सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको मुद्दा फैसलाको पूर्ण पाठ मगलबार सार्वजनिक गर्दै विदेशी नागरिकता लिएका नेपालीले अर्को मुलुक छोडेर आएमा गैरआवासीय नेपालीको मान्यता पाउने उल्लेख गरेको छ।
लमिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिँदा पेस गरेको नागरिकतामा प्रश्न उठाउँदै दायर मुद्दामा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गत माघ १३ गते गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो।
अदालतले देश छोडेर गएको तर कालान्तरमा नेपाल फर्केर आउने मनसाय राखेको कुरालाई व्यावहारिक यथार्थ मानेको छ। कुनै नेपाली अर्को मुलुकको नागरिक हुने स्थिति आएमा त्यस्ता व्यक्तिले गैरआवासीय नेपालीको रूपमा मान्यता पाउने व्याख्या अदालतको छ। सर्वोच्चले विदेशमा लामो समय स्थायी बसोबास गर्ने नेपालीलाई देशको कानुनको अधिनमा रही स्थायी बसोबास गरेको मुलुकको नागरिकतासमेत लिएको वा लिनसक्ने स्पष्ट पारेको छ। अर्को मुलुक छोडेर आएमा गैरआवासीय नेपालीको मान्यता पाउने उल्लेख गरेको छ।
‘गैरआवासीय नेपालीमा रहेको ज्ञान, सीप, अनुभव, पुँजी र प्रविधिको उपयोग नेपाल राष्ट्रका लागि पनि महत्वपूर्ण र लाभदायी हुन सक्छ’, फैसलामा लेखिएको छ, ‘त्यसैले संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गरिएको छ।’