काठमाडौँ, जेठ १५ (नागरिक)- एमाले नेतृत्वको सरकारमा सहभागी हुने बारे नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरुले फरक मत राखेका छन्। शुक्रबार बसेको बैठकमा सरकारमा जान नहुने तर्क केही सदस्यहरुले राखेका हुन्।
संविधान सभाको पछिल्लो निर्वाचन परिणामले नेपाली कांग्रेसको संगठन र संरचना कमजोर भएको प्रमाणित गरेको हुँदा अहिले कै अवस्थामा सरकारमा गए पार्टीलाई झनै घाटा हुने विश्लेषण उनीहरुले गरेका थिए।
गोविन्दराज जोशी लगायत केही केन्द्रीय सदस्यहरुले सरकारमा सहभागी हुन नहुने तर्क गरे पनि सरकारमा जान पार्टी सिद्धान्ततः सहमत भइसकेको छ। सरकारमा पार्टीको नेतृत्व कसले गर्ने र कसकसलाई मन्त्री बनाउने भन्ने सम्बन्धमा शनिबार बिहान ८ बजे बस्ने बैठकले निर्णय गर्ने बताइएको छ।