ओलीले सरकार छाड्न उक्साए : दाहाल
०८ साउन २०७३
•
९ मिनेट पाठ
ओलीले सरकार छाड्न उक्साए : दाहाल
काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पेलाहा प्रवृत्तिका कारण बाध्य भएर अविश्वास प्रस्ताव ल्याउनुपरेको बताएका छन्। नौ महिनाअघि दाहालकै प्रस्तावमा प्रधानमन्त्री भएका ओलीविरुद्ध शुक्रबार व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गर्दै दाहालले उक्त खुलासा गरेका हुन्।

प्रधानमन्त्री ओलीसहित सांसदले भरिभराउ संसद्लाई सम्बोधन गर्दै दाहालल भने, 'नौ महिनाअघि उहाँ (ओली) लाई प्रधानमन्त्री बनाउँदा एमाले र माओवादीलाई एउटै पार्टी बनाउने सल्लाहसमेत भएको थियो तर उहाँ प्रधानमन्त्री भएपछि एकलौटी रूपमा चल्न थाल्नुभयो। उल्टै माओवादीलाई सिध्याउने प्रयास गरियो। माओवादीलाई कुनै न कुनै बहानामा फसाउने प्रयास भयो।' दाहालले प्रधानमन्त्री ओलीकै अहंकारका कारण सरकारबाट समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव ल्याउनुपरेको जिकिर गरे।

एमालेसँग सत्ता साझेदार गर्नुको मुख्य उद्देश्य शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु, संविधान कार्यान्वयन तथा मधेसी, थारु, जनजातिका अधिकार पूरा गर्नु भए पनि  प्रधानमन्त्री ओलीले माओवादीले महŒवपूर्ण ठानेका मुद्दा ओझेलमा पार्ने र पेलेर जाने मात्र काम गरेको दाहालले बताए। 'माओवादीको समर्थनमा बनेकाले सरकारको व्यवहार संयुक्त जस्तो होस् भनेर पटकपटक प्रयास गर्दा पनि सच्चिनुको साटो 'सके तपाईं नसके म एक्सन' मा जान्छु जस्तो व्यवहार ओलीबाट भयो,' दाहालले भने, 'सत्तामा जानेबित्तिकै ओलीको अहंकार र दम्भ बढ्दै गयो।'

दाहालले सत्तासाझेदारीका क्रममा शीर्ष नेताबीच भएका कतिपय गोप्य कुरा पनि खुलाए। दाहालका अनुसार एमाले अध्यक्षसमेत रहेका ओलीले पटकपटकको छलफलमा आफूलाई संघीयता मन नपरेको बताउने गरेको खुलाए। 'संघीयता कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्रीको लगनगाँठो राजतन्त्र चाहिन्छ भन्नेसँग बढी देखियो। गणतन्त्र उहाँ (ओली) लाई मन पर्न छाड्यो,' दाहालले भने, 'नौ महिना पुग्दा संघीयता, समावेशी समानुपातिक, धर्मनिरपेक्षता, शान्ति प्रक्रिया सबालमा गम्भीर अन्तर देखिए।' दाहालले यसो भनिरहँदा ओलीले छेउमा बसेका राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापातिर पुलुक्क हेरेका थिए। दाहालले सरकारबाट बाहिरिनुको परिस्थिति र कारण केलाउँदा प्रधानमन्त्री ओली निकै गम्भीर देखिन्थे।

नौ महिनाअघि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन असार २८ गते फिर्ता लिएर २९ गते संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका दाहालले राजनीतिमा दलबीचको समीकरण फेरबदल हुनुलाई सामान्य रूपमा बु‰नुपर्ने बताए। 'राजनीति सम्भावनाको खेल हो। असम्भव भन्ने केही हुँदैन,' दाहालले विगत सम्झँदै भने, 'माधव नेपाल मभन्दा पछि प्रधानमन्त्री हुनुभयो, झलनाथलाई प्रधानमन्त्री बनाउन गुरिल्ला शैलीले सहयोग गरें र ओलीलाई प्रधानमन्त्री बनाउन आफैं प्रस्तावक बनें। अहिले आफैंले अविश्वास प्रस्ताव ल्याएँ।' ओलीविरुद्ध बढी टीकाटिप्पणी गरेका दाहालले एमाले नेताहरू माधव नेपाल, वामदेव गौतम र युवराज ज्ञवालीको भने प्रशंसा गरे। नेपालले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर १२ बुँदे सम्झौतामा सघाएको स्मरण गर्दै दाहालले गौतम र ज्ञवालीले युद्धकालीन समयमा रोल्पा पुगेर आफूहसँग छलफल गरेको संसद्लाई जानकारी गराए।

नेपालको राजनीति असाधारण प्रक्रियाबाट गुज्रर्दै आएको उल्लेख गर्दै दाहालले सम्बोधनका क्रममा पटकपटक राष्ट्रिय सहमतिका लागि प्रधान्मन्त्रीविरुद्ध अविश्वास प्रस्ताव संसदमा पेस गरिएको बताए। तर उनले कसरी राष्ट्रिय सहमति हुन्छ भन्नेबारे प्रस्ट पारेनन्।

उनले पटकपटक मधेसी, थारु, जनजातिलाई शासक वर्गबाटै पछि पारिएको गुनासो गरे। राष्ट्रिय एकता सुदृढ पार्न अहिलेको राष्ट्रवादको परिभाषा बदल्नुपर्ने उनको भनाइ थियो। नेपालको भूराजनीतिक अवस्थाका कारण राष्ट्रियताबारे पनि साझा धारणा आवश्यक रहेको दाहालको तर्क थियो। दुई छिमेकी मुलुक भारत र चीनप्रति लक्षित गर्दै उनले भने, 'हामी जुन भूराजनीतिक अवस्थामा छौं, त्यसले गर्दा विशिष्टकृत सन्तुलनमा जानुपर्ने अवस्था छ।'

दाहालले नेपाली राजनीति र नेता अझै परिपक्व हुनुपर्ने बताए। सांसद संख्याको दम्भमा पर्दा पहिलो संविधानसभा माओवादीका लागि उपललब्धिविहीन भएको चर्चा गर्दै दाहालले अब त्यो पालो एमालेमा देखिएको बताए। 'पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल भएपछि माओवादीले कांग्रेस, एमालेलाई अवमूल्यन गर्‍यो,' उनले भने, 'अहिले त्यो प्रवृत्ति एमाले, कांग्रेसमा देखिन्छ। हिजो हामीले धर्ती छोड्दा देशले केही पाएन। अब त्यस्तो नहोस्।'

विभाजित दलहरूलाई भूकम्पले धर्ती टेक्न सिकाए पनि प्रधानमन्त्री ओली पुनः धर्ती छोडाउने काम गरेको उनको आरोप छ। संसदीय व्यवस्थामा कसैले कसैलाई निषेध गरेर जान सक्ने सम्भावना नरहेको उनले औंल्याए। दलका नेताबीच पटकपटक भद्र सहमति हुने गरे पनि कार्यान्वयन नहुँदा समस्या बल्भि्कने गरेको उनले खुलाए। उनले अब भद्र सहमति भन्ने शब्द प्रयोग नगर्दा नै राम्रो हुने बताए। अबको नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भद्र सहमति माओवादी र कांग्रेसबीच गरिएको छ।

प्रधानमन्त्री हटाउन सक्ने तर नयाँ प्रधानमन्त्री बनाउने व्यवस्था संविधानमा नभएको भन्ने व्याख्यालाई दाहालले 'दिउँसै रात पार्न' खोजिएको भन्दै आलोचना गरे। उनले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै संसदीय व्यवस्था अँगालेपछि खेलको नियममा बस्न पटकपटब सुझाए।

संसद्मा बोल्ने क्रममा पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले दाहालको भनाइप्रति असहमति जनाउँदै संसद्मा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस हुनुलाई दुर्भाग्यपूर्ण बताए। 'सदनभित्र र बाहिर राष्ट्रिय एकताको कुरा गर्ने तर अस्ति गठन भएको सरकारविरुद्ध अविश्वास प्रस्ताव एकताकै लागि आएको हो त,' नेम्बाङले दाहाललाई लक्षित गर्दै प्रश्न तेर्स्याए, 'एकताका लागि यो कस्तो प्रस्ताव हो?'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस