हिन्दी हुनेछ सरकारी कामकाजको भाषा
१५ मंसिर २०७३
•
८ मिनेट पाठ
हिन्दी हुनेछ सरकारी कामकाजको भाषा
काठमाडौं—संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिन मार्ग प्रशस्त गरेको छ।

प्रदेश सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकतासँगै आएको संशोधन प्रस्तावले राष्ट्रिय भाषा नेपाली हुने र प्रदेशमा धेरैले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा बनाउने वर्तमान व्यवस्थालाई फेर्न चाहेको छ।

भाषासम्बन्धी अहिलेको व्यवस्था



वर्तमान संविधानको धारा ६ र ७ मा भाषासम्बन्धी व्यवस्था छ। ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’, संविधानको धारा ६ मा भनिएको छ। यसैगरी धारा ७ ले देवनागरी लिपीमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने सुनिश्चित गरेको छ।

संविधानको अहिलेको व्यवस्थाले नेपालीलाई राष्ट्रिय स्तरको कामकाजको भाषा तथा प्रदेश तहमा त्यहीँका प्रचलित भाषालाई प्रदेश सरकारको कामकाजी भाषा बनाउने परिकल्पना गरेको छ।

यो बाहेक धारा ७ (२) मा 'नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषाहरुलाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने' अधिकार दिएको छ।

संविधानको यो व्यवस्थाले नेपालीलाई राष्ट्रिय स्तरको कामकाजको भाषा तथा प्रदेश तहमा त्यहीँका प्रचलित भाषालाई प्रदेश सरकारको कामकाजी भाषा बनाउने परिकल्पना गरेको छ। अहिलेको संविधानको यो व्यवस्थाअनुसार प्रदेशहरुमा राई, लिम्बु, मैथिली, भोजपुरी, अवधि अथवा बज्जिका जस्ता स्थानीय भाषा प्रदेश कामकाजको भाषा हुनसक्ने स्थिति छ।

माओवादी-कांग्रेस गठबन्धनले ल्याएको संविधान संशोधनको प्रस्तावमार्फत् भाषासम्बन्धी यो विद्यमान व्यवस्था फेर्न खोजिएको हो। संविधानले राष्ट्रिय स्तरमा नेपाली भाषा र प्रदेश स्तरमा त्यहीँको स्थानीय भाषालाई सरकारी कामकाजी बनाउने प्रावधान फेरेर चलाखीपूर्वक हिन्दी छिराउन खोजिएको हो।

के छ संशोधन प्रस्तावमा?



हालको संविधानको धारा ६ मा उल्लेख भएको व्यवस्था ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्थामाथि संशोधन हालिएको छ। संशोधनमा भनिएको छ, 'धारा ६ अन्त्यमा नेपाल सरकारले सबै मातृभाषाहरुलाई संविधानको अनुसूचिमा समावेश गर्नेछ भनेर थप गरिनेछ।'

यो माखेसाङ्लो तयार पारिसकेपछि भाषा आयोगको सिफारिशमा सरकारले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन बकाइदा संवैधानिक कानुनी मार्ग खुल्नेछ। संवैधानिक हैसियत पाइसकेको त्यो अवस्थामा हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने निर्णयविरुद्ध कोही नेपाली सर्वोच्च अदालत जान सक्नेछैन।

संशोधन गर्न चाहेको यो व्यवस्थाले ७७ हजारले बोल्ने हिन्दी भाषालाई पनि संविधानको अनुसूचिमा सूचिकृत गराउन चाहेको छ जुन कुरा अहिलेको संविधानको व्यवस्थाले रोकेको थियो। तथ्याङ्क विभागको पछिल्लो जनगणनामा हिन्दीलाई मातृभाषाको रुपमा मान्यता दिइसकिएको छ। विभागकाे तथ्याङ्कअनुसार हिन्दीभाषी ०.२९ प्रतिशत अर्थात् ७७ हजार छन्।

अर्को संशोधन नेपाली भाषा सरकारी कामकाजी भाषा हुनेछ भनेर ग्यारेन्टी गर्ने धारा ७ माथि ल्याइएको छ। संशोधनमा भनिएको छ,  'भाषा आयोगको सिफारिशमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरिएका भाषाहरुलाई संविधानको अनुसूचिमा समावेश गर्नेछ।' यो संशोधनले नेपालीलाई सरकारी कामकाजको भाषा भएको ग्यारेन्टी गर्ने वर्तमानको अधिकार कटौती गरी हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन खोजेको देखिन्छ। धारा ६ कै संशोधनले हिन्दीलाई संवैधानिक मान्यता दिइसकेको अवस्थामा यो धारा संशोधनबाट भाषा आयोगलाई सरकारी कामकाजको भाषा बनाउन संवैधानिक धरातल सिर्जना गर्नेछ।

यसरी पाउनेछ हिन्दीले संवैधानिक हैसियत

धरा ६ मा हालिएको संशोधनले हिन्दी भाषालाई संवैधानिक मान्यता प्रदान गर्छ। धारा ७ मा हालिएको संशोधनअनुसार हिन्दीलाई भाषा आयोगले सरकारी कामकाजको भाषा भनेर सिफारिश गर्ने अधिकार राख्छ। संविधानमा मातृभाषाको हैसियत पाइसकेको हिन्दीलाई सरकारी कामकाजको हैसियत दिन आयोगलाई कानुनी धरातल प्रदान गर्छ।

धारा ६ कै संशोधनले हिन्दीलाई संवैधानिक मान्यता दिइसकेको अवस्थामा धारा ७ संशोधनबाट भाषा आयोगलाई सरकारी कामकाजको भाषा बनाउन संवैधानिक धरातल सिर्जना गर्नेछ।

यो बाहेक भाषा आयोगसम्बन्धी व्यवस्था रहेको धारा २८७ माथि हालिएको संशोधनले हिन्दीलाई कुनै हालतमा पनि स्थापित गराउने मनसाय राखेको देखिन्छ। संशोधन प्रस्तावमा भनिएको छ, 'धारा ६ बमोजिम नेपालमा बोलिने सबै मातृभाषाहरुको सूचि तयार गरी नेपाल सरकार समक्ष सिफारिश गर्ने।'

यो माखेसाङ्लो तयार पारिसकेपछि भाषा आयोगको सिफारिशमा सरकारले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन बकाइदा संवैधानिक कानुनी मार्ग खुल्नेछ। संवैधानिक हैसियत पाइसकेको त्यो अवस्थामा हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने निर्णयविरुद्ध कोही नेपाली सर्वोच्च अदालत जान सक्नेछैन।

संशोधन प्रस्ताव अाउनुअघि हिन्दीलाई सरकारी कामकाजी भाषा बनाउने गरी संविधान संशोधन नगरिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार बाचा कसम खाएका थिए। हिन्दीले संविधानमा ठाउँ पाउँदैछ भनेर समाचार लेख्ने सञ्चारकर्मीमाथि नै अाक्रोश पोखेका थिए। अन्ततः उनी झुटो सावित भएका छन्।
अर्को समाचार
कामकाजको भाषा अंग्रेजी पनि बनाउन सुझाव
१८ असार २०६६
•
३ मिनेट पाठ
कामकाजको भाषा अंग्रेजी पनि बनाउन सुझाव
काठमाडौँ,  असार १८ (नागरिक )- नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले मातृभाषामा आधारभूत शिक्षा प्रदान गरी नेपाली र अङ्ग्रेजी भाषालाई कामकाजको भाषा बनाउनुपर्ने सुझाव संविधानसभामा दिएका छन्। हिन्दी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग मधेशी सभासद्‍हरुले गर्दै आएका बेला घिमिरेले नयाँ सुझाव दिएका हुन्।

संविधानसभा अन्तर्गत साँस्कृतिक र सामाजिक एक्यबद्धताको आधार निर्धारण समितिको मस्यौदा प्रतिवेदनमाथिको पाँचौं दिनको छलफलमा भाग लिंदै घिमिरेले भाषा सम्बन्धमा देखिएका समस्या समाधान गर्न छुट्टै आयोग गठन गर्नुपर्ने धारणा व्यक्त गरे।

सभासद्हरुले 'जनयुद्ध' भन्ने शब्द संविधानमा राख्‍ने र हिन्दी भाषासम्बन्धी उठेको विवादमा सम्बद्ध पक्षबाट लचकता दर्शाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

एकीकृत नेकपामाओवादीका लोकेन्द्र विष्टले बहुभाषिक र बहुसाँस्कृतिक नीतिलाई राज्यले प्राथमिकता दिनुपर्ने र स्वदेशभित्र प्रयोग हुने सबै भाषालाई समान रुपमा हेरिनुपर्ने सुझाव दिए।

कुनै एक भाषाका पक्षमा बहस गर्दा अर्को भाषाको विरोध गर्न नहुने धारणा व्यक्त गर्दै उनले राष्ट्रिय सहमतिका आधारमा भाषा संस्कृतिसम्बन्धी तमाम समस्या समाधान गर्नुपर्ने सुझाव दिए।

एमालेका प्रदीपकुमार ज्ञवालीले आफूबाहेकको धर्म संस्कृति र भाषालाई सम्मान गरी सामाजिक तथा साँस्कृतिक एकता र सद‍भाव कायम गर्नुपर्ने बताउँदै कामकाजको भाषाका रुपमा नेपालीलाई मान्यता दिनुपर्नेमा जोड दिए।

नेपाली काङ्ग्रेसका मिनेन्द्रप्रसाद रिजालले सरकारले ल्याउने नयाँ सुस्कृतिक नीतिमा देशमा रहेका सबै जाति जनजाति आदिवासीको मौलिक संस्कृतिको जगेर्ना गरिने बताए।

राष्ट्रिय जनमोर्चा नेपालका चित्रबहादुर केसीले मुलुक सङ्घीयतामा जान नसक्ने स्पष्ट गर्दै जातीय क्षेत्रीय भाषीय आधारमा अघि बढे मुलुकमा अशान्ति र अस्थिरता सिर्जना भई राष्ट्र विखण्डको दिशामा जान सक्ने धारणा व्यक्त गरे।

बिहीबारको छलफलमा ६२ जना सभासद्ले उक्त मस्यौदामाथिको छलफलमा भाग लिने कार्यक्रम छ। मस्यौदाको छलफलमा उठेका प्रश्नहरुको समितिका सभापति नवोदता चौधरीले बिहीबार नै जवाफ दिने कार्यक्रम छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस