जब मिले दाहाल-सी-मोदी
०१ कार्तिक २०७३
•
११ मिनेट पाठ
जब मिले दाहाल-सी-मोदी
काठमाडौं- भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको त्रिपक्षीय अनौपचारिक भेटवार्ता शनिबार सामाजिक सञ्जालमा बहसको विषय बन्यो।




टि्वटर र फेसबुकको टाइमलाइनमा शनिबार भएको अनौपचारिक त्रिपक्षीय भेटघाटको पक्ष र विपक्षमा दिनभर बहस चलिरह्यो।

कतिले यसलाई नेपालको 'कमजोर कूटनीति' को रुपमा चित्रण गरे भने कतिले 'सबल'। नेपालले कूटनीतिलाई भारतको पोल्टामा सुम्पेको भन्दै आक्रोश व्यक्त गर्ने जति थिए, त्यति नै त्रिपक्षीय अनौपचारिक भेटमा दुई ठूला छिमेकी देशका नेताबीच बसेर प्रधानमन्त्री दाहालले देशको 'महत्व' बढाए भन्ने। कूटनीतिमा निकै दुर्लभ मानिने यस्तो दृश्य (भेटवार्ता) लाई परराष्ट्र मामिला जानकारले कुन रुपमा लिएका छन् त?

'अनौपचारिक रुपमा चीन, नेपाल र भारतका नेताबीच गोवामा भएको त्रिपक्षीय छलफल अत्यन्त सिम्बोलिक र अर्थपूर्ण छ,' पूर्वराजदूत दिनेश भट्टराईले नागरिकसँग प्रतिक्रिया जनाए। 

गोवामा आइतबार सम्पन्न भारत, चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको आठौं सम्मेलन 'ब्रिक्स आउटरिच समिट' मा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार त्यहाँ पुगेका थिए। नेपाल ब्रिक्सको सदस्य नभए पनि बहुपक्षीय आर्थिक मामिलासम्बन्धी बंगालको खाडीका राष्ट्रहरुको प्रयास (बिमस्टेक) को सदस्य भएका कारण पर्यवेक्षकका रुपमा गोवामा निमन्त्रणा गरिएको थियो। ब्रिक्स सम्मेलनमा बिमस्टेक सबै सदस्यलाई निमन्त्रणा गरिएको थियो।

ब्रिक्सको साइडलाइनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता भएपछि होटलको 'होल्डिङ रुम' मा दाहाल, मोदी र सीबीच त्रिपक्षीय अनौपचारिक छलफल भएको थियो।

भारतको विदेश मन्त्रालयले नेपाल, भारत र चीनका नेताबीच शनिबार साँझ भएको त्रिपक्षीय छलफललाई 'संयोग' बताएको छ। भारतले त्रिपक्षीय भेटवार्ता कुनै योजनाबद्ध नभएको आइतबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

भारतले तीन देशका नेताको सामूहिक भेटवार्तालाई संयोग बताए पनि प्रधानमन्त्री दाहालनिकट स्रोतका अनुसार शनिबार भएको भेटवार्ता संयोग मात्र थिएन। स्रोतले भन्यो, 'यो हामीलाई दिइएको कार्यक्रमअनुसार भएको भेटवार्ता होइन तर असल नियतले भेटवार्ता गर्ने माहोल बनाएको देखिन्छ। नत्र होल्डिङ रुम (प्रतीक्षालय) मा यति सजिलै बिनायोजना तीन देशका प्रधानमन्त्री तथा राष्ट्रपतिबीच भेटवार्ता हुन गाह्रो हुन्छ।'

स्रोतका अनुसार ब्रिक्स सम्मेलनमा सहभागी हुन पुगेका बिमस्टेक सदस्यराष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई एउटा होटल र ब्रिक्स सदस्यराष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई अर्को होटलमा राखिएको थियो। जसअनुसार बिमस्टेक सदस्यराष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई गोवाको होटल लिलामा राखिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाल निर्धारित कार्यक्रम अनुसार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्न शनिबार साँझ गोवाको होटल ताज एक्जोटिका पुगेका थिए। दाहाल र सीको भेटवार्तालगत्तै त्यही होटलमा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुखलाई 'रिटि्रट' कार्यक्रम राखिएको थियो। रिटि्रटमा बिमस्टेक सदस्यराष्ट्रलाई निमन्त्रणा थिएन।

सीसँग भेटपछि आफ्नो होटलमा फर्कन प्रधानमन्त्री दाहाल होटलको होल्डिङ रुममा बसेका थिए। कारगेड तयार हुँदै थियो। त्यति नै बेला अचानक चिनियाँ राष्ट्रपति सी दाहाल रहेको रुममा प्रवेश गरेका थिए। दाहाल र सीबीच १० मिनेटजति द्विपक्षीय के छलफल भएको थियो होल्डिङ रुममा भारतीय प्रधानमन्त्री मोदी प्रवेश गरेका थिए। त्यसपछि सुरु भएको थियो त्रिपक्षीय अनौपचारिक छलफल। दाहाल, मोदी र सीबीच करिब १५ मिनेट कुराकानी भएको थियो। तीन देशका नेतात्रयबीच त्रिदेशीय सहकार्य तथा सहयोगका विषयमा छलफल भएको थियो। त्यसपछि होल्डिङ रुममा ब्रिक्स सम्मेलनमा सहभागी हुन गोवा पुगेका दक्षिण अफ्रिका र ब्राजिलका नेता प्रवेश गरेका थिए।

'रिटि्रट कार्यक्रम सुरु नभएकाले चिनियाँ राष्ट्रपति होल्डिङ रुममा आउनु स्वाभाविक हो तर भारतका प्रधानमन्त्री बिनायोजना होल्डिङ रुममा आए भन्नु गलत हुन्छ। किनकि त्यति नै बेला अन्य देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुख रिटि्रट कार्यक्रममा सहभागी हुन त्यही होटल आउँदै थिए।

भारतीय प्रधानमन्त्री मोदी त उनीहरुको स्वागतमा उपस्थित हुनुपर्थ्यो तर उहाँ होल्डिङ रुममा आउनुभयो,' स्रोतले भन्यो, 'र, अर्को कुरा होल्डिङ रुममा यति लामो समय ग्याप राखेर नेता प्रवेश गराइँदैन।'

ठूला सभासम्मेलनमा राष्ट्रप्रमुख तथा सरकारप्रमुख होल्डिङ रुम प्रवेश गर्ने छुट्टै अभ्यास हुन्छ। प्राय यस्ता कार्यक्रममा सहभागी हुँदा अंग्रेजी वर्णानुक्रमअनुसार सम्बन्धित देशको राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई प्रवेश गराइन्छ। शनिबार प्रधानमन्त्री दाहाल बसेको होल्डिङ रुममा ब्राजिलका राष्ट्रपति प्रवेश नगरी सबैभन्दा पहिला चिनियाँ राष्ट्रपति प्रवेश गरे, त्यसपछि भारतीय प्रधानमन्त्री।

'भेटवार्ता योजनाबद्ध वा आकस्मिक (अनौपचारिक) जसरी भएको भए पनि यसको महŒव निकै बढी छ,' सुशील कोइराला प्रधानमन्त्री रहँदा उनका विदेश मामिला सल्लाहकार रहेका भट्टराईले भने, 'आगामी दिनमा त्रिपक्षीय सहकार्यका विषयमा छलफल गर्न यसले मार्गप्रशस्त गरेको छ।'

नेपालको शान्ति, स्थिरता र विकासमा दुई ठूला छिमेकीको सद्भाव र सहयोग अनिवार्य भएको हुँदा त्रिदेशीय भेटवार्ताले विश्वासको वातावरण बनाएको बुझाइ उनको छ।

स्रोतका अनुसार सन् २००२ मा काठमाडौंमा ११ औं सार्क सम्मेलन आयोजना हुँदा तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसरफलाई पनि होल्डिङ रुममा भेटवार्ता गराइएको थियो। सम्मेलनस्थल वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको होल्डिङ रुमबारे तिक्तता रहेका दुई राष्ट्र भारत र पाकिस्तानको नेताको भेटवार्ता गराइएको थियो। यो भेटवार्तालाई पनि त्यतिबेला आकस्मिक भनिएको थियो।

पूर्वराजदूत मधुरमण आचार्य भने शनिबार नेपाल, चीन र भारतको नेताबीच भएको त्रिपक्षीय अनौपचारिक भेटवार्ता सकारात्मक भए पनि बढी उत्साही हुन नहुने बताउँछन्। 'तीन देशका नेताबीच अनौपचारिक रुपमा कुरा हुनु राम्रो हो तर अहिले जसरी यसलाई उछालिएको छ त्यसरी बढी उत्साही हुनु राम्रो होइन,' आचार्यले भने। दुई ठूला छिमेकी देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई दायाँबायाँ राखेर कुरा गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उनी बताउँछन्।

पूर्व परराष्ट्रमन्त्री तथा पूर्व राजदूत भेषबहादुर थापा त्रिदेशीय छलफललाई मौकाको रुपमा लिनुपर्ने बताउँछन्। 'नेपाल, भारत र चीन त्रिपक्षीय आधारमा अघि बढ्न खोज्नु सकारात्मक सुरुआत हो। यो हाम्रा लागि एउटा मौका/अवसर पनि हो,' थापाले भने। त्रिदेशीय अवधारणाले नेपाललाई समृद्ध बनाउने विश्वास उनको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस