फाेरम लाेकतान्त्रिककाे 'सत्ता विवाद' उत्कर्षमा
२१ भदौ २०७३
•
६ मिनेट पाठ
फाेरम लाेकतान्त्रिककाे 'सत्ता विवाद' उत्कर्षमा
काठमाडौं– सरकारमा सहभागी हुने नहुने विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा विवाद चुलिएको हो ।

क्याबिनेट राजनीतिक भूमिका खेल्ने ठाउँ हो, न कि पैसा कमाउने ठाउँ ? ‘सम्मानजनक भनेको गृह, अर्थ, भौतिक योजनामात्रै हो र ?

अध्यक्ष विजयकुमार गच्छदारले केन्द्रीय समिति बैठक डाकेरै सम्मानजनक सहभागीता नपाएसम्म वर्तमान सरकारमा सहभागी नहुने निर्णय गराइसकेका छन् । तर असन्तुष्ट पक्षले जसरी पनि सरकारमा सहभागी हुने अड्डी लिएका छन् । उनीहरुले पार्टी फुटाएरै भएपनि सरकारमा सहभागी हुनुपर्ने भन्दै गोप्य बैठकसमेत गर्न थालेका छन् ।

दाहाल सरकारमा सहभागी हुनुपर्ने भन्दै जितेन्द्र देवसहति उपाध्यक्ष रामेश्वर राय, गोविन्द चौधरीले अध्यक्ष गच्छदारलाई दबाब दिन थालेको गच्छदार निकट एक नेताले बताएका छन् ।

तर गच्छदार अहिलेकै पोर्ट फोलियोमा कुनै हालतमा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । ‘अहिलेको पोर्टफोलियोमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुँदैन,’ प्रमुख सचेतक योगेन्द्र चौधरीले नागरिकन्युजसँग भने,  ‘सम्मानजनक मन्त्रालय दिइए हामीले भनिरहेका छौं, सरकारमा सहभागी हुन्छौं।’ उनले अहिलेको अवस्थामा चारै वटा मन्त्रालय दिए पनि सरकारमा सहभागी हुन नसक्ने बताए । उनले आफ्नो पार्टीभन्दा कम सांसद् रहेको राप्रपाले राम्रो मन्त्रालय पाउने, हामीले चाहिँ नपाउने भन्ने छ भन्दै प्रतिप्रश्न गरे ।

यता जितेन्द्र देवहरुले भने आफूहरुसँग ४० प्रतिशत सांसद् रहेको र जसरी पनि सरकारमा सहभागी हुनुपर्ने दबाब अध्यक्ष गच्छदारलाई दिँदै आएका छन् । त्यसो नगरे पार्टी फुटाइदिने चेतावनी पनि असन्तुष्ट पक्षले दिएको छ। असन्तुष्ट पक्षले आफ्नो पक्षमा रहेका भनेका सांसदहरुले भने धमाधम खण्डन गर्न थालेका छन् ।

असन्तुष्ट पक्षले सांसदहरु सुवोध पोखरेल, आशा चतुर्वेदी, जितेन्द्र देव, रमनी राय, मुस्ताक राजा तथा कल्पना चौधरी आफ्नो पक्षमा रहेको बताउँदै आएको छ । असन्तुष्ट पक्षले आफ्नो पक्षमा रहेको दाबी गरेका कल्पना चौधरीले भने सोको खण्डन गरेकी छन् । उनले आफूसँग सल्लाह नै नगरी बद्नाम गराउने उद्देश्यले नाम मुछेको भन्दै आपत्ति जनाइन् । ‘पार्टी फुटाउने पक्षमा म विल्कुल छैन। बदनाम गराउने उद्देश्यले मेरो नाम मुछेका हुन्,’ उनले नागरिकन्युजसँग भनिन्।

त्यस्तै असन्तुष्ट पक्षका भनिएका सांसद् सुबोध पोखरेल, आशा चतुर्वेदी यतिबेला अमेरिकामा छन् । उनीहरुको नाम पनि मुछेको र असन्तुष्ट पक्षलाई साथ नदिएको संस्थापन पक्षको दाबी छ । ‘सुबोधजी र आशाजी हालः अमेरिकामा हुनुहुन्छ । उनीहरुको नाम पनि यतिकै मुछिएको छ,’ सचेतक चौधरीले भने, ‘उहाँहरु हाम्रो पक्षमै हुनुहुन्छ । असन्तुष्ट पक्षले उनीहरुलाई पनि बदनाम गराउन खोज्दै छन् ।’

यसबारे जितेन्द्र देवसँग प्रश्न गर्दा उनले अध्यक्षज्युले सम्मानजनकको परिभाषा बताइदिन आग्रह गरे । उनले कुन मन्त्रालयलाई राम्रो, कुन मन्त्रालयलाई नराम्रो के आधारमा भन्ने प्रश्न अध्यक्ष गच्छदारसँग गर्न आग्रह गरे । ‘क्याबिनेट राजनीतिक भूमिका खेल्ने ठाउँ हो, न कि पैसा कमाउने ठाउँ,’ उनले भने, ‘सम्मानजनक भनेको गृह, अर्थ, भौतिक योजनामात्रै हो र? मेरो विचारमा क्याबिनेटस्तरका सबै मन्त्रालय सम्मानजनक हो ।’

स्रोतका अनुसार सरकारमा सहभागी हुने विषयमा जितेन्द्र देवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन्। प्रधानमन्त्रीले सकेसम्म पार्टीको सहमति लिएर आउन आग्रह गरेको स्रोतले जनायो। केपी ओली नेतृत्वको सरकार गच्छदार उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए।

ओली सरकार ढल्ने निश्चित भएपछि  गच्छदारले सरकारलाई दिएको सथर्मन फिर्ता लिइ वर्तमान सरकारलाई समर्थन गरेका थिए। मधेसी मोर्चाले गच्छदारलाई सरकारमा नल्याउन दबाब दिएपछि प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने विषयमा आनाकानी गर्दै आएका छन्। फोरम लोकतान्त्रिकमा अहिले १४ सांसद छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस