किन टेर्दैनन् कर्मचारी ?
०७ मंसिर २०७३
•
११ मिनेट पाठ
किन टेर्दैनन् कर्मचारी ?
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय ७ दिन अवधिमा पटक–पटक दिएका झन्डै सयवटा निर्देशन कार्यान्वयनमै आउन सकेनन्।




आफ्ना निर्देशन अलपत्र रहेपछि प्रधानमन्त्री दाहालदले सोमबार सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिवसहित सरकारका सबै सचिवलाई डाकेर सोधे– किन पालना भएनन् मेरा निर्देशन?

उनले आफ्ना निर्देशन कार्यान्वयन नहुनुका कारण मात्र सोधेनन्, त्यसको अवरोध र प्रगतिबारे लिखित विवरणसमेत दिन पुनः निर्देशन दिएका छन् । विगतका सबै निर्देशन कार्यान्वयनमा ल्याउँदै नतिजा देखाउन पनि उनको निर्देशन छ ।

देशको कार्यकारी प्रधानमन्त्री र मन्त्रीले मातहत कर्मचारीलाई दिएका निर्देशन किन कार्यान्वयनमा आउँदैनन् त ?

योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलका अनुसार प्रधानमन्त्री र मन्त्रीहरुको निर्देशन कार्यान्वयनमा आउन नसक्नुमा नियत, संस्कार र पालना गर्नसक्ने क्षमता गरी तीन पक्षले असर गर्छ ।

‘सर्वप्रथम त निर्देशन कुन नियतमा दिइएको छ, त्यो हेरिन्छ र त्यसलाई कार्यान्वयन गर्ने निकायका कर्मचारीको नियत कस्तो छ, त्यसले पनि अर्थ राख्छ,’ पोखरेलले भने, ‘त्यसपछि निर्देशन पालनाका लागि उक्त कार्यालयमा जनशक्ति, आर्थिक स्रोतको अवस्था, कानुनी पाटोलगायत वातावरणले अर्थ राख्छ ।’  चर्चामा आउन र अरुलाई दोष दिन दिइएका कतिपय ‘हल्का’ निर्देशन कार्यान्वयनमा आउन नसकेको उनको टिप्पणी छ । ‘निर्देशन दिनेले त्यसका पछाडिको कारण नहेरी चर्चाका लागि पनि निर्देशन दिएको पाइन्छ,’ उनले भने, ‘पछिल्ला समयमा निकै हल्का ढंगले निर्देशन दिने क्रम बढेका कारण पनि कर्मचारीले ती निर्देशनलाई गम्भीर रुपमा लिन छाडेको हुन सक्छ ।’

नेपालमा काम नहुने भए पनि निर्देशन दिनुपर्छ भन्ने संस्कृति विकास भएकाले पनि कार्यान्वयन पक्ष फितलो देखिएको उनको विश्लेषण छ ।

सरकारको नेतृत्व लिएकै दिनदेखि हालसम्म प्रधानमन्त्री दाहालले पटकपटक र मन्त्रालयगत गरी सयभन्दा बढी निर्देशन दिइसकेका छन् तर अधिकांश निर्देशन पालना हुन सकेका छैनन् ।

प्रधानमन्त्रीले पदबहाली गरेकै दिन दिएको चारबुँदे निर्देशन, साउन २३ गतेको २८ बुँदे निर्देशन, भदौ २३ मा संसद्मा गरिएको सम्बोधन र त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयलाई दिइएको निर्देशनसमेत पालना नभएको भन्दै दाहाल सचिवहरूसँग कड्किएका थिए ।

प्रधानमन्त्री दाहालले श्रम, कृषि, सहरी विकास, स्वास्थ्य, शिक्षालगायत मन्त्रालयलाई छुट्टाछुट्टै दिएका निर्देशन पनि कुनै कार्यान्वयनमा आउन नसकेको गुनासो गरे । उनले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पहिलेका सबै निर्देशन तत्काल कार्यान्वयनमा लैजान सचिवहरूलाई निर्देशन पनि दिए ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष गणेशमान गुरुङले कानुन तथा प्रक्रिया पूरा गर्ने क्रममा काममा ढिलाइ हुने गरेको स्विकारे । ‘निर्देशन दिनेले छिटो नतिजाको चाहना राख्छ,’ उनले भने, ‘तर नियमपूर्वक काम गर्ने क्रममा कर्मचारीले सबै प्रक्रिया पु¥याउँदा ढिलो हुने गरेको छ ।’

कर्मचारीतन्त्रमा काममा ढिलाइ गर्ने संस्कार नै विकसित भएका कारण पनि सरकारी निर्देशन समयमा पूरा नभएको उनले सुनाए ।

‘प्रधानमन्त्री तथा मन्त्रीका निर्देशनलाई कर्मचारीले अवहेलना नै गर्छन् भन्ने त होइन,’ उनले भने, ‘अख्तियारका डरका कारण पनि काममा सुस्तता आउने गरेको चाहिँ पक्कै हो ।’

निर्देशन दिनेले कार्यान्वयन हुने÷नहुने सबै अवस्था हेरेर मात्र दिन आवश्यक रहेको गुरुङको सुझाव छ ।

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले हचुवाका भरमा निर्देशन दिने क्रम बढेका कारण समस्या आइरहेको बताए । ‘पछिल्ला समयमा निर्देशन दिने र काम भएन भनेर कर्मचारीलाई दोष दिने क्रम बढेको छ,’ ती कर्मचारीले भने, ‘सम्भव नै नहुने कुराको निर्देशन दिने र काम भएन भनेर अरुलाई आरोप लगाएर आफू हिरो बन्न खोज्ने लहडले समस्या आइरहेको छ।’ प्रधानमन्त्री तथा मन्त्रीहरुले निर्देशन दिनुपूर्व उक्त निर्देशन कार्यान्वयनका लागि जनशक्ति, बजेट, वातावरण, कानुन भए÷नभएको विस्तृत अध्ययन गरेर मात्र दिनुपर्ने ती कर्मचारीले औंल्याए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले दिएका धेरै निर्देशन कार्यान्वयनमा आउन नसक्नुका पछाडिका कारण पनि यही रहेको ती कर्मचारीको भनाइ छ ।

दाहालले सचिवहरुको बैठकमा पटक–पटक दिएका निर्देशन कार्यान्वयनमा आउन नसक्नुका कारण खुलाएर विवरण पेस गर्नसमेत निर्देशन दिएका छन् । ‘निर्देशनहरु के–के कारण कार्यान्वयनमा आएनन्, कुन निर्देशनमा के कस्तो प्रगति भएका छन्, सबैको विवरण पेस गर्नुहोला,’ बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘मैले यसअघि पनि पटकपटक निर्देशन दिइसकेको छु। अब मलाई अपेक्षित नतिजा चाहियो । म यसको व्यग्र प्रतीक्षामा छु ।’

विगतका निर्देशन कार्यान्वयनमा आउन नसकेपछि प्रधानमन्त्री दाहालले तिनै निर्देशन पालना गर्न र विवरण पेस गर्न पुनः २६ बुँदे निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले पदबहाली गर्ने क्रममा ४५ दिनभित्र भूकम्प प्रभावित परिवारहरुलाई आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन एवं पुनर्निर्माण कार्यलाई शीघ्रातिशीघ्र कार्यान्वयन गराउन, सबै प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र चिकित्सक पठाउन, गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गर्न, देशभरिका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्यादभित्रै आउने परिवारलाई प्रोत्साहनस्वरुप १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन निर्देशन दिएका थिए।

‘यी विषयमा हालसम्म के कति प्रगति भयो, नतिजा सहित अद्यावधिक विवरण उपलब्ध गराउनुहोला,’ दाहालले सोमबारको बैठकमा निर्देशन दिएका थिए ।

संविधानको प्रभावकारी कार्यान्वयन गर्न, शान्ति सम्झौताका बाँकी कार्य सम्पन्न गर्न, भूकम्पपश्चातको पुनर्निर्माणलाई गति दिन, बजार अनुगमन गरी सुलभ रुपमा उपभोक्तालाई वस्तु र सेवा वितरण हुने व्यवस्था गर्न, ऊर्जा संकट क्रमशः न्यूनीकरण गर्न, विकास निर्माणका कार्यलाई तीव्रता दिन र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन तथा सदाचार कायम गर्ने विषयलाई समेत समावेश गरी २०७३ साउन २३ गते दिएको २८ बुँदे निर्देशनको कार्यान्वयन अवस्था र परिणामसमेत देखिने गरी अद्यावधिक प्रगति विवरण उपलब्ध गराउन पनि उनले निर्देशन दिएका छन् ।

यसैगरी, व्यवस्थापिका संसद्मा भदौ २३ गते जनताका नाममा दिएको सम्बोधनका विषयको कार्यान्वयन अवस्था, गरिबका लागि सरकार विशेष अभियान कार्यक्रमको अवस्था, वित्तीय अनुशासनभित्र रही कार्य र क्रियाकलाप सञ्चालन गर्न के कस्ता प्रयत्न भएका छन् त्यसको विवरण,  राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको अवस्था, बेरुजु फस्र्योट, विकास खर्चलाई बढाउने विषयमा भएका कामको विवरण उपलब्ध गराउन पनि उनको निर्देशन छ।
अर्को समाचार
कर्मचारीले टेर्दैनन् प्रमुखलाई
२६ माघ २०६९
•
५ मिनेट पाठ
कर्मचारीले टेर्दैनन् प्रमुखलाई
गोविन्द केसी, दैलेख, माघ २७- कार्यालय प्रमुखको निर्देशनमा कार्यालयका कर्मचारीले काम गर्नुपर्ने हो तर, प्रमुखलाई नर्टेरेर मनपरी तरिकाले हिड्छ भने कार्यालयको के हालत होला? जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. सुन्दरश्याम झाले नै कर्मचारी र स्वास्थ्यकर्मीबाट पिडित भएको गुनासो सार्वजनिक कार्यक्रम मार्फत गर्छन भने सेवाग्राही विरामीहरुको अवस्था के होला?
यहाँ गरिएको एक सार्वजनिक कार्यक्रममा केही सेवाग्राहीले कार्यालयप्रति गरेको गुनासोको जवाफमा झाले आफुलाई नै कर्मचारीले नर्टेने गरेकोले कर्मचारीबाट पिडित भएको गुनासो गरेपछि कार्यक्रम भएको सभा हल हाँसोले गुन्जयमान भएको थियो।

गुणस्तरीय विकास योजना र प्रभावकारी सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाईमा स्वास्थ्य कार्यालयसंग सम्वन्धीत गुनासाहरुको उत्तरको प्रतिक्षामा बसेका सेवाग्राहीहरुले आफ्नो गुनासाहरुको उत्तर दिन बसेका जवाफदेही वत्ताका रुपमा बसेको कार्यालय प्रमुख झाले प्रमुख जिल्ला अधिकारीमाँझ उल्टै आफ्ना गुनासा राखेपछि सेवाग्राहीहरु दंग परेका थिए। 'म कार्यालय प्रमुख भएपनि कर्मचारी दिउ"सै रक्सी खाएर आउने गर्छन जती भने पनि कहिल्यै टेर्दैनन्।' जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. झाले भने, 'जिल्ला स्वास्थ्य कार्यालयका भन्दा पनि अस्पताल विकास समितिका जस्ता देखीन्छन्।'
ईमरजर्सी कक्ष अस्तब्यस्त भएको, एक्सरे मेशिन अस्पतालका सामान्य कर्मचारीले चलाएर विरामीहरुले जोखीम मोलिरहेको र स्वास्थ्यकर्मीबाट विरामीहरुको हेरचारमा लापरवार्ही हुने गरेको गुनासाहरु सार्वजनिक सुनुवाईमा उठेका थिए। नजिकै बसेर स्वास्थ्य कार्यालयका प्रमुख डा. झाको गुनासा सुनीरहेका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियासमेत अच्चमीत परेका थिए। जिल्ला स्वास्थ्य कार्यालयमा दरवन्दीका डाक्टरहरु, लेखापाल लगायतका कर्मचारीहरु छैनन्।
त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले द्धन्द्धपिडितका लागि आएको राहत कार्यक्रम अर्न्तगत ४० लाख रुपै"या जिल्ला कृर्षी विकास कार्यालय मार्फत कुनै पनि कार्यक्रम नगरि निकासा गरिएको गुनासा आएको थियो। द्धन्द्धपिडितका लागि आएको ४० लाख रुपै"या एक निर्वाचन क्षेत्रमा २० लाखका दरले वितरण गरिएको थियो। सेवाग्राहीहरुले प्रभावकारी काम नभएरै रकम निकासा भएको आरोप लगाएका थिए। नारायण नगरपालिकाका कार्याकारी अधिकृत गगनबहादुर विके कार्यालयमा महिनाको ५ दिनपनि नसक्ने भन्दै सेवाप्रभावित भएको गुनासो उठेको थियो। आर्थिक जिम्मेवारी नदिएर गएपछि समस्या भएको निमित्त कार्यकारी अधिकारी निरक रावलले बताए।
जिविस र जिल्ला शिक्षा कार्यालयले ब्यापक रुपमा योजनाहरुबाट प्राविधिक खर्च भने कुल रकमको १० प्रतिशत रकम उपभोक्ता समितिहरुबाट लगे मात्र हिसावकिताव फरफार गर्ने गरेको सेवाग्राहीले गुनासो गरेका थिए। जिल्लास्थित सरकारी कार्यालयहरुमा हुने कमीकमजोरी सुधार्न कदम चाल्ने प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले बताए। न्युन सेवाग्राही उपस्थित भएको सार्वजनिक सुनुवाईमा जवाफदेहिताको रुपमा आधा दर्जन सेवाप्रदायक सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए। सार्वजनिक सुनुवाईको आयोजना असल शासन जिल्ला समन्यव समितिले गरेको थियो।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस