काठमाडौं, फागुन २७ (नागरिक)- नेकपा (एकीकृत) नवराज सुवेदी समूह र एकीकृत माओवादीबीच चैत २१ गते एकता हुने भएको छ। एकीकृतबाट सुवेदी समूह केही समयअघि अलग भएको थियो।
बुधबार बसेको दुई पार्टी वार्ता टोलीले चैत २१ गते एकता गर्ने निर्णय गरेको हो। २१ गतेसम्म प्राविधिक पक्षलाई मिलाएर एकता गर्ने सहमति भएको छ।
माओवादीसँग मिल्नुपर्छ भन्नेमा सुवेदी, लीला थापा मगर, तेजप्रसाद कँडेल, वेधनिधि तिवारी, ओमपप्रकाश पुन र ३३ जिल्लाको बहुमत सदस्य छन्। एकीकृतको पकड रहेको बागलुङ, प्युठान, कन्चनपुरलगायत जिल्ला सुवेदीको पक्षमा छन्।