संविधान र गणतन्त्रको रक्षाका लागि ८ दलीय समीकरण: पूर्व सभामुख महरा
२० फागुन २०७९
•
२ मिनेट पाठ
संविधान र गणतन्त्रको रक्षाका लागि ८ दलीय समीकरण: पूर्व सभामुख महरा
कार्यकर्तासँग अभिवादन साट्दै उपाध्यक्ष महरा। तस्बिर: महेश्वर।
पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संविधान, सङ्घीयता, गणतन्त्रको रक्षार्थ ८ दलीय नयाँ समीकरण बनेको बताएका छन्। 




शनिबारदेखि कटारीमा सुरु पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (एन्टो) को प्रदेश दोस्रो अधिवेशन उद्घाटन गर्दै महराले सो कुरा बताएका हुन्।

माओवादीले नेपाली काँग्रेससहित अन्य ६ दलसँग गठबन्धन गर्दै देशमा प्राप्त संविधान, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थाजस्ता परिवर्तनको रक्षा गर्न चाहेको उनले प्रस्ट्याए।

राजनीतिक वृत्तमा व्यङ्ग्य गरेजस्तो माओवादी ‘काँग्रेसको ढोक्सामा नपरेको’ उनको भनाई थियो। 

‘८ दलीय गठबन्धन गर्दा माओवादी काँग्रेसको ढोक्सामा परेको होइन न कसैको ढोक्सामा पर्ने पार्टी नै हो’ महराले भने ‘सङ्घीयता, संविधान, गणतन्त्रजस्ता परिवर्तनको रक्षा गर्नका निम्त नयाँ गठबन्धन बनाइएको हो।’ 
उनले देशमा बाँकी शान्ति प्रक्रिया टुंग्याउन पनि लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्नु परेको बताए।

सङ्घीयता र गणतन्त्रका पक्षधरहरुबीच कार्यगत एकता र गठबन्धन नगरेसम्म संविधान र गणतन्त्र बचाउन गाह्रो देखिएकाले ८ दलीय गठबन्धन गर्नु परेको उनले बताए।

उपाध्यक्ष महराले अबको राष्ट्रपति नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नै हुने पनि बताए। पौडेललाई गठबन्धनले राष्ट्रपतिको उम्मेदवार बनाईसकेको भन्दै उनलाई चुन्नु नैतिक जिम्मेवारी भएको भाव व्यक्त गरे। संविधानको मूल रक्षक राष्ट्रपति हुने भएकाले त्यो दायित्व निर्वाह गर्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न तथा गणतन्त्रको रक्षा गर्न नयाँ समीकरण बनाएको उनको प्रष्टोक्ति थियो।

एमालेसँगको २ महिने सहकार्यले संविधान र गणतन्त्रको रक्षा गर्ने सम्भावना नदेखेपछि ८ दलीय गठबन्धन बनाउनु परेको बताए। एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दा र अन्य विभिन्न सञ्चार माध्यसँग अन्तर्वार्तामा संसद् विघटन गर्नु जायज भएको भाव व्यक्त गरेको भन्दै महराले उनीबाट फेरि पनि संविधानको असुरक्षा देखिएपछि राजनीतिक समीकरण परिवर्तन भएको महराको भनाई थियो।

‘ओलीजीले संसद्मा बोल्दा र विभिन्न सञ्चार माध्यामहरुलाई दिएको अन्तर्वार्तामा संसद् विघटन ठिक थियो भन्ने भाव व्यक्त गर्दै आउनु भएको छ’ महराले भने ‘यसको मतलब फेरि पनि विघटन गर्न चाहेको देखिन्छ। त्यसो गर्दा संविधानको रक्षा नहुने देखेर नयाँ समीकरण बनाइएको हो।’
महराले भर्खरै प्रदेश १ को नामाकरण ‘कोशी’ घोषणालाई उनले ‘सम्झौता’को संज्ञा दिए। सम्झौतामा आफूले भनेको मात्र नहुने र कतिपय कुरामा अरूको माग पनि मानिदिनुपर्ने भन्दै उनले माओवादीले पहिचानको मुद्दा नछोडेको दाबी गरे। कोशी प्रदेश नामाकरणलाई नै लिएर माओवादीले पहिचान छाडेको भन्ने कसैले बुझ्छ भने त्यो गलत भएको भन्दै अहिले पनि पार्टी पहिचानकै अडानमा रहेको बताए।

जन युद्धकालदेखि उठाइएको पहिचानका नामहरू कोचिला, लिम्बुवान, किरात प्रदेशको पक्षमा पार्टी अझै रहेको भन्दै उनले त्यसबारे छलफल जारी रहने उनको भनाइ थियो।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
९ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
यो पनि पढौँ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस