नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदकाे निर्वाचनकाे लागि उम्मेदवारी दर्ता गराएकि छिन्। शनिबार संघीय संसद्को लोत्से भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकि हुन्।
उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायतको साथमा उम्मेदवारी दर्ता गराउन गएकि थिइन्।
शाक्यको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् भने समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन्।
एमालेको शनिबार बसेको सचिवालयको बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उता सत्ता गठबन्धनबाट तीन उम्मेदवार हुने भएका छन्। जनमत पार्टीकी नेतृ ममता झाले उम्मेदवारी दर्ता गराइसकेको छिन् भने जसपाबाट दुई उम्मेदवार उठाउने बताइएको छ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ। उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ।