद बढाउन प्रक्रिया बढाइएको हो । ‘नेपालीको औषत आयु ५३ वर्ष भएको समयमा पनि कर्मचारीको उमेर हद ६० वर्ष थियो,’ उनले भने, ‘०४७ सालमा राजनीतिक परिवर्तन भएपछि उमेरको हद ६० बाट ५८ मा झारिएको थियो। औसत आयु बढेर ७० पुगिसकेका कारण उमेर हद बढाउनु उचित देखिन्छ।’

निजामती सेवाअन्तर्गत झन्डै ८० हजार कर्मचारी कार्यरत छन् । निजामती ऐनअनुसार शिक्षा सेवा, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी बलका सेवाको कानुनसमेत संशोधन गर्ने गरिएकाले उनीहरूको हकमा पनि क्रमशः उमेर हद बढ्दै जाने मन्त्रालयका कर्मचारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार सरकारी सेवामा रहेका कर्मचारीको अनिवार्य अवकाशको उमेर नेपालमा पनि विभिन्न क्षेत्रमा फरकफरक छ । प्रधानन्यायाधीशसहित सर्वोच्चका न्यायाधीश ६५, उच्च र जिल्ला अदालतका न्यायाधीश ६३, विश्वविद्यालयका प्राध्यापक र कर्मचारी ६३, प्रधानसेनापति ६१, सरकारी विद्यालयका शिक्षक ६०, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको अवकाश उमेर हद ६० छ।
अर्को समाचार
निजामती कर्मचारीको उमेरहद: अवकाश उमेर ५९ वर्ष पुर्‍याउन चलेखल
१६ भदौ २०८२
•
३ मिनेट पाठ
निजामती कर्मचारीको उमेरहद: अवकाश उमेर ५९ वर्ष पुर्‍याउन चलेखल
सांकेतिक तस्बिर
कुलिङ पिरियडको व्यवस्था हटाउन असफल भएपछि मुख्यसचिव एकनारायण अर्याल, केही सचिव तथा सहसचिवहरूले संघीय निजामती सेवा ऐनमा अवकाश उमेरसीमा अहिले नै ५९ वर्ष लागु गर्न चलखेल सुरु गरेका छन् ।




सोमबार बसेको राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा कर्मचारीहरूको अवकाश उमेरसीमा अहिले नै ५९ वर्ष कायम गर्ने कि विधेयक प्रमाणीकरण भएको अर्को आर्थिक वर्षबाट लागु गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि निजामती सेवा ऐन पास हुन सकेन ।

प्रतिनिधिसभाले राष्ट्रियसभामा पठाएको निजामती सेवा ऐनमा अवकाश उमेरसीमा ५८ वर्षबाट ६० वर्ष कायम गर्ने तर यसको कार्यान्वयन अर्को आर्थिक वर्षबाट लागु हुनेछ भनी उल्लेख गरिएको छ । जसअनुसार अवकाश उमेर ५८ बाट ६० मा पुर्‍याउँदा तीन चरणमा लागु हुनेछ । विधयक प्रमाणीकरण भएको पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष लागु हुनेछ भनी उल्लेख गरिएको छ ।

तर निजामती सेवा ऐन राष्ट्रियसभाको विधायन समितिमा पुगेपछि समितिका केही सदस्यले निजामती सेवा ऐन प्रमाणीकरण भएको सालदेखि नै अवकाश उमेर सीमा बढाउनुपर्ने अडान लिए । जसअनुसार पहिलो वर्ष ५९ र दोस्रो वर्ष ६० वर्ष हुनुपर्ने उनीहरूको भनाइ रह्यो ।

सोही कारण विधायन समितिले उक्त विधेयक पास गर्न सकेन । विधायन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्वयंले अवकाश उमेर हद पहिलो वर्ष नै ५९ वर्ष कायम गर्ने अडान लिइन् । उनको अडानलाई विधायन समितिका नेपाली कांग्रेस र एमालेका सांसदहरूले समेत सहमति जनाए । तर प्रतिपक्षी दल नेकपा (माओवादी) र एकीकृत समाजावदी पार्टीका सांसदहरूले अहिले नै अवकाश उमेर सीमा ५९ वर्ष कायम गर्ने विषयमा असहमति जनाए । यही विषयमा विवाद भएपछि विधेयक पास हुन सकेन । यसअघि सोमबार नै विधायन समितिबाट विधेयक पास गर्ने तयारी थियो ।

मुख्यसचिव अर्याल यही वर्ष मंसिर ९ गतेदेखि ५८ वर्ष उमेर हदको कारण अनिवार्य अवकाश लिँदैछन् । तर मुख्यसचिवका रूपमा तीन वर्षको समय बाँकी नै छ । मुख्यसचिवको कार्यकाल तीन वर्ष हुँदाहुँदै अवकाश उमेरसीमाका कारण पूरा कार्यकाल पूरा नगरी उनी अकाशमा जाँदैछन् । तर अवकाश उमेर सीमा अहिले नै ५९ वर्ष कायम गर्ने हो भने मुख्यसचिवको पूरा कार्याकालसम्म उनी रहनेछन् । 

यसैगरी यही वर्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतम, उद्योग, युवा तथा खेलकुद सचिव डा. हरिप्रसाद लम्साल, कृषि तथा पशुपन्छी विकास सचिव डा. दीपकुमार खराल, नेपाल ट्रस्टका सचिव रामआधार साहलगायतका सचिवले ५८ वर्ष उमेरहदका कारण अवकाश लिँदैछन् । 

यसैगरी यही आर्थिक वर्षबाट ४५ जना सहसचविले ५८ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश लिँदैछन् । तर अहिले नै अवकाश उमेरसीमा ५९ वर्ष कायम राखियो भने उनीहरू सबैले लाभ लिनेछन् । यही वर्ष अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव, सचिव तथा सहसचिवहरूको चलखेलका कारण अवकाश उमेरसीमा यही वर्षदेखि ५९ वर्ष लागु गर्न केही सांसदले अडान लिएका हुन् ।

प्रतिनिधिसभाका सांसद तथा राज्य व्यवस्था समितिमा पूर्वसभपाति रामहरि खतिवडाले अवकाश उमेरसीमा विधेयक प्रमाणीकरण भएको अर्को आर्थिक वर्षबाट लागु हुनेछ भन्ने विषयमा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसबिच पहिले नै सहमति भइसकेको बताउँदै भने, ‘विधेयक प्रमाणीकरण भएको वर्षदेखि नै अवकाश उमेरसीमा ५९ वर्ष पुर्‍याउने हो भने लोकसेवा आयोगबाट करिब ६ हजार पदमा नयाँ भर्ना रोकिने छ । यसबाट युवामा ठुलो निराशा पैदा हुनेछ र बिदेसिने क्रम झन् बढ्नेछ ।’ 

लोकसेवा आयोगबाट एकै पटक भर्ना प्रक्रिया नरोकियोस् भनेर विधेयकमा आफूहरूले अवकाश उमेरसीमा पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० कायम गरेको उनले बताए । उनले भने, ‘कुनै व्यक्तिलाई लक्षित गरेर कानुन बनाउने भन्ने होइन । कानुन देश र जनताका लागि बनाउने कुरा हो ।’

निजामती विधेयक २०८० फागुन २१ मा प्रतिनिधिसभामा पेस गरिएको थियो भने प्रतिनिधिसभाले २०८२ असार १५ मा पास गरी राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभामा पुगेपछि दफावार छलफल गर्न राष्ट्रियसभाको विधायन समितिमा लगिएको थियो ।

प्रतिनिधिसभाले पास गरेको विधेयकमा राष्ट्रियसभाले त्रुटि सच्याउन सक्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार विधायन समितिले कुलिङ पिरियडको व्यवस्था कायम राखेको हो । राष्ट्रियसभाले पास गरेको विधेयक निजामती विधेयक पुनः प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभामा पुगेपछि प्रतिनिधिसभाले विधेयकमा परिमार्जन गर्न सक्ने व्यवस्था कानुनमा छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस