प्रभावकारी सेवा दिन कार्यसम्पादन सम्झौता
०३ कार्तिक २०७३
•
६ मिनेट पाठ
प्रभावकारी सेवा दिन कार्यसम्पादन सम्झौता
काठमाडौं- सरकारी कार्यालयका काम प्रभावकारी र जनउत्तरदायी बनाउन सबै मन्त्रालयले मातहतका विभाग, आयोजना, महाशाखा र कार्यालय प्रमुखसँग अनिवार्य कार्यसम्पादन सम्झौता गर्न थालेका  छन्।




सरकारी काम प्रभावकारी नभएको, जनताले सहज सेवा पाउन नसकेको र कार्यालयहरूको कार्यसम्पादन समेत सन्तोषजनक नभएको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयका जिम्मेवार निकाय प्रमुखसँग अनिवार्य कार्यसम्पादन सम्झौता गर्न थालेको हो  ।

मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा असोज १७ गते बसेको सचिवहरुको बैठकले निजामती सेवा ऐन तथा नियमावली व्यवस्था अनुसार प्रत्येक मन्त्रालयका सचिवले मातहतका सबै विभाग, आयोजना तथा महाशाखाको नेतृत्व गर्ने अधिकारीसँग कार्यसम्पादन सम्झौता गराउने निर्णय गरेको थियो ।

बैठकको निर्णयपछि विभिन्न मन्त्रालयले मातहतका विभाग र महाशाखा प्रमुखसँग धमाधम कार्यसम्पादन सम्झौता गर्न थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए । उनका अनुसार उक्त निर्णयपछि केही मन्त्रालयले मातहतका निकाय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिसकेको र केहीले गर्ने क्रममा रहेको विवरण उपलब्ध गराएका छन् ।

‘ऐनमा नै भएको व्यवस्र्था कार्यान्वयनमा ल्याउन लागिएको हो,’ उनले भने, ‘यो सम्झौता पालना भएपछि सरकारी काम निकै प्रभावकारी रुपमा अघि बढ्ने छन् ।’ उनले यस्तो सम्झौताले कार्यालय, महाशाखा तथा आयोजना प्रमुखलाई काममा थप उत्तरदायी बनाउने बताए ।

यस्तो सम्झौतामा विभाग, आयोजना तथा महाशाखा प्रमुखले एक वर्षको अवधिमा वा कुनै निश्चित समयसीमाभित्र गर्ने कामको लक्ष्य तोक्ने, लक्ष्य हासिल गर्न आवश्यक बजेट, जनशक्ति र अन्य साधनस्रोत परिचालन तथा प्राप्त हुने नतिजा विवरण उल्लेख गरिएको हुन्छ ।

सम्झौता अनुसार लक्ष्य अनुसार काम गर्ने र सोभन्दा राम्रो गर्ने कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनमा बढी नम्बर उपलब्ध गराउनुका साथै बढुवा र पुरस्कृत गरिने छ । सम्झौता अनुसार लक्ष्य पूरा नगर्ने कर्मचारी भने कारबाहीमा पर्ने छन् ।

नियमावली अनुसार काबुबाहिरको परिस्थितिबाहेक कार्यसम्पादन सम्झौता बमोजिम काम सम्पन्न गर्न नसक्ने विभाग, आयोजना प्रमुख वा कार्यालय प्रमुखलाई दुई वर्षसम्म कुनै पनि प्रमुख पदको विशेष जिम्मेवारी दिइने छैन । सम्झौता अनुसार कार्य गर्न नसक्ने कार्यालय प्रमुखलाई विभागीय कारबाहीसमेत हुने छ ।

प्रवक्ता रेग्मीका अनुसार कार्यसम्पादन सम्झौताअनुसार काम भएनभएको अनुगमन भने सम्बन्धित मन्त्रालयका सचिव र मन्त्री तथा प्रधानमन्त्री कार्यालयबाट हुने छ । प्रभावकारी सेवा प्रवाहका लागि गरिने कार्य सम्पादन सम्झौतालाई समेत थप व्यवस्थित गर्न आवश्यकता अनुसार निर्देशिका बनाउनु पर्ने उनले बताए ।

‘अहिलेलाई निजामती सेवा नियमावलीमा भएको व्यवस्था अनुसार काम अगाडि बढाउन सुरु गरिएको छ,’ उनले भने, ‘विगतमा कानुन भए पनि कार्यान्वयनमा आउन नसकेको यो व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सरकारी कार्यालयको कार्यसम्पादनप्रति रहेको जनगुनासो क्रमशः कम गर्दै लाने योजना बनाइएको छ ।’

ऐनको दफा १५ अनुसार केन्द्रीयस्तरका विभाग प्रमुख वा विभागस्तरको कार्यालय प्रमुखको हकमा सम्बन्धित मन्त्रालयका सचिवले, आयोजना प्रमुखको हकमा मन्त्रालय अन्तर्गतको भए सम्बन्धित मन्त्रालयको सचिवले, विभाग अन्तर्गतको आयोजना भए सम्बन्धित विभागीय प्रमुखले कार्यसम्पादन सम्झौता गर्नेछन् । त्यस्तै कार्यालय अन्तर्गतको आयोजना भए सम्बन्धित कार्यालय प्रमुखले, कार्यालय प्रमुखको हकमा सम्बन्धित विभागको प्रमुखले  र विभाग नरहेका कार्यालयको हकमा सम्बन्धित मन्त्रालयको सचिवले कार्यसम्पादन सम्झौता गर्नेछन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस