मनमोहन सिंह नेपाल आउने
२५ भदौ २०७३
•
६ मिनेट पाठ
मनमोहन सिंह नेपाल आउने
काठमाडौं–  दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रभावकारी बनाउनका लागि आयोजना गर्न लागिएको सम्मेलनमा सहभागी हुन भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह नेपाल आउने भएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरिरहेको ‘सार्कको प्रभावकारिताका लागि क्षेत्रीय सम्मेलन’ मा सहभागी हुन सिंहसहित अन्य देशका पूर्व राष्ट्र र सरकार प्रमुख नेपाल आउन लागेका हुन् । उक्त सम्मेलन सेप्टेम्बर २९–३० सम्म काठमाडौंमा हुँदैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको पहलकदमीमा दुई दिने सम्मेलन काठमाडौंमा हुन लागेको हो । त्यसका लागि समितिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नेतृत्वको जिम्मेवारी सुम्पेको छ भने पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालगायत सदस्य छन् ।

पूर्वप्रधानमन्त्री नेपालका अनुसार नोभेम्बरमा पाकिस्तानमा हुन गइरहेको सार्क सम्मेलनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनका लागि पहलकदमीसहितको नेतृत्व लिइरहेका नेता नेपालले सार्क राष्ट्रका पूर्व राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता रहने पनि जानकारी दिए । ‘भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत सार्क राष्ट्रका अन्य पूर्वप्रमुखलाई निम्तो पठाइसकेका छौं, उहाँहरू आउनेबारेमा कुराकानी भइरहेको छ,’ पूर्वप्रधानमन्त्री नेपालले नागरिकसँग भने, ‘सबै सार्क राष्ट्रका परराष्ट्र मामिला हेर्ने संसदीय समितिका सभापतिले पनि त्यस सम्मेलनमा सहभागिता जनाउने छन् ।’ भारतीय राजदूत रन्जित रेसँग मनमोहन सिंहको नेपाल आगमन तयारीबारे शुक्रबार नेता नेपालले छलफलसमेत गरिसकेका छन् ।

‘सार्कको प्रभावकारिताका लागि क्षेत्रीय सम्मेलन’ मा सहभागी हुन सिंहसहित अन्य देशका पूर्व राष्ट्र र सरकार प्रमुख आउन लागेका हुन्

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति प्रभु साहले सम्मेलनबाट प्राप्त सुझावलाई सार्क सम्मेलनक्रममा प्रस्तुत गरिनेछ । ‘सार्क गठन भएको लामो समयसम्म पनि अरु संस्थाजस्तो प्रभावकारी नभएपछि त्यसलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने मुख्य अजेन्डा हो,’ साहले नागरिकसँग भने, ‘सार्कलाई प्रभावकारी बनाएर दक्षिण एसियामै शक्तिशाली संस्थाको रूपमा स्थापित गराउनेबारे सम्मेलन केन्द्रित हुनेछ ।’ उनका अनुसार त्यसको तयारीका लागि समितिसहित, व्यवस्थापिका संसद्, परराष्ट्र मन्त्रालयलगायत पूर्वपरराष्ट्रमन्त्रीले आ–आफ्नो तरिकाले भूमिका खेलिरहेका छन् ।

उक्त सम्मेलनमा सहभागिताका लागि भारतीय पूर्वप्रधानमन्त्री सिंहसहित पाकिस्तानका पूर्वप्रधानमन्त्री चौधरी सुजात हुसैन, बंगलादेशका परराष्ट्रमन्त्री दिपु मोनी, अफगानिस्तानका सांसद इजमराक पडखावी, श्रीलंकाका सांसद रन्जित आल्भीहर, भुटानका सांसद रिन्जिन दोर्जे, भारतीय सांसद शशी थरुर, नेपाल–भारत सन्धिको पुनरावलोकनका लागि गठन गरिएको प्रवुद्ध व्यक्ति समूहका सदस्य महेन्द्र पी. लामालगायत नेपाल आउने लगभग पक्का भएको छ ।

‘उक्त सम्मेलनमा भाग लिन सबैलाई परराष्ट्र मन्त्रालयमार्फत निम्तो पठाइसकिएको छ, केहीले आउने कन्फर्म पनि गरिसकेका छन्,’ समितिका अधिकृत अधिराज राईले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिएको उक्त सम्मेलनमा पूर्वपराराष्ट्रमन्त्रीको पनि सहभागिता रहनेछ । सार्कको अध्यक्ष राष्ट्रको नाताले नेपालले उक्त कार्यक्रम गर्न लागेको हो । सार्क स्थापना भएको तीन दशक लागिसक्दा पनि सम्मेलनबाहेक अन्य कार्यमा प्रभावकारिता देखाउन नसकेको गुनासो आएपछि समितिले उक्त सम्मेलन गर्न पहलकदमी गरेको हो ।

उक्त सम्मेलनमा ‘सार्कको तीन दशक ः एक टिप्पणी’ मा आनन्द आदित्यले, आर्थिक सहकार्यबारे शंकर शर्माले र संस्थागत संयन्त्र अभिवृद्धिबारे युवराज संग्रौलाले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसका लागि विभिन्न देशका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा टिप्पणी गर्ने कार्यक्रम छ ।
अर्को समाचार
भारतीय प्रधानमन्त्री आउने
२६ फागुन २०७०
•
२ मिनेट पाठ
भारतीय प्रधानमन्त्री आउने
काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतका प्रधानमन्त्री मनमोहन सिंह नेपाल भ्रमणमा आउने भएका छन्। १७ वर्षपछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन्।
मिति तय नभए पनि चाँडै नै भारतीय प्रधानमन्त्री नेपाल भ्रमणको तयारीमा रहेको प्रधानमन्त्री सुशील कोइरालाले जानकारी दिएका छन्। लाजिम्पाटस्थित एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट पुगेका प्रधानमन्त्रीले उक्त जानकारी दिएको दाहालका स्वकीय सचिव चूडामणि खड्काले बताए।

‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण चाँडै नै हुने जानकारी प्रधानमन्त्रीले अध्यक्षज्यूलाई गराउनुभयो,' खड्काले नागरिकसँग भने, ‘मिति तय नभए पनि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको थियो।'

उनका अनुसार प्रधानमन्त्री कोइरालाले रिक्त संवैधानिक निकाय र विभिन्न मुलुकमा राजदूत नियुक्तिका विषयमा पनि अध्यक्ष दाहालसँग छलफल गरेका छन्। दाहालले गणितीय आधारमा संविधान निर्माण प्रक्रियामा नजान तथा सहमतिका आधारमा संविधान निर्माण गर्न प्रधानमन्त्री कोइरालासँग आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्रीले सहमति प्रक्रियाबाट आफू नभागेको भन्दै नयाँ संविधान सोही अनुसार निर्माण गर्न प्रतिबद्ध रहेको जनाउ दिएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस