विवादित व्यक्ति क्याबिनेटमा
२५ साउन २०७३
•
९ मिनेट पाठ
विवादित व्यक्ति क्याबिनेटमा
काठमाडौं- गरिब जनतालाई सेवा पुग्नेगरी काम गर्ने लक्ष्य लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिमण्डलमा तीन सदस्य थप गरेका छन्। दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र दीपक बोहरा तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रिपरिषद्मा थपेका हुन्। मुख्य सत्तासाझेदार कांग्रेस र माओवादीले मन्त्री छान्न नसकिरहेका बेला प्रधानमन्त्रीले साना दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यससँगै उनको मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ।

थपिएका मन्त्रीमध्ये पाण्डे र बोहरा लामो समयदेखि विवादित व्यक्तिका रूपमा चिनिन्छन्। ठेकेदारी पृष्ठभूमिका पाण्डेले राम्रोसँग राजनीति अवलम्बन नगरेको र बोहरा पटकपटक मन्त्री हुँदा विवादित निर्णय गरेका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रै त्यसको विरोध भइरहेको छ।

राप्रपा स्रोतका अनुसार अध्यक्ष पशुपतिसमशेर राणाले प्रलोभनमा परी पाण्डे र बोहरालाई छनोट गरेका हुन्। 'पार्टीले जो पायो त्यही व्यक्तिलाई छनोट गरे पनि प्रधानमन्त्रीले त्यस्ता व्यक्तिलाई मन्त्री बनाउँदिन भनेर अडान लिनुपर्थ्यो,' राप्रपाका एक नेताले भने। पहिलो चरणको मन्त्रिपरिषद् छनोटको संरचना हेर्दा र त्यसपछि दाहालको कुरा सुन्दा अबको राजनीतिमा केही सुधार आउला कि भन्ने लागेको थियो,' ती केन्द्रीय सदस्यले नागरिकसँग भने, 'यसरी जस्ता पायो त्यस्तै व्यक्तिलाई मन्त्री बनाउँदै लैजाने हो भने एकातिर देशले केही पाउँदैन, अर्कोतिर राजनीति पनि बदनाम हँुदै जाने अवस्था बन्छ।'

दाहालले आफूलाई प्रधानमन्त्रीमा मतदान गरेकै भरमा मन्त्री बाँड्दै जाने हो भने अहिलेको मन्त्रिमण्डल केपी शर्मा ओली नेतृत्वको सरकारभन्दा ठूलो हुन सक्ने कतिपयले आशंका गरेका छन्। 'ओली प्रधानमन्त्री हुँदा व्यवस्थापिका संसद्मा ३ सय ३८ मत प्राप्त भएको थियो भने दाहाललाई ३ सय ६३,' एक राजनीतिक विश्लेषकले भने, 'भोट दिएकै आधारमा मन्त्री बनाउने हो भने ओलीको भन्दा दाहालको मन्त्रिपरिषद् ठूलो हुनेछ। त्यस्तो अवस्थामा देशले केही पाउने होइन कि राज्यसत्ताको दुरुपयोग मात्र हुुन्छ।'

विगतमा पटक–पटक मन्त्री हुँदा बोहरा विवादित बन्दै आएका छन्। वनमन्त्री हुँदा काठ तस्करलाई प्रोत्साहन गरेको, जलवायु परिवर्तनबारे जनचेतना गर्न भन्दै कालापत्थरमा बैठक गरी ठूलो रकम हिनामिना गरेको आरोप उनीमाथि लाग्दै आएको छ। एक रुपैयाँमा कार्यक्रम गर्ने भनी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई फकाएर कालापत्थरमा बैठक बसाएका बोहराले मन्त्रीहरूलाई बोकेको सेनाको हेलिकोप्टरको बिल लामो समयसम्म तिरेनन्।

त्यस्तै ओली मन्त्रिपरिषद्मा श्रम तथा रोजगारमन्त्री हुँदा उनले घरेलु कामदारको रुपमा महिलालाई साउदी अरब पठाउने निर्णयमा पनि धेरैले आर्थिक चलखेलको आशंका गरेका छन्। घरेलु कामदारको रूपमा महिलालाई खाडी पठाउँदा आर्थिक तथा शारीरिक शोषणका घटना बढेपछि तत्कालीन सरकारले दुई वर्षअघि खाडीमा महिला पठाउन रोक लगाएको थियो।

वैदेशिक रोजगारीलाई सूक्ष्म रूपले नियालिरहेका विज्ञहरूले घरेलु कामदारको रूपमा महिलालाई खाडी पठाउने निर्णय गर्नुअघि सम्बन्धित देशसँग श्रम सम्झौता गर्नुपर्ने माग राख्दै आए पनि बोहराले श्रम सम्झौतै नगरी महिलालाई घरेलु कामदारको रूपमा खाडी पठाउने निर्णय गरेका थिए। उक्त निर्णयले घरेलु कामदारको रूपमा जाने महिला झनै शोषणमा पर्ने धेरैले दाबी गरिरहेका छन्। घरेलु कामदारको रूपमा महिला पठाउन बोहराले सीमित मेनपावरलाई मात्र अनुमति दिएका थिए। त्यस्तै मलेसियामा कार्यरत कामदारलाई सहयोग पुर्‍याउने भन्दै त्यहाँ पुगेका बोहराले कामदारका सुरक्षामा कुनै चासो नदिएर अनावश्यक सरकारी ढुकुटी रित्याएको आरोप पनि लाग्दै आएको छ।

दाहालले नियुक्त गरेका अर्का मन्त्री पाण्डेलाई धेरैले राजनीतिकर्मी भन्दा पनि ठेकेदारको रूपमा चिन्छन्। 'पाण्डेको व्यवहार, शैली र चरित्र ठेकेदारी प्रवृत्ति र 'अपरिपक्व' राजनीतिकर्मीबाहेक केही देखिँदैन,' राप्रपाका एक नेताले भने, 'यो देशमा जसरी पनि पैसा कमाउने र त्यसपछि राजनीतिमा छिर्ने अनि मन्त्री हुने धन्दा फस्टायो।' पाण्डेले ठेक्का लिएका कैयौं योजनामा कमसल निर्माण सामग्री प्रयोग हुने भए पनि आर्थिक चलखेलका आधारमा 'मिलाउने' गरेको आरोप लाग्दै आएको छ।

उनको ठेकेदार कम्पनी कालिका सिटिसिइले निर्माण गरिरहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणक्रममा अघिल्लो महिना भत्किएको थियो। स्थानीयले कमसल निर्माण सामग्री प्रयोग गरेका कारण मूल नहर भत्किएको किटानी गरे पनि त्यस्ता आवाज सुन्नुको साटो दाहालले उल्टै मन्त्रीको 'बक्सिस' दिएपछि अचम्मित भएको बताए।

नेपालगन्जका एक स्थानीयले भने, 'ठगी र भ्रष्टाचारको अभियोगमा कारबाही गर्नुपर्ने व्यक्तिलाई मन्त्री बनाएपछि यो देशमा सुशासन र न्यायसंगत कुरा गर्नु बेकार हो जस्तो लाग्दैछ।' पाण्डे ठेकेदार हुन् कि मन्त्री छुट्याउन गाह्रो परेको धेरैको भनाइ छ।

दाहालले पाण्डे र बोहरालाई मन्त्री बनाएको खबर सुनेपछि माओवादी पार्टीभित्र पनि चर्को आलोचना सुरु भएको एक सचिवालय सदस्यले बताए। 'अध्यक्ष तथा प्रधानमन्त्रीले जति राम्रो काम गर्न खोजे पनि काम नलाग्ने मान्छे मन्त्री भएपछि राम्रो आशा गर्नु निरर्थक हुने देखिएको छ। यसबारे अब हुने बैठकमा कुरा उठ्न सक्छ,' ती माओवादी नेताले नागरिकसँग भने, 'सत्तामा जानुअघि राम्रा मान्छेलाई मात्र मन्त्रीमा छनोट गर्न थुप्रै नेता/कार्यकर्ताले दिएको सुझाव तुरुन्तै अध्यक्षले अटेरी गरे। जसले गर्दा सिंगो पार्टी पनि विवादित र बदनाम हुने खतरा देखियो।'नवनियुक्त तीनै मन्त्रीलाई सोमबार साँझसम्म कुन मन्त्रालय दिने भन्नेबारे निर्णय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस