काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले यही मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता हुने बताएका छन्। सरकार गठन भएको सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक मस्यौदा तयार भइसकेकाले कात्तिकभित्रै संसद्मा दर्ता हुने बताए। उनले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसद्मा लैजान लागिएको जानकारी दिए।
संशोधन मस्यौदाका विषयमा शनिबार सरकारले प्रतिपक्ष दल एमालेसँग छलफल गर्ने र त्यसपछि संसद्मा प्रस्ताव दर्ता प्रक्रिया अगाडि बढाउने तयारी भएको उनले बताए। उनले अब कुनै पनि हालतमा संशोधन प्रस्ताव दर्ता हुनबाट नरोकिने पनि जानकारी दिए।
'संशोधन प्रस्ताव यो महिनाभित्र कुनै पनि हालतमा दर्ता हुन्छ,' उनले भने, 'दर्ताका विषयमा दुविधामा बस्नु पर्दैन। हामीले सहमतिमै संशोधन दर्ता गर्न लागेका छौं। सहमति भएन भने पनि दर्ता प्रक्रिया रोकिँदैन।' उनले संविधान संशोधन प्रस्ताव दर्ता हुनेमा शंका नगर्न सबैलाई आग्रह गरे।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्न सहमति दिएको जानकारी दिए। 'प्रतिपक्ष दलका नेता केपी ओलीसँग संशोधन मस्यौदाका विषयमा मैले जानकारी गराइसकेको छु। उहाँले लगत्तै ठिक छ, संशोधन प्रस्ताव दर्ता गर्नुस्, त्यसमा मेरो सहमति छ भन्नुभएको थियो,' प्रधानमन्त्री दाहालले भने, 'तर पछिल्लो समय प्रतिपक्षबाट केही फरक धारणा आएपछि पुनः छलफल अगाडि बढाइएको हो।'
सरकारले संशोधन प्रस्ताव २५ गते नै संसद्मा दर्ता गराउने तयारी गरेको भए पनि प्रतिपक्षबाट फरक धारणा आएपछि सहमतिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा रोकिएको उनले बताए।
'एमाले अध्यक्ष ओलीसँग भएको छलफलपछि हामीले २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेका थियौँ। यो कुरामा संविधान संशोधन माग राख्ने पक्षमा पनि सहमति जनाएका थिए,' दाहालले भने, 'तर एमालेबाट केही फरक विचार आएपछि पुनः सहमतिका लागि छलफल अगाडि बढाइएको हो।'
उनले एमाले अध्यक्ष ओलीसँग सीमांकनमा केही जिल्ला हेरफेर हुने, नागरिकतामा अन्तरिम संविधानअनुसार व्याख्या गर्ने, राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्व बढाउने र आदिवासी जनजाति प्रतिनिधित्वको कुरा भएको जानकारी दिए।
प्रधानमन्त्री दाहालले संविधान संशोधन भइसकेपछि तत्कालै स्थानीय तहको निर्वाचन मिति तोकेर देशलाई अगाडि बढाउने सरकारको तयारी रहेको बताए। 'सहमतिमा संविधान संशोधन भयो भने देश निर्वाचनतिर अगाडि बढिहाल्छ,' उनले भने, 'संशोधनलगत्तै पहिला स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर अन्य प्रक्रियाअगाडि बढाइनेछ।'
एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफ्नो सरकारले ३ सय दिनमा पनि गर्न नसक्ने काम एक सय दिनमै गरेर ठूलो उपलब्धि हासिल गरेको दाबी गरे। तर, उनले सार्वजनिक गरेका ७७ बुँदे उपलब्धिमा अधिकांश उपलब्धि प्रक्रियामा रहेका काम र निर्देशन दिइएका विवरण रहेका छन्। निर्देशनको कार्यान्वयनका अवस्थाबारे उपलब्धिमा स्पष्ट उल्लेख गरिएको छैन।
संविधान कार्यान्वयन सकारात्मक दिशातर्फ
प्रधानमन्त्री दाहालले सरकार गठनपछि संविधान कार्यान्वयन दिशामा सरकारले राम्रो प्रगति गरेको दाबी गरे। यसबीच सरकारले संविधानअनुरुप प्रत्येक प्रदेशमा उच्च अदालत र उच्च सरकारी वकिलको कार्यालय स्थापना गरेको, भाषा आयोग गठन, संविधान कार्यान्वयनका लागि विभिन्न विधेयक संसद्मा पेस हुनु सकारात्मक रहेको उनले बताए।
प्रधानमन्त्री दाहालका अनुसार यस अवधिमा व्यवस्थापिका संसद्बाट १४ वटा विधेयक पारित भएका, ३९ वटा विधेयक विचाराधीन रहेका, संसद्मा पेस गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट दुइटा विधेयक स्वीकृति प्रदान गरिएको र ३४ वटा विधेयक सैद्धान्तिक सहमति प्रदान गरिएको छ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने सन्दर्भमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीसँग गहन छलफल गरेर समयमै काम सक्नेतर्फ अघि बढिरहेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए।
एक सय ११ प्रतिशत बढी राजस्व
सरकार गठनपछि राजस्व संकलनमा समेत उल्लेख्य प्रगति भएको विवरण प्रधानमन्त्रीले सार्वजनिक गरेका छन्। वार्षिक कुल राजस्वमध्ये असोजसम्मको लक्ष्य १ खर्ब १४ अर्ब ७८ करोड २३ लाख रुपैयाँ रहेकामा १ खर्ब २७ अर्ब ३ करोड ६७ लाख असुली भएको छ। उक्त रकम लक्ष्यको तुलनामा १ सय ११ प्रतिशत र गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशत बढी हो।
प्रधानमन्त्री दाहालले करको दायरा बढाई राजस्व संकलनलाई प्रभावकारी बनाउन आयकरतर्फ ६१ हजार ५७ र मूल्य अभिवृद्धि करतर्फ ४ हजार १९ जना थप करदातालाई करको दायरामा ल्याइएको जानकारी दिए।
सरकार गठनपछि तराई मधेस आन्दोलनमा मृत्युवरण गरेका ११ जना सुरक्षाकर्मीसमेत ५२ जनालाई सहिद घोषणा गरिएको छ। तराई मधेस र थरुहट आन्दोलन क्रममा घाइतेलाई औषधिउपचार गराउन २ करोड ४० लाख निकासा गरेको, युद्धमा सहिद भएका तथा बेपत्ता १ हजार ६ सय ५ जना व्यक्तिका परिवारका लागि आर्थिक सहायतास्वरुप ३२ करोड १६ लाख १ हजार निकासा गरिएको छ।
भूकम्पपीडितलाई राहत वितरण
सरकारको सय दिनको अवधिमा झन्डै ५ लाख भूकम्प प्रभावितलाई निजी आवास निर्माणका लागि पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ रकम उपलब्ध गराइएको छ। भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिन र पुनर्निर्माण गर्न ४५ दिने कार्ययोजना दिइएअनुरुप भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जम्मा ५ लाख ३३ हजार १ सय ८२ लाभग्राहीमध्ये अहिलेसम्म ४ लाख ६९ हजार २ सय ४७ परिवारसँग सम्झौता भएकोमा उनीहरुलाई पहिलो किस्ताबापतको अनुदान प्रदान गरिएको छ। यस्तै भूकम्पपछिको पुनर्निर्माणका लािग राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र विभिन्न मन्त्रालय तथा निकायमा गरी ३ हजार ५ सय जनशक्ति परिचालन गरिएको पनि सय दिनको उपलब्धिमा उल्लेख छ।
यो अवधिमा मेरो धरहरा मै बनाउँछु अभियानअन्तर्गत राष्ट्रिय पुनर्निर्माण कोसमा १४ करोड २९ लाख रुपैयाँ जम्मा भएको छ भने धरहरा पुनर्निर्माणका लागि आर्किटेक्चरल तथा स्टकचरल परामर्शका लागि परामर्शदातासँग सम्झौता भएको छ।
मेलम्चीको पानी आगामी वैशाखमा
सरकारले मेलम्चीको पानी आगामी वैशाख १ गते राजधानीमा आउने गरी काम अगाडि बढाएको पनि सय दिनको उपलब्धिमा उल्लेख छ। 'मिति २०७४ वैशाख (नववर्ष) मा मेलम्चीको पानी काठमाडौंमा आउने गरी काम गर्न निर्देशन दिएको छु,' प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको उपलब्धिमा भनिएको छ, 'यसलाई प्रभावकारी बनाउन प्रत्येक १५ दिनमा कार्यसम्पादन प्रगति उपलब्ध गराउने व्यवस्था गरिएको छ।'
यसैगरी, यो अवधिमा १७ सहरमा 'एक सहर एक पहिचान कार्यक्रम', रुकुमकोट, लिवाङमा 'स्मार्ट सहर', निजगढ, पालुङटार, लुम्बिनी, दुल्लु, वालिङ, अमरगढी, कास्की (पोखरा–व्यास), सुनसरी (विराटनगर–धरान), काठमाडांै लगायत १३ वटा स्थानमा 'मेगासिटी' को काम अगाडि बढेको, नेपाल–चीनबीचको सीमा नाका रसुवाको टिमुरेमा तथा सुदूरपश्चिमको दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढेको, प्रदेश २, ५ र ६ मा क्रमशः बर्दिबास, बुटवल, र सुर्खेतमा नयाँ मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ति प्रक्रियासमेत अगाडि बढेको छ।
सरकारले वैदेशिक रोजगारमा गई करार अवधिभित्र अंगभंग तथा मृत्यु भएका कामदार वा निजका हकवालालाई प्रदान गरिने राहत तथा क्षतिपूर्ति रकमसमेत बढाएको छ। विगतमा क्षतिपूर्तिबापत दिइँदै आएको ३ लाखलाई बढाएर ७ लाख बनाइएको प्रधानमन्त्री दाहालले बताए।
सरकारले यस अवधिमा यातायात व्यवस्था विभागको कामकारबाही विकेन्द्रित गरी सेवा प्रवाहमा नागरिकको सहज पहुँच व्यवस्था गर्न उपत्यकाका तीन स्थान भक्तपुरको सूर्यविनायक, काठमाडौंको चाहबिल तथा कलंकीमा नयाँ यातायात कार्यालय स्थापना गरेको, नगरक्षेत्रमा नगरपालिकाद्वारा ठूला बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत नगरवस कम्पनी स्थापनाका लागि सम्भाव्यता अध्ययन, अवधारणा तयार गर्न समिति गठन, 'गरिबका लागि सरकार' कार्यक्रम सञ्चालनका लागि अवधारणापत्र तयार गरेको छ।
यसैगरी, सय दिनको अवधिमा हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, बीरगन्ज चिनी कारखाना जस्ता बन्द भएका उद्योगहरु पुनर्सञ्चालन गर्ने र रुग्ण गोरखकाली रबर उद्योगको सञ्चालन सुधार सम्बन्धमा प्रक्रिया अगाडि बढेको, नेपाल औषधि लिमिटेड पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न गठित अध्ययन टोलीको प्रतिवेदनअनुरुप लिमिटेड सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ। यस्तै, काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा विधुत लोडसेडिङ पूर्ण रुपमा हटाउने सम्बन्धमा परीक्षण प्रसारण सफल भइरहेको समेत सय दिनको उपलब्धिमा उल्लेख छ।