डेनिस सहयोगमा याेग सिक्दै नेता
३० भदौ २०७३
•
५ मिनेट पाठ
डेनिस सहयोगमा याेग सिक्दै नेता
काठमाडौं- संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन्। रेणु मात्र होइन, विभिन्न ठूला ६ दलका गनेमाने नेता दिनहुँ सखारै टंगालतिर झुल्किन्छन्।

नेताहरू त्यहाँ कुनै राजनीतिक बैठक वा भेटवार्ताका लागि भेला भएका भने होइनन्। उनीहरु शारीरिक एवं मानसिक स्फूर्ततानिम्ति व्यायाम (योग) गर्न आश्रम धाइरहेका छन्। योग कक्षाको व्यवस्था भने डेनमार्क सरकारको सहयोगले सम्भव भएको हो।

बिहान ६ देखि ९ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म दैनिक दुई चरणमा सञ्चालन हुने योग कक्षामा प्रवचन दिइन्छ।

साना–साना काममा पनि विदेशी सहयोगको मुख ताकेको आरोप खेपिरहेका नेता विदेशी सहयोगमा सञ्चालित योगसाधनामा सहभागी भएका हुन्। 

मंगलबार सुरु सातदिने उक्त योग तथा प्रवचन कक्षामा १२ नेता नियमित सहभागी छन्। डेनिस सरकारअन्तर्गतको 'डेनिस इन्स्टिच्युट फर पार्टी एन्ड डेमोक्रेसी' (डिइपिडी) ले भारतको इशा योगा सेन्टरबाट प्रशिक्षक ल्याई योग सञ्चालन गरेको हो।

योग कक्षामा नेपाली कांग्रेस नेत्री चित्रलेखा यादव, फोरम लोकतान्त्रिकका जितेन्द्र देव र हेमराज तातड, संघीय समाजवादी फोरम नेपालकी यादव, नेकपा माओवादी केन्द्रका दीनानाथ शर्मा र तमलोपाका सुरेश मण्डल भेटिन्छन्।

एमाले नेत्री अष्टलक्ष्मी शाक्य र परशुराम मेघी गुरुङ, विनोद भट्टराई, नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटा पनि योग कक्षामा अटाएका छन्। योग सूचीमा भएर पनि समाजवादी फोरमका अर्जुन थापा, तमलोपाका महामन्त्री जितेन्द्र सोनललगायत केही नेता काठमाडौं बाहिर रहेकाले उपस्थित हुन सकेका छैनन्।

'डेनमार्कको डिइपिडी भन्ने संस्थाले योग सञ्चालन गरिदिएको हो, उसको स्टेयरिङ कमिटीका व्यक्ति पनि त्यसमा सहभागी छन्,' फोरम नेपालकी यादवले नागरिकसँग भनिन्, 'इच्छुक अन्य पनि यहाँ आउन सक्छन्।'

योगका लागि पार्टी नेतालाई पनि बोलाइएपछि आफू पनि सहभागी भएको उनले बताइन्। 

नेतालाई आफूअनुकूल समयमा योग कक्षामा सहभागी हुन सक्ने व्यवस्था संस्थाले मिलाइदिएको छ।

'उपयुक्त जुनसुकै समयमा प्रशिक्षण लिन सकिने व्यवस्था रहेछ, माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शर्माले भने, 'म बिहानको सिफ्टमा जान्छु।'

योग र प्रवचनमा सहभागी हुँदा शारीरिक मात्र होइन, मानसिक रुपमा पनि स्फूर्ति बढेको उनले अनुभव सुनाए ।

प्रशिक्षक तनुजाले योग कक्षामा सहभागी नेतालाई 'इगो सर्जरी', 'सेल्फ रियलाइजेसन', 'साइलेन्ट रेभुलेसन' र 'फिजिकल एन्ड मेन्टल थेरापी' जस्ता विषयमा प्रशिक्षण दिइरहेकी छन्। कार्यक्रममा ओशो रजनीशका भिडियो प्रवचन पनि देखाउने मिलाइएको छ।

योग नेपालका 'बिग सिक्स' पार्टीमाथि केन्द्रित छ। संस्थाले कांग्रेस, एमाले, माओवादी केन्द्रसहित तराई–मधेस केन्द्रित तीन दल संघीय समाजवादी फोरम नेपाल, तराईमधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक केन्द्रित भएर विभिन्न खालका कार्यक्रम गर्दै आएको छ।

नेपालका ठूला ६ पार्टीका नेता तथा सांसदलाई संघीयता, समावेशिता, धर्मनिरपेक्षता, राज्यसंरचनालगायत विभिन्न विषयमा प्रशिक्षण र तालिम दिँदै आएको उक्त संस्थाले पहिलोपटक योग कार्यक्रममा नेतालाई सहभागी गराएको हो। नेपालको राजनीतिमा प्रभाव पार्ने हैसियतका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्ति पनि योग प्रशिक्षणमा छन्।

नयाँशक्तिका देवकोटा भने माओवादी केन्द्रको कोटाबाटै सहभागी हुन पुगेका हुन्। 'मलाई पनि खबर छ, जान भ्याएको छैन, भोलिदेखि जान्छु होला,' देवकोटाले नागरिकसँग भने। उनका अनुसार धनगढी, कैलालीमा भएकाले उक्त योगमा सहभागी हुन समय नभएकाले समयसीमाभित्र उपस्थित हुन नसकेको हो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस